आज विदेशी मुद्राको भाउ घट्यो
भदौ २७ गते ।
आज अमेरिकी डलर सहित सबै विदेशी मुद्राको भाउ ओराले लगेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११४ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९५ पैसा थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा पुुगेको छ । हिजो खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा नै थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५६ पैसा थियो । आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ८२ पैसा रहेको छ ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा थियो । रिंगिट १ को खरिदद...









