Tuesday, August 18News That Matters

आर्थिक

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २३ आज सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुन ९६ हजार एक सय रुपैयाँ थियो । त्यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
आज नेप्से घट्यो

आज नेप्से घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २२ आज पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से सोमबार १२.१७ अङ्कले घटेर १४ सय ८७.८१ अङ्कमा झरेको छ । सोमबार व्यापार, फाइनान्स, माइक्रो फाइनान्स बाहेक अरु सबैजसो समूहको शेयर ओरालो लागेको छ ।  जीवन बीमा समूहको ९२, निर्जीवन बीमा समूहको ४६, उत्पादन र बैंकको १७ अङ्कले र विकास बैंक समूहको शेयर १५ अङ्कले घटेको छ । सोमबार दुई अर्ब १६ करोड ४९ लाख रुपैयाँ बराबरका ५५ लाख ९५ हजार कित्ता शेयर किनबेच भए । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको दुई करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका शेयरधनीले झण्डै १० प्रतिशत गुमाएका छन् । समग्र नेप्से घटे पनि उन्नति सहकार्य लघुवित्त र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत नै कमाएका छन् ।...
सर्लाहीका कृषकले मिलबाट २४ करोड रुपैयाँ अझै पाएनन्

सर्लाहीका कृषकले मिलबाट २४ करोड रुपैयाँ अझै पाएनन्

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २२ सर्लाहीका कृषकहरुले उखुको करिब २४ करोड रुपैयाँ अझै पाएका छैनन् । धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले किसानलाई २४ करोड रुपैयाँ भुक्तानी दिन  बाँकी रहेको उखु उत्पादक कृषकको गुनासो छ । उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाण्डौमा आन्दोलन गरेका उखु कृषक र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो । गत पुस १८ मा सम्झौता भएपछि केही उद्योगले भुक्तानी सुरु गरे पनि अन्नपूर्ण चिनी मिलले अझै दिएको छैन । आफूहरु काठमाण्डौ गएर धर्नामा बस्दा माग सुने जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको कृषकहरुको आरोप छ । मिलले उखु विक्रि गरेको पैसा नदिदा आफूहरुको घर व्यवहार चलाउन समस्या भइरहेको कृषकहरुकोे गुनासो छ ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ १८ आज सुनको भाउ तोलाको सात सय रुपैयाँ घटेको छ । छापावाला सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
संघीय सांसद् सुरेशकुमार राईले गरिदिए बतासेकाे वर्षाैदेखिकाे खानेपानी समस्याकाे समाधान

संघीय सांसद् सुरेशकुमार राईले गरिदिए बतासेकाे वर्षाैदेखिकाे खानेपानी समस्याकाे समाधान

आर्थिक, समाचार
पूर्णपुष्टि, भदाै १८ । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ बतासे गाउँका लागि लिफ्टीङ खानेपानी योजना बरदान सावित भएको छ । कुनै पनि पानी मुहानले नभेट्ने र पालिकाको ८ वडाहरु मध्येकै सबैभन्दा बढि खानेपानीको समस्या रहेको बतासे गाउँमा विद्युत प्रयोग गरी लिफ्टीङ प्रणालीबाट बतासे खानेपानी योजना सफल भएको हो । योजना सफल भएपछि गाउँका लागि बरदान सावित भएको गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताउनुभयो । “यो ठाउँमा पानीको ठूलो समस्या थियो, अब हल भयो । यो खुसीको कुरा हो ।” उहाँले भन्नुभयो । उदयपुरको निर्वाचन क्षेत्र नं. २ को संघीय सांसद सुरेशकुमार राई निर्वाचन क्षेत्र विकास कोषबाट निर्मित सम्पन्न खानेपानी योजना गतवर्षको फागुनदेखि सुरु भई चार महिनाभित्रमै सम्पन्न भएको हो । निर्वाचन क्षेत्र विकास कोषबाट ४३ लाख २५ हजार ७ सय १५ रुपैया र जनश्रमदान ३ लाख, ५२ हजार ३ सय ८१ रुपैया गरी कुल ४६ लाख, ७८ हजार ९६...
अष्ट्रेलियामा आर्थिक मन्दी

