Saturday, August 15News That Matters

खेलकुद

त्रिदेशीय सिरिजमा नेपाल र मलेसिया खेल्दै

त्रिदेशीय सिरिजमा नेपाल र मलेसिया खेल्दै

खेलकुद, समाचार
बैशाख ६ ।  आज त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे सुरु हुने जनाईएको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ भने  मलेसिया हिजो नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको छ । अहिलेसम्म नेपाल र मलेसियाबीच चार वटा टी–ट्वान्टी र चार टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले तीन टी–ट्वान्टी र तीन टी–ट्वान्टी अन्तर्राष्ट्रियमा जित निकालेको छ ।...
एपीएफको पोल्टामा विराट गोल्डकपको उपाधि

एपीएफको पोल्टामा विराट गोल्डकपको उपाधि

खेलकुद, समाचार
बैशाख ५  विराट गोल्डकपको छैठौं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ । विराटनगरको सहिद मैदानमा गतराति भएको फाइनल खेलमा भारतीय टिम पञ्जाब पुलिसलाई १–० गोलले पछि पार्दै एपीएफले उपाधि हात पारेको हो । जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ र ट्रफी उचालेको छ । एपीएफका प्रदीप लामाले खेलको ११ औं मिनेटमा गरेको निर्णायक गोलले नै टिमलाई उपाधि दिलाएको हो । प्रदीपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए । दोस्रो हाफदेखि आक्रामक भएर मैदान प्रवेश गरे पनि पञ्जाबले बारम्बार गोल गर्ने अवसर चुकाउँदा उपविजेतामा सीमित भएको थियो । उपविजेता बनेको पञ्जाबले ७ लाख ५१ हजार रुपैयाँ पाएको छ । एपीएफले यो सिजनमा दुई वटा गोल्डकपको उपाधि जितेको छ । यसअघि चौथो गोलबजार गोल्डकपको उपाधि जितेको थियो । प्रतियोगिताको म्यान अफ द टुनामेन्ट एपीएफका आशिष लामा घोषित भए । उनले मोटरसाइ...
त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालको जित

त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालको जित

खेलकुद, समाचार
बैशाख ४ त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पछि पार्दै जित हात पारेको हो । नेदल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट  गुमाएर भेटायो । नेपालका लागि आजै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेले । कुशलले ३० बलमा ५० रन बनाए । पाँच छक्का र पाँच चौका हानेका उनी ६२ रनमा आउट भए । त्यस्तै आशिफ शेखले ३६ बलमा अर्धशतक पूरा गरे । चार चौका र चार छक्कासहित शेख ५४ रनमा नटआउट रहे । आजको खेलमा नेपालले सबैभन्दा धेरै रनको ओपनिङ साझेदारीको रेकर्ड पनि बनाएको छ । आज कुशल भुर्तेल र आशिफ शेखले एक सय १६ रनको ओपनिङ साझेदारी गरे ।  यसअघि सन् २०१९ मा पारस खड्का र ज्ञानेन्द्र मल्ले एक सय आठ रनको ओपनिङ साझेदारी गरेका थिए ।...
आजदेखि त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट श्रृङ्खला सुरु

आजदेखि त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट श्रृङ्खला सुरु

खेलकुद, समाचार
बैशाख ४  आजदेखि त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट श्रृङ्खला सुरु हुँदैछ । कीर्तिपुर मैदानमा सुरु हुने श्रृङ्खलामा नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी हुँदैछन् । आज दिउँसो सवा १ बजे सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । कोरोना सङक्रमण जोखिमलाई ध्यानमा राखेर कम दर्शकलाई प्रतियोगिता हेर्नका लागि प्रवेश गराउने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । यसअघि नै खेलकुद लगायतका कार्यक्रममा भीड नगर्न स्वास्थ्य मन्त्रालयले अपिल गरिसकेको छ । त्यस्तै क्यानले त्रिकोणात्मक टि–ट्वान्टी श्रृङ्खलाको ट्रफी समेत सार्वजनिक गरेको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याड्सका कप्तान पिटर सिलर र मलेसिया कप्तान फैज अहमदले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।...
आईपीएलमा बेङ्ग्लोरको जित

