Monday, August 17News That Matters

आर्थिक

जग नै कमजोर बनाएकाले त्रियुगाको पक्कीपुल भत्कियो

जग नै कमजोर बनाएकाले त्रियुगाको पक्कीपुल भत्कियो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २१ । निर्माणको क्रममा जग नै कमजोर पारिएकाले उदयपुरको एउटा पक्की पुल भत्किएको छ । चौदण्डीगढी नगरपालिका ५ को सिवाई र ६ नं. वडाको बेल्ही जोड्ने त्रियुगाको पक्कीपुल दुईदिन अघि वर्षातमा भत्किएको हो । १२ वर्षअघि देखि निर्माण थालिएको पुल भत्किएको हो । निर्माणमा ढिलाई त छदैछ, पुलको जग नै कमजोर पारिएकाले यतिबेला पुल भत्किएको प्राविधिकको भनाई छ । यसमा ठेकेदार कम्पनीको लापरवाही र प्राविधिक कमजोरी रहेको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताउनुभयो । पुल भत्किनुको खास कारण भने विज्ञटोलीले अनुसन्धान गरेपछि पत्ता लाग्ने उहाँको भनाई छ । पुलको दक्षिणतर्फको दुईवटा सपोर्ट स्याप भासिएर तत्किएका छन् । तीनवर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुल पटक पटक म्याद थप गर्दै आउदा १२ वर्षमा सकिन लाग्दा फेरी भत्किएको हो । २८५ मिटर लम्बाई र साढे ५ मिटर चौडाई भएको पुल  निर...
बैंकर्स आन्दोलित, गाइघाटमा प्रदर्शन

बैंकर्स आन्दोलित, गाइघाटमा प्रदर्शन

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २१।  बैंक तथा वित्तिय संस्था र विमा कम्पनीका कर्मचारीहरुले आन्दोलनस्वरुप गाईघाटमा आज प्रदर्शन गरेका छन् । गाईघाटको विपिचौकबाट बजारमा र्याली प्रदर्शन गरेका उनीहरुले लोकतान्त्रिक चौकसमा समापन गरे । कालो ब्यानरसहित र्यालीमा विरोध प्रदर्शन गरेका हुन् । सरकारको तर्फबाट सामाजिक सुरक्षा कोषले असारभित्र आवद्ध हुन दबाब दिएपछि आन्दोलित भएको सिद्धार्थ बैंक शाखा गाईघाटका शाखा मेनेजर सुनिल पोखरेलले बताए । आफूहरुको खाईपाई आएको सुविधा घट्ने गरी जबर्जस्ती कोषमा आवद्ध गराउन खोजेको भन्दै उनीहरु आन्दोलित छन् । कोषमा आवद्ध हुन नचाहँेको कारण पत्ता लगाउन भन्दै कालो ब्यानर देखाएर आन्दोलित छन् । कोषले सूचना नै निकालेर असारभित्र आवद्ध हुन भनेको छ । प्रदर्शनमा गाईघाटस्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहरु र विमा कम्पनी शाखाहरुको सहभागिता रह्यो । यसमा सरकारी बैंकहरुका कर्मचारीहरुको पनि...
कटारी नगरपालिकाको ७ औँ नगरसभाले ६९ करोड ०९ लाख २० हजार ५५० बजेट सर्वाजानिक गर्यो

कटारी नगरपालिकाको ७ औँ नगरसभाले ६९ करोड ०९ लाख २० हजार ५५० बजेट सर्वाजानिक गर्यो

आर्थिक, समाचार
आशिष वस्नेत  १८ जेठ , शुक्रबार उदयपुरको आठ ओटा स्थानीय तह मध्ये ७ ओटा स्थानीय तहहरुलले यस अघिनै आगामी आर्थिक बर्षको लागि बजेट प्रस्तुत गरिसको छ । जिल्लाको ७ ओटा स्थानीय तहहरुले भन्दा ढिलो गरीकन बजेट प्रस्तुत गरेको कटारी नगरसभाबाट आगामी आर्थिक बर्षको लागी ६९ करोड ०९ लाख २० हजार ५ सय ५० को बजेट पारित भएको छ । विहिबार सम्पन्न नगरपालिकाको ७ औं नगर सभाले  विहान नगरपालिका परिसरमा पत्रकार सम्मेलन गरी नगरपालिकाले बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । सभाले संघीय सरकारको तर्फबाट ४९ करोड ५९ लाख , प्रदेश सरकारको तर्फबाट ३ करोड ६९ लाख १७ हजार र आन्तरिक स्रोतबाट १८ करोड ८३ लाख ९९ हजार ५ सय ५० को अनुमानित बजेट सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै नगरका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष कृष्णराज दनुवारले नगरका १४ वटा वडालाई प्रति वडा ७० लाखका दरले...
ओरेकद्वारा उत्तराईटोलमा रोपाइ महोत्सव आयोजना