अष्ट्रेलियामा आर्थिक मन्दी

आर्थिक, समाचार, संसार
पूर्णपुष्टि, भदौ १७ कोरोना भाइरसको कारण अष्ट्रेलियामा तीन दशक यताकै पहिलो पटक आर्थिक वृद्धि घटेको छ । सन् २०२० को दोस्रो तीन महिना अर्थात अप्रिल देखि जुनसम्म अष्ट्रेलियाको अर्थव्यवस्थामा सात प्रतिशतले गिरावट आएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । त्यस्तै पहिलो तीन महिनामा ०.३ प्रतिशतले गिरावट आएको थियो । अष्ट्रेलियाको अर्थव्यवस्थामा सन् १९५९ पछि यो सबै भन्दा ठूलो गिरावट हो ।  लगातार दुई त्रैमासिकमा अर्थव्यवस्थामा संकुचन आउनुलाई मन्दी भनिन्छ । अष्ट्रेलियालाई बलियो अर्थव्यवस्था भएको देश मानिन्छ । जुन् २००८ को विश्वव्यापी मन्दीबाट पनि बचेको थियो । यो वर्षको सुरुवातमा जंगलमा लागेको डढेलो र पछि कोरोनाको महामारीका कारण अष्ट्रेलियाको अर्थव्यवस्थामा गिरावट आएको जनाइएको छ ।...
तितेपातीको तेल लिटरको ८ हजार

तितेपातीको तेल लिटरको ८ हजार

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ १६ जंगलमा पाईने एक वनस्पती तितेपातीको तेल एक लिटरकै आठ हजार पर्दछ  । यसको लमजुङमा व्यावसायीक तेल उत्पादन सुरु भएको छ । क्वहोलासोंथर गाउँपालिका–८ घाम्राङबेसीमा रहेको हिमालयन हर्ब सेन्टरले आधुनिक प्रविधि स्टिम डिस्टिलेसन सिस्टमबाट तितेपातीको तेल उत्पादन सुरु गरेको हो । गत वर्ष परीक्षण गरिएको र यस वर्षदेखि तितेपातीबाट तेल उत्पादन गरिएको हिमालयन हर्ब सेन्टरले जनाएको छ । गाउँघरमा बाझिदो जग्गामा फुलेको तितेपातीलाई प्रशोधन गरेर तेल उत्पादन सुरु गरेको जनाईएको छ । यसको लागी गतवर्ष परीक्षण गरिएको थियो । यही भदौदेखि भने उत्पादन सुरु गरेको सेन्टरले जनाएको छ । एक हप्ताको अवधिमा ८ लिटर तितेपातीको तेल उत्पादन भएको जनाईएको छ । एक लिटर तेल उत्पादन गर्न ६ सय किलो पाती चाहिन्छ । एक लिटर तेलको ६/८ हजार रुपैयाँसम्म पर्ने जनाईएको छ । तितेपातीको तेल खाने परिकारका साथै सौन्दर्य सामग्र...
नेप्से २२ अङ्क भन्दा बढीले बढ्यो

नेप्से २२ अङ्क भन्दा बढीले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ १५ आज नेप्से परिसूचक २२.३१ अङ्कले बढेको छ । सोमबार नेप्से परिसूचक बढेर १४ सय ८४.९९ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि दुई अङ्कभन्दा धेरैले बढेको छ । होटल समूहबाहेक सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २ सय ६०.३३ अङ्कले बढेको छ । त्यसैगरी निर्जीवन बीमा समूहको उपसूचक २ सय ३३.७ अङ्कले बढेको छ । तीन अर्ब ४६ करोड रुपैयाँ बराबरका ७७ लाख ६३ हजार कित्ता शेयर किनबेच भएका छन् । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै २८ करोड ७४ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले सोमबार सबैभन्दा धेरै पाँच प्रतिशत कमाएका छन् । अरुण काबेली पावर लिमिटेडका शेयर लगानीकर्ताले भने साढे चार प्रतिशतभन्दा धेरै...
सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ १५ आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।
आज सुनचाँदीको भाउ बढ्यो

आज सुनचाँदीको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ११ आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।