चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिता सुरु
पूर्णपुष्टि,फागुन ७ । उदयपुरको कटारीमा आज देखि चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । आईतवार कटारी नगरपालिका ४ स्थित टाईगर फिल्डमा सुरु प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा कटारी नगरपालिका वडा नम्बर १ लाई १का विरुद्ध २ गोल गर्दै कटारी वडा नम्बर ४ ले विजयी सुरुवात गरेको छ । खेलको पहिलो हाफमा कटारी ४ का लागि अमन सदाले गोल गरेका थिए । सदाको गोलले अग्रता लिएको खेलको दोस्रो हाफमा ४ कै किरण कुमार दनुवारले दोस्रो गोल गरी खेललाई ० का विरुद्ध २ गोलको अग्रतामा पुराए । खेलको अन्तिम समयमा पेनाल्टी पाएको वडा नम्बर १का लागि एमबहादुर सुनुवारले गोल गरेका थिए ।
प्रजातन्त्र दिवशको अवसरमा नगर खेलकुद विकास समिति कटारीको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा प्रतियोगिताको उदघाटन गरिएको समितिका अध्यक्ष दिपक लामाले बताउनुभयो । प्रतियोगिताको उदघाटन गर्दै कटारी नगरपालिकाका ...









