पूर्णपुष्टि, असार १८
आज सुनको भाउ ७ सय रुपैयाँ घटेको छ । सुनको भाउ घटेर ९१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
पूर्णपुष्टि, असार १८
आज ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ । बजार खुलेको १ घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात् ८०.४१ अङ्कले घटेर नेप्से १ हजार २ सय ५६.११ अङ्कमा बन्द भएको हो ।
सेन्सेटिभ परिसूचक पनि ६.२७ प्रतिशत अर्थात् १७.९९ अङ्कले घटेर २ सय ६९.०३ अङ्कमा बन्द भएको छ । आज १ सय ४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको १ लाख ६१ हजार ८ सय ९० कित्ता शेयर खरिद बिक्री भएको छ ।
बजार खुलेको ३ मिनेटसम्म केही बढेको नेप्से त्यसपछि लगातार घट्दै ११ बजेर २३ मिनेटमा पहिलो सर्किट लागेको थियो । त्यसपछि २० मिनेटका लागि कारोबार बन्द भएको थियो । दोस्रो पटक खुलेको बजारमा ११ बजेर ४७ मिनेट जाँदा फेरि ५ प्रतिशतले नेप्से घटेपछि दोस्रो पटक पुनः सर्किट ब्रेक लागेको थियो । फेरि १२ बजेर २८ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेटमा पुग्दा ६ प्रतिशतले घटेपछि आजका लागि कार...
पूर्णपुष्टि, असार १७
शेयर बजार आज परिसूचक नेप्सेमा उछाल आएको छ । हिजो जस्तै आज पनि तीन पटक सकारात्मक सर्किट ब्रेक लागेको नेप्से ७५.७७ अङ्क (६.१) प्रतिशतले बढेर १३ सय ३६.५२ बिन्दुमा पुगेको छ ।
बजार खुलेको १३ मिनेटमा चार प्रतिशतले बढेपछि पहिलो पटक कारोबार बन्द भएको थियो । ४० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेको थियो । ४० मिनेटपछि फेरि खुलेको शेयर बजार ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको छ ।
आज ४० करोड ७३ लाख रुपैयाँका ११ लाख १ हजार कित्ता शेयर किनबेच भएका छन् । आज होटल समूहबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेको छ ।
आज सिटिजन बैंकका लगानीकर्ताले १० प्रतिशतभन्दा धेरै कमाएका छन् भने २७ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । तर नेशनल माइक्रोफाइन्स वित्तीय संस्थाका शयेरधनीले झण्डै चार प्रतिशत गुमाएका छन् ।...
जयराम पूर्वछाने मगर
बेलका, असार १७
बेलका नगरपालिका–५ घुम्नेमा जुत्ता चप्पल उद्योग संचालन भएको छ । स्थानीय भोजराज कटुवालले संचालन गरेको उद्योगको आज नगरका मेयर दुर्गाकुमार थापाले उद्घाटन गर्नु भएको हो ।
उद्योगको उद्घाटन गर्दै मेयर थापाले, मेसिन औजार, सिप तालिममा सहयोग गर्ने बताउनुभयो । छिटो आम्दानी दिने पेशाको रुपमा चप्पल उद्योग हो । बट्टाइ चरा पालन, तरकारी पालन लगायतको छिटो आम्दानी दिने पेशाबाट धेरै आम्दानी लिन सकिने उहाँले बताउनुभयो ।
सुरक्षित भविष्यको आधार, सुविधा सम्पन्न पुर्वाधार नाराका साथ नगरपालिकाले गत वर्ष ५० बढि उद्यमीहरुलाई अनुदान वितरण गरेको छ । उद्यमीहरुले नै नगरमा सुन्दरता थपेको बेलका नगरपालिकाका उप प्रमुख राजकुमारी चौधरीले बताउनुभयो ।
मलेसियाबाट करिब ७ महिना अगाडी घर फर्कैका कटुवालले आफ्नै ठाउँमा केहि गर्ने सोच बनाएर ३ लाख ७० हजार ब्यक्तिगत लगानीमा उद्योग संचालन ग...
पूर्णपुष्टि, असार १७
आज सुनको भाउ फेरी बढेको छ । सुन तोलाको ५ सय बढेर तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको हो ।
चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पूर्णपुष्टि, असार १७
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो ।
मूल्य वृद्धि भएपछि काठमाण्डौ उपत्यकामा पेट्रोल १ सय १ रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्य सूचीका आधारमा मंगलबार रातिदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको जनाएको छ ।...