ओरेकद्वारा उत्तराईटोलमा रोपाइ महोत्सव आयोजना

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १५ ।  देशभरमा १८ औं राष्ट्रिय धान दिबस तथा रोपाई महोत्सब मनाउने क्रममा उदयपुर जिल्लामा ओरेक नेपालको आयोजनामा त्रियुगा नगरपालिका वडा नं ८ उत्तराईटोलमा पनि रोपाइ गरिएको छ । कृषि ज्ञान केन्द्र उदयपुर र उत्तराईटोल ईको भिलेजको समंन्नयमा भएको कार्यक्रममा कृषकहरुको उत्साहजनक उपस्थिति थियो । कार्यक्रमा ओरेक उदयपुरकी अध्यक्ष रामबति चौधरीले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा सहभागि सबैले खेतमा धान रोपी रोपाई महोत्सब मनाईएको थियो । मानो खाएर मुरी फलाउने दिनको रुपमा असारलाई लिइन्छ । असार १५ लाई कृषकको पर्व पनि मानिन्छ । सोही हिसावले कार्यक्रमलाई कृषकहरुसंग विशेषरुपले मनाइएको थियो । कार्यक्रममा त्रिनपा ९ का वडाअध्यक्ष धनबाहादुर दनुवार, कृषि ज्ञान केन्द्र उदयपुरका बागबानि बिकास अधिकृत श्रीषा उपे्रती, त्रियुगा नगरपालिका कृषि शाखाका प्राबिधिक प्रमिला दनुवारको पनि उपस्थिति थि...
असार १५ मा चक्लाबन्दी खेती प्रवर्धनसहित त्रिनपा-१३ मा राेपाइ गरियाे

असार १५ मा चक्लाबन्दी खेती प्रवर्धनसहित त्रिनपा-१३ मा राेपाइ गरियाे

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १५ ।  उदयपुरकाे त्रियुगा नगरपालिका वडा नं. १३ मा असार १५ को अवसरमा चक्लाबन्दी खेतीको प्रवद्र्धन गर्दै रोपाई गरिएको छ । मानो खाएर मुनी उब्जाउने यस दिनलाइ विशेषरूपमा लिदै राेपाइ अगाडी बढाएकाे हाे । नगरपालिकाका मेयर बलदेव चौधरी, १३ नम्बर वडाध्यक्ष पशुपती चौधरी आफै रोपाईमा सम्मिलित भए । गाउँभरीका कृषकहरुको सहभागितामा रोपाई गरिएको थियो । त्रियुगाले कृषिबाट पनि सम्पन्न हुन सकिन्छ भन्ने नमुना देखाउन वडा नं. १३ मा चक्लाबन्दी खेती प्रवद्र्धन गरिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताउनुभयो । नगरपालिकाको गुरुयोजना, आर्थिक योजना अन्तर्गत चक्लाबन्दीखेती समेटिएको उहाँले बताउनुभयो । समृद्धिको मेरुदण्डको रुपमा कृषिलाई लिइएको उहाँले बताउनुभयो । त्रियुगा नगरपालिका वडा नं. १३ मा १ सय ६० विगाहा क्षेत्रफलमा चक्लाबन्दी खेती अन्तर्गत धान रोपाई गरिएको हो । मेसिनसमेतको प्रयो...
नेशनल लाईफ इन्स्योरेन्स गाईघाटशाखाले प्राण घातक रोग बिमा बापत ५ लाख उपचार खर्च दियो

