Sunday, June 28News That Matters

आर्थिक

नेप्से ४१ अंकले बढ्यो

नेप्से ४१ अंकले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १७  आज शेयर बजार परिसूचक नेप्से करिब ४१ अंकले बढेको छ । सबै समूहको शेयर उकालो लागेपछि नेप्से ४०.६४ अंकले बढेर २५ सय १५.० तीन विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयर झण्डै २७ अंकले, व्यापारको ९७, होटल तथा पर्यटनको ५६, विकास बैंकको ३८, जलविद्युतको ३१, फाइनान्सको २३, निर्जीवन बीमाको एक सय ८३,  उत्पादनको ६८,  अन्यको २७, माइक्रो फाइनान्सको ८१, जीवन बीमाको तीन सय ५९ र लगानी समूहको शेयर झण्डै दुई प्रतिशतले बढेको छ । दुई सय नौ कम्पनीका एक करोड १८ लाख ३८ हजार कित्ता शेयर पाँच अर्ब ६९ करोड २३ लाख रुपैयाँमा किनबेच भएका छन् । निफ्राको सबैभन्दा धेरै ४४ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज चन्द्रागिरी हिल्स लिमिटेडको झण्डै १० र कर्पाेरेट विकास बैंकको शेयर आठ प्रतिशत भन्दा धेरैले बढेको छ ।...
आज सुनको भाउमा वृद्धी

आज सुनको भाउमा वृद्धी

आर्थिक, समाचार
पूर्णपुष्टि,फागुन १७ लगाताररुपमा घटिरहेको सुनको भाउ आज बढेको छ । आज तोलामा चार सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । हिजो तोलामा सुनको भाउ ८८ हजार तीन सय रुपैयाँ थियो भने आज आज तोलामा चाँर सय रुपैयाँले बढेर सुन ८८ हजार सात सय रुपैयाँमा पुगेको महासंघले जनाएको छ । आज चाँदीको भाउमा पनि वृद्धी भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर एक हजार तीन सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।...
नेप्से ८० अङ्कले घट्यो

नेप्से ८० अङ्कले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १६  आज शेयर बजार झण्डै ८० अङ्कले घटेर २५ सय विन्दुभन्दा तल झरेको छ । होटल तथा पर्यटन बाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से ७९.७४ अङ्कले घटेर २४ सय ७४.३९ विन्दुमा झरेको छ । बैंकिङ समूहको शेयर साढे ५४ अङ्कले, व्यापारको ११ अङ्कले, विकास बैंकको साढे ७५, जलविद्युतको ६७, फाइनान्सको ३०, निर्जीवन बीमाको एक सय ७८, उत्पादनको एक सय ९८, अन्यको ८१, माइक्रो फाइनान्सको एक सय ४१, जीवन बीमाको ६ सय २४ र लगानी समूहको शेयर चार अङ्कले घटेको छ । दुई सय सात कम्पनीका एक करोड ६० लाख १७ हजार कित्ता शेयर आठ अर्ब ३५ करोड ५२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको एक अर्ब दुई करोड रुपैयाँको शेयर कारोबार भयो । गणपति वित्तीय संस्थाको सबैभन्दा धेरै सात प्रतिशत र अन्य चार वटा कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्स लिमिटेडको शेयर झ...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १६  आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेर तोलामा ८८ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति शुक्रवार पनि सुन तोलामा पाँच सय रुपैयाँले घटेको थियो । अमेरिकामा सुनमा लगानी गर्ने कम्पनीहरुले धमाधम सुन बिक्री गर्न थालेकाले सुनको भाउ घट्न थालेको महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ । तोलामा १० रुपैयाँले घटेर १३ सय २५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।...
उदयपुर सिमेन्ट उद्योगको उत्पादन घट्यो

उदयपुर सिमेन्ट उद्योगको उत्पादन घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, माघ १५ उदयपुर सिमेन्ट उद्योगको उत्पादनमा घट्दो समस्या आएको छ । राम्रो क्षमतामा सञ्चालन भइरहेको उदयपुर सिमेन्ट एकाएक दिनप्रति दिन उत्पादनमा कमी आउन थालेको छ । उद्योगले माघ १ गते बाट माहाप्रबन्धक पनि पाए ।  माहाप्रबन्धक पाए यता ११ हजार मेट्रिकटन मात्रै क्लिनर उत्पादन उद्योगले गरेको छ । यसरी हो भने उद्योगले फेरी आर्थिक भार बेहोर्ने तर्फ लागेको संकेत देखाएको छ । हाल उद्योगमा तत्कालिन नयाँ माहाप्रबन्धक गोपिकृष्ण न्यौउपाने आएको छ । न्यौउपाने आएको करिब ४५ दिनमा पनि उद्योगको उत्पादनमा घट्दो देखिएको छ । नयाँ प्रबन्धक आए सँगै उत्पादनमा बृद्धि हुने जन अपेक्षा थियो । तर बढ्नुको साट्टामा उल्टै घटेको छ । यता डिलरहरु पनि पूर्णरुपले घटेको छ । देशभर एक हजार एक सय डिलरहरु मध्ये अहिले घटेर करिव दुई सय डिलर मात्र रहेको छ ।देशकै गौरवशाली र उदयपुरको पहिचानको रुपमा स्थापित सिमेन्ट उद्योग पछ...
घरकाे छतमा गमलाखेती : यसरी फलाउनुहाेस् आफुलाई मनपर्ने तरकारी