पूर्णपुष्टि, असार १६
आज शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेको छ । हिजो नकारात्मक सर्किट ब्रेक लागेर केही समय बन्द भएको नेप्से आज भने तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको हो ।
आज कारोबार सुरु भएको एक घन्टा नपुग्दै चार प्रतिशतले बढेपछि २० मिनेट सर्किट ब्रेक लागेको थियो । दोस्रो पटक पाँच प्रतिशतको सर्किट लागेर ५० मिनेट बन्द भएको बजार तेस्रो पटक ६ प्रतिशतले बढेपछि कारोबार नै बन्द भएको हो ।
होटल र म्युचल फण्डबाहेक सबै जसो समूहको शेयर उकालो लागेपछि ६ प्रतिशतले बढेको नेप्से १२ सय ६०.७५ बिन्दुमा पुगेको छ । आज जीवन बीमा समूहको शेयर ६ सय ३४ अङ्कले, निर्जीवन बीमा समूहको शेयर दुई सय ९६ अङ्कले र उत्पादन एक सय २२ अङ्कले उकालो लागेको छ ।
आज २२ करोड ७२ लाख रुपैयाँ बराबरका चार लाख ८९ हजार पाँच सय कित्ता शेयर किनबेच भए । आज नागरिक लगानी कोष, एसियन, सूर्य, नेपाल, नेशनल लाइफ इन...
पूर्णपुष्टि, असार १६
आज सुनको भाउ घटेको छ । केहि दिनदेखि निरन्तर बढिराखेको सुनको आज तोलामा १ सय रुपैयाँले घटेको हो ।
अहिले तोलाको ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी भने हिजोकै भाउ तोलाको ९सय ४५ रुपैयाँमा कारोबार भैरहेको जनाएको छ ।
पूर्णपुष्टि, असार १५
कोरोना भाईरसको कारण बन्द रहेको धितोपत्र बजारको नियमित कारोबार आजदेखि सुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको सञ्चालक बोर्डको बैठकले आजदेखि धितोपत्रको दोस्रो बजार कारोबार सुरु गर्न लागेको हो ।
दोस्रो बजार कारोबारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी आवश्यक निर्देशन दिइएको बोर्डले जनाएको छ ।
लगानीकर्ताको शेयर खाताको शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको बोर्डले जनाएको छ । बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकरले यसअघि जारी गरिएको कोरोना सुरक्षाका उपाय पालना गरी कारोबार गर्नु पर्नेछ ।
धितोपत्र बजार सम्बद्ध संस्थाले उपयुक्त स्वास्थ्य सुरक्षाका विधि नअपनाइ कार्यालय ...
मिलन परियार
लिम्चुङ्बुङ, असार १५
लिम्चुङ्बुङ गाउँपालिका– ५ जाँतेले आगामी आर्थीक वर्ष २०७७/०७८ को लागी नीति, कार्यक्रम तथा बजेटेमा पहिलो प्राथमिकता भौतिक पूर्वधारलाई दिएको छ ।
पालिकाबाट प्राप्त भएको ४० लाख बजेट मध्ये भौतिक पूर्वधारमा २८ लाख, सुत्केरी महिलासंग वडाध्यक्ष पोषण कार्यक्रममा २ लाख, लक्षित वर्ग २ लाख २५ हजार, शिक्षा तर्फ ३ लाख, युबा तथा खेलकुद ६० हजार, पत्रपत्रिका ४० हजार, पर्यटन तथा सस्कृती प्रवद्र्धनमा २ लाख ८५ हजार, चर्च तथा मन्दिर ब्याबस्थापन ९० हजार, खानेपानी ५० हजार, बिपत न्यूनीकरणमा ४० हजार बजेट बिनियोजन गरिएको लिम्चुङ्बुङ गाउँपालिका–५ का वडाध्यक्ष केशरकुमार खड्काले बताए ।
चालुआव २०७६/०७७ को पुजिगत बजेट ५० लाख र प्रदेश सरकारबाट प्राप्त १० लाख बजेट सडक निर्माण तथा मर्मत ५१ लाख ६५ हजार, समाबेसी तर्फ २ लाख ५ हजार, शिक्षा तर्फ २ लाख, स्वास्थ्य तर्फ १ लाख, सन्चार...