पर्यटन प्रवद्र्धनका लागि उदयपुरका दुई साईकल यात्री हेलम्वु सम्मको यात्रामा
पूर्णपुष्टि, ९ असोज ।
उदयपुरका दुई साईकल यात्री मंगलबार हेलम्वु तर्फ लागेका छन् । देलकुद र पर्यटन प्रवद्र्धनको बिकास गर्ने मुख्य उदेश्यका साथ त्रियुगा नगरपालिका ७ का आङपासाङ शेर्पा र त्रियुगा नगरपालिका ११ का अबैध नारायण चौधरी सिन्धुपाल्चोकको पर्यटकीय स्थल हेलम्वु गाउँपालिका तर्फ लागेका हुन् ।
उनिहरुलाई त्रियुगा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष अमर बहादुर दनुवारले खादा लगाएर विदाई गरेको छ । यात्रामा सहभागी शेर्पाका अनुसार करिब एक हप्तामा हेलम्वुमा कोरा हानेर गृह जिल्ला आईपुग्ने योजना रहेको छ । त्यस ठाउँको सबै पर्यटकीय स्थानहरुको अवलोकन गरेर त्यहाँको पर्यटकीय बिषयमा केहि बुझेर जिल्ला फर्किने शेर्पाले जनाए ।
यात्रामा सहभगाी शेर्पा र चौधरीले त्रियुगा नगरपालिका र हेलम्वु गाउँपालिकालाई पर्यटन सँग कसरी जोड्ने र विकास गर्ने भन्ने बिषयमा जनप्रतिनिधि तथा पर्यटकीय निकायहरु सँग छलफल समेत गर...








