पूर्णपुष्टि, असोज ९
आज सुनको भाउ बढेको छ । सुन तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ थियो ।
यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार १ सय ६० रुपैयाँ पुगेको छ ।...
पूर्णपुष्टि, असोज ६ ।
देशकै ठूलो सरकारी स्वमित्वको उद्योग, उदयपुर सिमेन्ट उद्योग जलजलेमा छ दिनदेखि निरन्तर मजदुर आन्दोलन चलिरहेको छ । लकडाउनको बेला उद्योगबाट निकालिएका करारका ज्यालादारी मजदुरहरुको आन्दोलन पुनः नियुक्तीको माग गर्दै चलिरहेको हो । उनीहरुले जलजलेस्थित उद्योगको मुख्य गेटमा धर्ना दिदै आएका छन् । गएको चैत ११ गते लकडाउन सुरु भएसंगै करारका एकसय तीन जना मजदुरहरु कामबाट निकालिएका थिए । पुनः नियुक्तीको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । मजदुर सन्तोष खड्काको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति नै गठन गरेर आन्दोलन अगाडी बढाएका छन् । गत असोज २ गतेदेखि धर्ना कार्यक्रमका साथ आन्दोलनमा उत्रिएका उनीहरुले दैनिकरुपले धर्नाको समय बढाउदै गएका छन् । २ गते विहान १०ः ०० देखि ११ ः ०० बजेसम्म एकघण्टा धर्ना बसेका उनीहरु हरेकदिन आधाघण्टा थप्दै आएका छन् । आज दिउसो २ ः ०० बजेसम्म धर्ना कार्यक्...
पूर्णपुष्टि, असोज ४ ।
कृषि ज्ञान केन्द्र उदयपुरले आज वार्षिक कार्यक्रम सार्बजनिकिकरण गोष्ठीको आयोजना गरी आर्थिक वर्ष २०७७/०७८ को अनुदान प्रवाह हुने मुख्य–मुख्य आयोजना र क्रियाकलापहरुको विवरण सार्बजनिक गरेको छ ।
केन्द्रले उपभोग तथा प्रशासनिक खर्चसमेत २० बुँदामा समेटि विभिन्न शिर्षकमा ५ करोड ८५ लाख ८९ हजार बजेटको चालु आर्थिक वर्षको कार्यक्रम तथा खर्च सार्बजनिक गरेको हो । केन्द्रका निमित्त कार्यालय प्रमुख प्रकाश विश्वकर्माले गतवर्षको प्रगति प्रतिवेदनसमेत प्रस्तुत गर्दै आगामी कार्यक्रम प्रस्तुत गर्नुभयो ।
बजेटको हिसावले केन्द्रको प्राथमिकतामा प्राङ्गारिक खेती प्रवद्र्धन अभियान कार्यक्रम, कृषि यान्त्रीकरणका लागि औजार उपकरण प्रयोग प्रवद्र्धन कार्यक्रम, व्यवासायिक फलफुल वगैचा स्थापना सहयोग, युवा लक्षीत च्याउ, मह, तरकारी उत्पादन कार्यक्रम, कृषि बजार तथा संकलन निर्माण, प्राथमिकतामा परेका छन्...
लिम्चुङबुङ भदौ, २८
उदयपुरको सदरमुकाम गाईघाट र खोटाङको हलेसीमा पर्ने पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी धाम सबै भन्दा छोटो दुरीमा जोड्ने सडक अन्तर्गतको सुनकोसीमा पूलको टेन्डर आह्वान आज भएको छ । लिम्चुङबुङ गाउँपालिकाले समुन्द्रदेखि सगरमाथासम्म जोड्ने सडकको नाम दिइएको ( गाईघाट– लिम्चुङबुङ– हलेसी सडक अन्तर्गत लिम्चुङबुङ १ बाँसबोटेको कुनाही र खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमको गणेशटार जोडिने सुनकोसी पुलको टेन्डर आह्वान भएको हो । पूर्वाधार मन्त्रालय अन्तर्गत सडक बिभागको पुल माहाशाखाले आजको राजधानी दैनिकमा टेन्डर आह्वानको सूचना प्रकाशन गरेको छ ।
अध्यक्ष मेजर कुमार राईका अनुसार बहुवर्षिय योजना अन्तर्गत यसबर्ष.२ करोड बजेट सरकारले विनियोजन गरेको थियो । सोहि अनुरुप आज टेन्डर आह्वान भएको हो । दोहोरो सवारीसाधन संञ्चालन हुने २ सयमिटिर लामो पुल निर्माण हुने र तीन बर्षभित्र निर्माण सम्...
