Friday, May 15News That Matters

आर्थिक

उदयपुर सिमेन्ट  उद्योग व्यवस्थापनको प्रतिबद्धता : दीर्घकालिन लक्षमा दृढता https://wp.me/pbHTHl-cNb

उदयपुर सिमेन्ट उद्योग व्यवस्थापनको प्रतिबद्धता : दीर्घकालिन लक्षमा दृढता https://wp.me/pbHTHl-cNb

Breaking News 1, आर्थिक, बिचार, समाचार
उद्योग व्यवस्थापनको प्रतिबद्धता आजको ३४ औं बार्षिक साधारण सभा तथा बार्षिकोत्सव का प्रमुख अतिथि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिब श्री अर्जुन पोखरेलज्यू, संचालक समितिका अध्यक्ष तथा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री चन्द्रकला पौडेलज्यू, संचालकज्यूहरु, आदरणीय शेयरधनी महानुभावहरु, क्रियाशिल युनियनका अध्यक्ष तथा सदस्यज्यूहरु, यस उद्योगका सम्पूर्ण कर्मचारी मित्रहरु, सम्पूर्ण उपस्थित आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, संचारकर्मी मित्रहरु । १) उद्योग चलायमान बनाउने हाम्रो प्रयास सफलता तर्फ उन्मुख: यस आर्थिक बर्षको पहिलो ५ महिनामा सामान्य संचालन हुँदै आएको उद्योग २०७७ पौषमा बन्दप्राय: अबस्थामा पुगेको थियो, नयाँ महाप्रबन्धकको नियुक्ति संगै  उद्योग संचालनमा आएको व्यहोरा सभामा जानकारी गराउदछु । पछिल्लो समयमा कोइला, जिप्सम, आइरन ओर जस्ता कच्चापदार्थको स्टक व्यवस्थित गरिए...
१८ सयले घट्यो सुनको मूल्य

१८ सयले घट्यो सुनको मूल्य

Breaking News 2, आर्थिक, समाचार
काठमाडौं, जेठ ३१ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ४०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ । रासस...
सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको हिस्सा बढ्दै

सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको हिस्सा बढ्दै

Breaking News 3, आर्थिक, समाचार
काठमाण्डौँ, जेष्ठ २२ तपाईको टाउकामा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो । तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला रु आम मानिसको चासो स्वभाविकरुपमा रहन सक्छ नै । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हरेक नेपालीको टाउकामा रु ६३ हजार ३१० बराबरको ऋणको भार परेको छ । अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १४ गते प्रतिनिधिसभामा पेश गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार नेपालको कूल सार्वजनिक ऋण रु १८ खर्ब ४८ अर्ब १९ करोड बराबर पुगेको छ । यो नेपाली जनताले तिर्नुपर्ने ऋण भने होइन । तर, सरकारले तिर्ने ऋण भने अवश्य नै हो । आर्थिक सर्वेक्षण २०७८र७९ अनुसार गत फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको हो । कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको मा...
रौतामाईले गाउँमै बृद्धभत्ताको ब्यवस्था मिलाउने

रौतामाईले गाउँमै बृद्धभत्ताको ब्यवस्था मिलाउने

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ १४ । रौतामाई गाउँपालिकाक नवनिर्वाचन अध्यक्ष विरेन्द्र मगरले आप्mनो कार्यकालको सुरुवातमा बृद्धबृद्धाहरुलाई सहयोग पुग्ने गरी गाउँमै बृद्धभत्ता पुर्याउने ब्यवस्था मिलाउने भएका छन् । बृद्धबृद्धालाई बैंकसम्म पुगेर बृद्धभत्ता लिन कष्टपूर्ण देखिएकोले अवदेखि गाउँमै पाउने गरी ब्यवस्था मिलाउने भएको अध्यक्ष मगरले बताए । मगरका अनुसार गाउँमै बृद्धबृद्धाका लागि भत्ता पुर्याउने ब्यवस्था मिलाउने गरी बैंकसंग समन्वय गरिएको छ । रौतामाईमा प्रभु र मेगा बैंक रहेको छ । मुर्कुची बजारमा कार्यालय रहेको मेगाले ७ र ८ गरी दुईवटा वडा हेर्ने र भुट्टारमा कार्यालय रहेको प्रभुले बाकी ६ वटा वडामा सेवा दिने जनाइएको छ । रौतामाईमा रहेका दुई बैंकहरुसंग बृद्धबृद्धाहरुको सुविधाका लागि गाउँगाउँमै बृद्धभत्ता पुर्याउने गरी सम्झौता नै गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङले बताए । पालिकाले बै...
अब काठमान्डाैंमै जापनीज स्वाद बोकेको देक्काइदो ओनसेन