घरकाे छतमा गमलाखेती : यसरी फलाउनुहाेस् आफुलाई मनपर्ने तरकारी

आर्थिक, बिचार
लेखक : रिता गुप्ता (एमए, सोसियोेलोजी) गर्मीमा फल्ने तरकारीहरु तपाईं गमलामा पनि फलाउन सक्नुहुन्छ । अहिलेदेखि नै तयारी गर्दा सिजन भन्दा पहिले नै आफ्नो हातबाट फलाएको बिभिन्न किसिमको तरकारी खान सक्नुहुनेछ । आफ्नो गमलामा फलाको तरकारी खानु स्वादिष्ट त हुन्छ नै आत्मसन्तुष्टि पनि पुरा हुन्छ । मेरो आफ्नो छत माथि जाडोको सिजनभरी टमाटर, लसुनको पात, धनियाको पात, पालुङेको साग, रातो साग  फलाएर खानेगर्छु । जस्को करेसाबारी छैन, उस्ले आफ्नो छत प्रयोग गर्नसक्छ । तपाईंको  थोरै मेहनतले आफु मनपर्ने तरकारीखेति गर्न सक्नुहुन्छ । मैले आफुले गरेको अनुभव तपाईं समक्ष प्रस्तुत गर्दैछु । गमला छैन भने सिमेन्ट्को बोरा, सानो कार्टून, एकहात गहिरो र फराकिलो फुटेको भाडा पनि प्रयोग गर्न सक्नुहुन्छ । बिउ उमार्नु अलिक गाह्रो हुने भएकोले सजिलो तरिका चाहि , एउटा प्लाष्टिकको गिलासमा माटो हाल्नुहाेस्  र त्यसमा बिउ हालेर दिनभरि ...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १४  आज पनि सुनको भाउ घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाले घटेर तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार सुन तोलाको ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
कालिका अंटो लिंक गाईघाटले न्यु मोडलको अटो रिक्सा लंन्च गर्यो

कालिका अंटो लिंक गाईघाटले न्यु मोडलको अटो रिक्सा लंन्च गर्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १३ बिभिन्न १० उत्कृष्ट सेवा सुविधामा आधारित न्यु मोडलको अटो रिक्सा गाईघाटमा लंन्च भएको छ । बिहिबार गाईघाट स्थित कालिका अटो लिंकले बजाज कम्पनीको न्यु मोडल BAJAJ RE Bs6 लंन्च गरेको हो । अन्य अटोहरु भन्दा बिल्कुलै फरक र मजबुद रहेको र नेपाली बजारमा बढ्दो माग भईरहेको यस अटो गाईघाटमै पनि लंन्च गरिएको कालिका अटो लिंक गाईघाटका प्रोपाईटर सुनिल ठाकुरले बताउनुभयो । नेपालका लागि बजाज अटो लिमिटेड, भारतको आधिकारिक बितरक गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ बाजाज तीनपाङ्ग्रे अटो नेपालमा ल्यएको ठाकुरले बताउनुभयो । बिहिबार नेपाली बजारका सबै डिलरहरुमा यसको लंन्च गरिएको र विक्रि वितरण सुरु गरिएको प्रोपाईटर ठाकुले बताउनुभयो । कालिका अटो लिंक गाईघाटको आधिकारिक डिलरमा व्यवसायी, यातायातका कर्मचारी, ट्राफिक प्रहरी, इन्स्योरेन्सका प्रतिनिधि, बैँक मेनेजर र अटो व...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १३  आज सुनको भाउ पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलामा ८९ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । आज तोलामा चाँदीको भाउ १० रुपैयाँले बढेर  १३ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
म्याद नाघेको ५ वर्ष पछि सामान बिक्री गर्ने व्यापारीलाई ३ लाख जरिवाना

म्याद नाघेको ५ वर्ष पछि सामान बिक्री गर्ने व्यापारीलाई ३ लाख जरिवाना

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १३ पाँच वर्ष अगाडि उपभोग्य मिति सकिएको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य समय सकिएको रहरको दाल १५ केजी तौल भएको दुई हजार ७ सय बोरा बरामद भएको छ । सन् २०१३ मा उत्पादन भएको  रहरको दालको म्याद सकिने समय सन् २०१५ रहेकोमा बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति सन् २०२२ राखेर बजारमा बिक्री गर्ने गरेको अनुगमनका क्रममा फेला पारेको कार्यालयले जनाएको छ । भारतबाट आयात गरिएको दाल कन्सर्नको गोदाममा ४० टन बरामद गरिएको छ । उपभोग्य म्याद सकिएको खाद्यवस्तुमा नयाँ लेबल लगाएर पुनः बिक्री वितरण गरेको भेटिएपछि जरिवाना गरेको जनाएको छ । बोहोराल...