पूर्णपुष्टि, भदौ २८ ।
उदयपुरमा पाखोबारीमा पनि धान फल्न थालेको छ । जिल्लाको पहाडी भेगमा सफल परिक्षण नै भएको छ । पश्चिम नेपालको कर्णालीको हुम्ला, जुम्ला, कालिकोट, मुगु र रोल्पा जस्ता विकट ठाउँमा रैथाने अन्नवालिको रुपमा खेती गरिने चिनो धान उदयपुरको पहाडी भेगमा पनि सफल परिक्षण भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले बताउनुभयो ।
परिक्षणको क्रममा यो वर्ष सफल उत्पादन भएको चिनो धान जिल्लाको अन्य विभिन्न पहाडी भेगमा पनि उत्पादन हुनसक्ने देखिएको छ । जिल्लाको रौतामाई गाउँपालिका १ को ठाडोखोलामा उत्पादन परिक्षण गरिएको थियो । स्थानीय कृषक युवराज गलान तामाङ (राजु) र हितमान तामाङले आप्mनै पाखोवारीमा यसको खेती परिक्षण उत्पादन गरेका थिए । जेठ महिनामा रापिएको धान अहिले भदौमा फलेको अध्यक्ष थापाले बताउनुभयो । ठाडाखोला गाउँ १ हजार ८ सय ७३ मिटर उचाईमा पर्दछ ।
कृषकहरुले आफुहरु...
पूर्णपुष्टि, भदौ २७
सरकारले दुई लाख रोजगारी थप्ने तयारी थालेको छ । कोरोनाबाट रोजगारी गुमाएकालाई लक्षित गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप रोजगारीका अवसर सिर्जना गर्न लागेको हो ।
कम्तीमा दुई लाखका लागि एक सय दिनको रोजगारी दिने गरी बजेट व्यवस्था भएकोमा बजेट थपका लागि समेत गृहकार्य गरेको छ । चालू आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक, निजी क्षेत्र र विशेष कार्यक्रममार्फत पाँच लाख रोजगारी सिर्जना गर्ने योजना बनाएको सरकारले यो कार्यक्रममा कोरोनाका कारण स्वदेश वा विदेशबाट रोजगारी गुमाएकालाई प्राथमिकता दिन थालेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालू आवमा मा ११ अर्ब ६० करोड रुपियाँ बजेट विनियोजन भएकामा कोरोनाले स्वदेश वा विदेशमा बेरोजगार सङ्ख्या बढाएकासँगै नयाँ रोजगारीका लागि थप बजेटको विषयमा पनि अर्थ मन्त्रालयसँग कुरा भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको...
पूर्णपुष्टि, भदौ २५
आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेको छ । सुन तोलामा चार सय रुपैयाले बढेर तोलाको ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको ९६ हजार ४ सय थियो । त्यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय २५ रुपैयाँ पुगेको संघले जनाएको छ ।...
पूर्णपुष्टि, भदौ २४
हिमाली जिल्ला मुस्ताङमा उत्पादित स्याउ पाक्न थालेपछि बजार पठाउने तयारी सुरु भएको छ । मुस्ताङको विभिन्न स्थानमा लगाइएको स्याउ पाक्न थालेकाले कृषकहरु स्याउ टिप्ने र बजार पठाउने तयारीमा लागेका छन् ।
गत वर्षहरुमा जिल्ला बाहिरबाट कामदार ल्याएर स्याउ टिप्ने गरिएपनि यसवर्ष कोरोना संक्रमणले गर्दा स्याउ टिप्नका लागि स्थानीय नै प्रयोग गर्ने भएका छन् । कोरोना संक्रमणको जोखिमका विच स्याउको बगैचा खरिद गर्ने ठेकेदारलाई स्याउ टिप्ने कामदार ल्याउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
स्याउ पाकिसकेको र टिप्ने क्रम सुरु भएकाले टिप्नेदेखि अन्य व्यवस्थापनको काममा स्थानीय नै खट्नुपर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मुस्ताङको बैठकले स्याउ र तरकारी खरिद बिक्रीको व्यवस्थापनमा स्थानीयलाई नै खटाउनुपर्ने निर्णय गरेको छ ।
बैठकले स्याउ टिप्नका ल...
पूर्णपुष्टि, भदौ २४
बैंकहरुले भुक्तानी अवधिभर घर र गाडी कर्जामा ब्याजदर परिवर्तन गर्न नपाउने भएको छ । बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत कर्जा अवधिभर कर्जाको ब्याजदर परिवर्तन गर्न नपाउने भएको हो ।
राष्ट्र बैंकले एकीकृत निर्देशिका सार्वजनिक गर्दै घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत कर्जामा ब्याजदर परिवर्तन गर्न पाउने नपाउने निर्देशिकामा उल्लेख छ ।
अब कर्जाको अवधिभर व्यक्तिगत कर्जामा एउटै ब्याजदर लागू हुने भएको छ । यसअघि बैंकहरुले सुरुमा सस्तो व्याज र पछि महंगो व्याज लिँदै आएका थिए ।...
पूर्णपुष्टि, भदौ २३
बैंक तथा वित्तीय संस्थाका राजस्व सङ्कलन हुने शाखा तथा काउन्टर विहिबारसम्म खुल्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबार, बुधबार र बिहीबार राजस्व सङ्कलन हुने सबै शाखा तथा काउन्टर खोल्न निर्देशन दिएको छ ।
सरकारले बिहीबारसम्म राजस्व तिरिसक्न करदातालाई जानकारी गराएको छ । राजस्व उठाउने म्याद बिहीबारसम्म भएकाले बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।
कोरोना भाइरसको जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थाका धेरैजसो शाखा बन्द छन् । भिड हुन नदिन तीन दिन सबै शाखा खोल्न भनिएको राष्ट्र बैंकले जनाएको छ ।...