अब काठमान्डाैंमै जापनीज स्वाद बोकेको देक्काइदो ओनसेन

Breaking News 2, आर्थिक, पर्यटन, समाचार
पूर्णपुष्टि (काठमाडौं), जेठ १४ काठमाडौंको व्यस्त दैनिकी । भीडभाड र उकुसमुकुस वातावरण । यो माहोलबाट उम्किएर केही क्षण शान्त र एकान्त कसको मनले खोज्दैन होला र ? राजधानीको व्यवस्तता, कोलाहल र बेफुर्सदीबाट उम्किएर कतै शान्त, एकान्त, हरियालीको माझमा एक क्षण बिताउन निकै टाढा पुग्नुपर्ने अवस्था छ । हो त्यही अभावपूर्तिका लागि साँच्चै शान्त, एकान्त र हरियालीको बीचमा छ देक्काइदो ओनसेन (रिसोर्ट फार्म हाउस, ओनसेन) । जहाँको आथित्यता साँच्चै आत्मीय र अनुपम छ । काठमाडौंको बुढानिलकण्ठ मन्दिरको शिरानमा जोडिएको यो देक्काइदो ओनसेन रिसोर्ट बेफुर्सदी र कामकाजीहरुका लागि पाइक पर्नेगरी सञ्चालनमा ल्याइएको छ । बुढानिलकण्ठ मन्दिरदेखि माथि एक किलोमिटरको दूरी पार गर्ने हो भने रिसोर्ट पुग्न सकिन्छ । शान्त मात्र होइन आतिथ्यतको आनन्दाका बीच जापानको टिपिकल रामेन जस्को नुढल्स र बेन्त्व बक्स देक्काइदो मौलिक परिकार हो । ज...
‘मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्छ ’

‘मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्छ ’

Breaking News 3, आर्थिक, समाचार
काठमाण्डौँ, बैशाख १८ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मजदुरको आर्थिक हैसियत उठाउन सके मात्र लोकतन्त्रको उपादेयता सार्थक हुने बताउनुभएको छ । “रातदिन श्रम गरेर जीविकोपार्जन गर्ने श्रमजीवीको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास मैले लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ । विसं २००७ को ऐतिहासिक जनक्रान्तिको जग नै विराटनगर मजदुर आन्दोलन रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेसको जननिर्वाचित सरकारले विसं २०१६ मा कारखाना र मजदुरसम्बन्धी कानुन तर्जुमा गरेर मजदुरलाई कानुनसम्मत अधिकार प्रदान गरेको स्मरण गर्नुभएको छ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन...
बिक्री लक्ष्य पूरा गर्दै उदयपुर सिमेन्ट, चालु आवबाट उद्योग नाफामा