नेशनल लाईफ इन्स्योरेन्स गाईघाटशाखाले प्राण घातक रोग बिमा बापत ५ लाख उपचार खर्च दियो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १४ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले प्राण घातक रोग बिमा अन्तरर्गत उदयपुरका एक मुटु रोगी बिमारीलाई ५ लाख बराबरको बिमा बापतको उपचार खर्च प्रदान गरेको छ । त्रियुगा नगरपालिका ५ देउरीका हरी विनोद खतिवडालाई प्राण घातक रोग बिमा बापतको भुक्तानी प्रदान गरिएको शाखा प्रमुख पे्रम कुमार राईले बताउनुभयो । ५ लाख बराबरको प्राण घातक रोग बिमा गरेको खतिवडाले गत बर्ष मात्र वार्षिक कम्पनीमा रु, ५६९३२ रुपयाँ जम्मा गरेका थिए । कम्पनीको टोलीले खतिवडाको घरमै गएर ५ लाख बराबरको चेक प्रदान गरेको थियो । मुटु रोगले ग्रसित खतिवडा दुई महिना अघि मात्रै मुटुको सर्जरी गरी अहिले सामान्य अवस्थामा फर्किसकेको छ ।उपचार खर्च पाएका खतिवडाले बिमा बाट पाएको यो सहयोग र बिमाले दिएको यो सुविधा रोग पिडितहरुका लागि अति उपयुक्त रहेको जनाउनुभयो । उहाँले मानव जिवनको जोखिम बहन गर्ने प्रमुख सेक्टर नै विम...
सहायक सिडियाे नेतृत्वकाे अनुगमनले गर्यो कडा जरिवाना : प्रशान्तलाई २० र पाण्डे किराना पसललाई १० हजार

सहायक सिडियाे नेतृत्वकाे अनुगमनले गर्यो कडा जरिवाना : प्रशान्तलाई २० र पाण्डे किराना पसललाई १० हजार

आर्थिक, समाचार
पूर्णपुष्टि, असार ९ ।  अनुगमन टोलीले आज गाईघाटको दुई किराना तथा खाद्यन्न पसललाई ठूलो रकम जरिवाना तिराएकोे छ भने १३ हजार बढिको म्याद गुज्रेको सामान बरामद गरी नष्ट गरेको छ । गाईघाटका प्रशान्त किराना पसललाई २० हजार र पाण्डे किराना पसललाई १० हजार रुपैया जरिवाना तिराएको हो । यसरी ब्यापारीलाई ठूलो रकम जरिवाना तिराएको सम्भवत पहिलो हो । विगतमा धेरैजसो चेतावनी दिएर छाडिदिने र जरिवाना गराए पनि सामान्य मात्र गराउदा ब्यापारीहरुले खेलाची ठानेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलको नेतृत्वमा वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर र सरोकारवाला निकायहरु सम्मिलत अनुगमन टाअसोलीले ती पसलहरुलाई कसुरको आधारमा जरिवाना तिराएको हो । वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका कार्यालय प्रमुख सन्तोष पोखरेलका अनुसार अनुगमनको क्रममा प्रशान्त किराना पसल र पाण्डे किरान...
सुन चाँदीको भाउ केही दिनदेखी निरन्तर ओरालो लाग्दै, कति पुग्यो आज सुनको मूल्य ?

सुन चाँदीको भाउ केही दिनदेखी निरन्तर ओरालो लाग्दै, कति पुग्यो आज सुनको मूल्य ?

आर्थिक, समाचार
पूर्णपुष्टि, असार ६ सुन चाँदीको भाउ केही दिनदेखी निरन्तर ओरालोे लागेको छ । सुन चाँदीको भाउमा आज पनि भारी गिरावट भएको छ । आइतबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलामा ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज आठ सयले घटेर ९० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ बिहीबार तोलामा एक हजार एक सय रुपैयाँले घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो । त्यस्तै गएको बुधबार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । शक्रबार तोलाको १३ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।...
उदयपुर सिमेन्ट उद्योगको साधारणसभा  सम्पन्न

उदयपुर सिमेन्ट उद्योगको साधारणसभा सम्पन्न

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ ३१ । सरकारी स्वामित्वको नेपालको सबैभन्दा ठूलो र एसियाकै उत्कृष्ट सिमेन्ट उत्पादन गर्ने सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योग लिमिटेड, जलजलेको २० देखि ३३ औं बार्षिक साधारणसभा हिजाे सम्पन्न भएको छ । कोरोना महामारीका कारण भिडियो मिटिङमार्फत सभा सञ्चालन भएकाे थियाे । सभामा शेयरधनी, ब्यवस्थापन तथा सन्चालक समिति, कर्मचारी युनियनहरु र उद्योगका विशिष्ट श्रेणीका कर्मचारीहरुको सहभागिता थियाे । सभाको  सन्चालन महाप्रवन्धक गोपिकृष्ण न्यौपानेले गर्नुभयाे भने अध्यक्षता सञ्चालक समितिका अध्यक्ष बलराम रिज्यालले गर्नुभयाे । सभाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव अर्जुन पोखरेलबाट भएको थियाे । महाप्रवन्धक न्यौपानेले सञ्चालक समितिको तर्फबाट प्रतिवेशन पेश गर्नुभयाे भने सभालाई प्रमुख अतिथि पोखरेलले सम्बोधन गर्नुभयाे ।  ...