Tuesday, August 18News That Matters

आर्थिक

आज नेप्से ९ अंकले बढ्यो

आज नेप्से ९ अंकले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ९ आज शेयर बजार परिसूचक नेप्से साढे नौ अङ्कले बढेको छ । नेप्से नौ.३४ अङ्कले बढेर १४ सय ४०.९४ अङ्कमा पुगेको छ । मङ्गलबार व्यापार, उत्पादन र सामूहिक लगानी कोष बाहेक अरु सबैजसो कम्पनीको शेयर बढेको छ । जीवन बीमा समूहको शेयर एक सय ५१ अङ्कले, निर्जीवन बीमा समूहको ३२ अङ्कले, माइक्रोफाइनान्सको २० र अन्य समूहको शेयर १८ अङ्कले बढेको छ । एक अर्ब ८५ करोड ५१ लाख रुपैयाँ बराबरका ३९ लाख ४० हजार कित्ता शेयर किनबेच भएका छन् । नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै झण्डै आठ प्रतिशत कमाएका छन् । तर समग्र शेयर बजार बढे पनि समृद्धि फाइनान्सका शेयरधनीले भने साढे ६ प्रतिशत गुमाएका छन् ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ९ आज सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको छ । सुनको भाउ घटेर तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ थियो । चाँदी आज पनि तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।...
आज नेप्से परिसूचक २१ अङ्कभन्दा बढीले बढ्यो

आज नेप्से परिसूचक २१ अङ्कभन्दा बढीले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ८ आज नेप्से परिसूचक सोमबार २१ अङ्कभन्दा धेरैले बढेको छ । परिसूचक २१.२६ अङ्कले बढेर १४ सय ३१.६० अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । त्यस्तै ’क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि साढे तीन अङ्कले बढेको छ । होटल समूहबाहेक आज सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको १ सय ६२.८७ र निर्जीवन बीमा समूहको १.२८.६९ अङ्कले सुधार भएको छ । दिनभर दुई अर्ब १३ करोड रुपैयाँ बराबरका ४९ लाख २४ हजार रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै २१ करोड ६० लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शेयर लगानीकर्ताले झण्डै सात प्रतिशत कमाएका छन् । च्यांदी हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने दुई दशमलव २५ प्रतिशत गुमाएका छन् ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ८ आज सुनको भाउ तोलमा पाँच सय रुपैयाँले घटेको छ । सुन घटेर तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँ घटेर १३ सय २० रुपैयाँ तोकिएको जनाईएको छ ।...
४ अर्ब २३ करोडको ट्रेजरी बिल जारी गर्न बोलकबोल

४ अर्ब २३ करोडको ट्रेजरी बिल जारी गर्न बोलकबोल

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ८ नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन भन्दै राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्न आज दिउँसो ३ बजे बोलकबोल आह्वान गर्दै छ । राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँ र १ वर्षका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।...
आज नेप्से परिसूचक बढ्यो

आज नेप्से परिसूचक बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ७ आज शेयरबजार परिसूचक नेप्से बढेको छ । नेप्से १२.७७ अङ्कले बढेर १४ सय १०.३४ अङ्कमा पुगेको छ । आज जलविद्युत, व्यापार र सामुहिक लगानीबाहेक अन्य सबैजसो समूहको शेयर उकालो लागेको छ । निर्जीवन बिमा समूहको शेयर दुई सय ३३, जीवन बिमा समूहको एक सय ७३, उत्पादनको ८८ र होटल समूहको शेयर २३ अङ्कले बढेको छ । आज एक अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरका २४ लाख ९८ हजार ६ सय कित्ता शेयर किनबेच भएका छन् । आज सम्बृद्धि फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै झण्डै १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडका शेयरधनीले भने झण्डै पाँच प्रतिशत गुमाएका छन् ।...
आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ४ आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाले घटेर तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको एक हजार ३ सय ६० रुपैयाँमा झरेको छ ।
आज नेप्से परिसूचक साढे १६ अङ्कले घट्यो

आज नेप्से परिसूचक साढे १६ अङ्कले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ३ आज नेप्से परिसूचक साढे १६ अङ्कले घटेको छ । बुधबार परिसूचक १६.६ अङ्कले घटेर १३ सय ९१.२९ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । सबैभन्दा धेरै जीवन बिमा समूहको परिसूचक १ सय ३६.५९ अङ्कले घटेको छ । दिनभर ९७ करोड ६२ लाख रुपैयाँ बराबरका २४ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । सबैभन्दा धेरै सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको आठ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । नेप्से परिसूचक घटे पनि समृद्धि फाइनान्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने १० प्रतिशत कमाएका छन् । प्रुडेन्टियल इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने झण्डै चार प्रतिशत गुमाएका छन् ।...
ट्राफिक कार्यालय उदयपुरले १ करोड ९४ हजार रजश्व संकलन गर्यो

ट्राफिक कार्यालय उदयपुरले १ करोड ९४ हजार रजश्व संकलन गर्यो

आर्थिक, समाचार
पूणर्पुष्टि, भदौ २ गत आर्थीक वर्ष २०७६/०७७ मा ट्राफिक प्रहरी कार्यालय उदयपुर गाईघाटले १ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यलयले गत श्रावन देखि असार सम्म १ करोड ९४ हजार राजश्व संकलन गरेको हो । लापर्वाही तरिकाले सवारी चलाउने साना तथा ठूला सवारी साधन कारबाहीबाट गत आवमा १ करोड ९४ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यलय उदयपुरका इन्चार्ज होम प्रसाद खनालले बताउनुभयो । गत बर्ष ट्रक, बस, जिप, कार, भेन, ट्याक्टर, मोटरसाईकल, सिटी आटो लगायत १५ हजार ७ सय ५० वटा सवारी साधन कारबाहीमा परेका थिए । सबै भन्दा बढी लाईसेन्स नभएका, लापर्वाही सवारी चलाउने र मापासे गर्नेहरु कार्वाहीमा परेको खनालले बताउनुभयो । बाँकि अन्य हिसावले पनि सवारीहरु कार्वाहीमा परेको उहाँले  बताउनुभयो । करिब ५ महिना लकडाउन भएको अवस्थामा पनि आर्थिक बर्ष २०७५/०७६ भन्दा बढी राजश्व संकलन भएको ट्राफिक इन्चार्ज खनालले...
साउनमा निर्यातमा सुधार, आयात घट्यो

साउनमा निर्यातमा सुधार, आयात घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २ चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिना निर्यात सुधार भएको छ भने विदेशबाट वस्तु आयात घटेको छ । साउन महिनामा वस्तु आयात १९.६ प्रतिशतले घटेको भन्सार विभागले जनाएको हो । गत वर्षको साउनमा एक खर्ब ६ अर्ब ७२ करोड रुपैयाँको वस्तु आयात भएको थियो । तर यो वर्षको साउन महिनामा ८५ अर्ब ८० करोड ६७ लाख रुपैयाँको वस्तु आयात भएको छ । यो गतको वर्षको साउनको तुलनामा आयात ११.५१ प्रतिशतले घटेको छ । यस वर्षको साउन महिनामा निर्यात व्यापार गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढेको छ । साउन महिनामा ९ अर्ब ६१ करोड ९८ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गत वर्षको साउनमा ८ अर्ब ८३ करोड ६४ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । यो वर्ष निर्यात ८.८७ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । सुरुको महिनामा व्यापार घाटा ९७ अर्ब १० करोड रुपैयाँ कायम भएको छ । गत वर्ष यही अवधिमा ९७ अर्ब ९५ कर...