बिक्री लक्ष्य पूरा गर्दै उदयपुर सिमेन्ट, चालु आवबाट उद्योग नाफामा

Breaking News 2, आर्थिक, समाचार
काठमाण्डौँ, बैशाख १३ कमजोर व्यवस्थापकीय क्षमताका कारण बन्दप्रायः रहेको नेपालकै प्रख्यात उदयपुर सिमेन्ट उद्योगले पछिल्लो समय तीव्र गतिमा फड्को मारेको छ । गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले चालु आवको नौ महिनामा १८ लाख ९ हजार बोरा सिमेन्ट बिक्री गरेको छ । उद्योगले आव २०७८÷७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो । बिक्री लक्ष्य भेट्टयाउने उद्देश्यसहित उद्योगका सम्पूर्ण कर्मचारी अगाडि बढेका छन् । उद्योगका प्रवक्ता लक्ष्मण पोखरेल चालु आवको बिक्री लक्ष्य पूरा भए बर्सेनि भइरहेको करिब रु ३० करोड घाटा पूर्ति गरी उद्योग सामान्य नाफामा जाने बताउनुहुन्छ । यद्यपि, उद्योगलाई आवश्यक पर्ने डिजेल, कोइला, जिप्सम तथा आइरन ओर आदिको मूल्य झण्डै दुई गुणा वृद्धि भएको तथा सिमेन्टको माग घटेको अवस्थामा यसले प्रभाव पार्न सक्ने उहाँको चिन्ता छ । “२० लाख बोरासम्म बिक्री गर्दा कुनै ‘...
सोह्र सय मेगावाट बिजुली बोक्ने प्रसारण लाइनको निर्माण प्रगतिबारे प्राधिकरणको चासो

सोह्र सय मेगावाट बिजुली बोक्ने प्रसारण लाइनको निर्माण प्रगतिबारे प्राधिकरणको चासो

Breaking News 3, आर्थिक, समाचार
काठमाण्डौँ, बैशाख १३ निर्माण सम्पन्न भएका आयोजनाको बिजुली केन्द्रीय प्रसारण प्रणालीमा जोड्न नपाएको भन्दै गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर प्रसारण लाइनको प्रगतिका बारेमा चासो व्यक्त गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशकलगायतको टोलीले सो प्रसारण लाइन र सवस्टेशनको स्थलगत निरीक्षण गरी पछिल्लो अवस्थाका बारेमा जानकारी लिएको छ । कूल २२० केभी क्षमताको मस्र्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गतका चार सवस्टेसनको निर्माण धमाधम भइरहेको छ । आयोजनाअन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसन निर्माण भइरहेको छ । नयाँ भरतपुर र उदीपुर सवस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, खुदी सवस्टेसन एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ...
खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात

खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात

Breaking News 3, आर्थिक, समाचार
काठमाण्डौँ, बैशाख १२ जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्चमात्रामा आयात भएको पाइएको छ । विद्यालयमा पढाउँदा होस् या सामान्य कुराकानीमा पनि ‘नेपाल कृषिप्रधान देश हो’ का रुपमा सङ्ज्ञा दिइन्छ । नेपालको कूल गार्हस्थ उत्पादन ९जिडिपी०मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको तथा दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेको तथ्याङ्क समयसमयमा सार्वजनिक भएकै छन् । आर्थिक सर्वेक्षण २०७७÷०७८ मा कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव ८ रहने अनुमान गरिएको थियो भने चालू आवमा कृषि क्षेत्रको जिडिपीमा योगदान २७ प्रतिशत बराबर रहेको राष्ट्रिय तथ्याङ्क विभागको बिवरणले देखाएको छ । विभागका अनुसार नौ महिनाको अवधिमा प्रमुख फलफूल मात्रै रु ११ अर्ब ७० करोड ८९ लाख २६ हजार बराबरको आयात ...
दोर्दी करिडोरको बिजुली उपयोगको प्रयास

दोर्दी करिडोरको बिजुली उपयोगको प्रयास

Breaking News 3, आर्थिक, समाचार
काठमाण्डौँ, बैशाख ११ नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत् आयोजनाको बिजुलीलाई शीघ्र राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्रयास सुरु गरेको छ । प्रसारण लाइन अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाको विद्युत् जोड्न नसकिएको भन्ने गुनासो सार्वजनिक भएपछि प्राधिकरणको उच्च व्यवस्थापनले दोर्दी र ङादी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि निर्माणाधीन प्रसारण लाइनको स्थलगत निरीक्षण भ्रमण गर्दै निर्माण प्रगतिका बारेमा जानकारी लिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा योजना अनुगमन तथा सूचनाप्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधान, ग्रिड विकास विभागका निर्देशक दुर्गानन्द बडियत, ...