आईपीएलमा बेङ्ग्लोरको जित

खेलकुद, समाचार
बैशाख २ इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अन्तर्गत गतराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर जित हात पारेको छ  । चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले हराउँदै बेङ्ग्लोरले लगातार दोस्रो जित हात पारेकोे हो । बेङ्ग्लोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । जितसँगै बेङ्ग्लोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बेङ्ग्लोरले २ खेलमा ४ अङ्क जोडेको छ ।...
आजदेखि त्रिकोणात्मक श्रृङ्खलाको प्रशिक्षण सुरु हुने

आजदेखि त्रिकोणात्मक श्रृङ्खलाको प्रशिक्षण सुरु हुने

खेलकुद, समाचार
पूर्णपुष्टि, चैत २४  आजदेखि नेपाल क्रिकेट सङ्घ (क्यान)ले त्रिकोणात्मक श्रृङ्खलाका लागि बन्द प्रशिक्षण सुरु गर्ने भएको छ । नेपाल, मलेसिया र नेदरल्याण्डबीचको त्रिकोणात्मक टी–२० श्रृङ्खलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । प्रतियोगिता वैशाख चार गतेदेखि ११ गतेसम्म हुनेछ । बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिष शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप जोरा, विक्रम सोब, पवन सर्राफ र ललित राजवंशी रहेका छन् । यही खेलाडीको सूचीबाट क्यानले अन्तिम नामावली सार्वजनिक गर्नेछ । मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टिमलाई विशेष प्रशिक्षण दिनेछन् ।...
तेस्रो कटारी मेयर कप फुटबलको उपाधि कटारी ३ ले जित्यो

तेस्रो कटारी मेयर कप फुटबलको उपाधि कटारी ३ ले जित्यो

खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र १४ उदयपुरको कटारीमा शुक्रबार सम्पन्न तेस्रो नगर मेयर कप फुटबल प्रतियोगिताको उपाधि कटारी , ३ ले हात पारेको छ । दोस्रो मेयर कपको विजेता समेत रहेको कटारी ३ ले फाईनलमा कटारी ५ लाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो । उपाधिसँगै कटारी ३ ले लाभकर सहित नगद ७६ हजार २ सय ५० का साथमा मेडल , कप र प्रमाण पत्र हात पारेको छ  । त्यसैगरी उपविजेता कटारी ५ ले  लाभकर सहित नगद ३८ हजार ७ सय ५० का साथमा मेडल , कप र प्रमाण पत्रमा चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कटारी ५ का सागर राई , उदयमान खेलाडी कटारी ३ सुरन धामी , उत्कृष्ट डिफेन्डर कटारी ३ का गोपाल लिम्बु सर्वोत्कृष्ट गोलकर्ता कटारी ३ का प्रताप राई , म्यान अफ द म्याच कटारी ३ कै प्रशिल कार्की र उत्कृष्ट  गोल रक्षक कटारी ३ कै  रोशन राना घोषित भए । प्रतिष्पर्धात्मक  फाईनल खेलमा कटारी ३ का प्रशिल क...
आजदेखि त्रिदेशीय फुटबल सुरु हुदै

आजदेखि त्रिदेशीय फुटबल सुरु हुदै

खेलकुद, समाचार
पूर्णपुष्टि, चैत १०  आजदेखि त्रिदेशीय फुटबल प्रतियोगिता सुरु हुँदैछ । पहिलो खेलमा आज बंगलादेश र किर्गिस्तानले खेल्दैछन् । प्रतियोगितामा नेपालका लागि गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् । नेपाली टोलीको तयारी राम्रो भएकाले नतिजा पनि सुखद नै आउने अपेक्षा गरिएको छ । नेपाली टोलीमा चोटको समस्या नरहेको र लामो समयदेखिको अभ्यासका कारण राम्रो प्रदर्शनको अपेक्षा गर्न सकिने जनाईएको छ । नेपालले आफ्नो पहिलो खेल १२ गते बिहीवार किर्गिस्तानसँग खेल्नेछ । नेपालले दोश्रो खेल चैत १४ गते बंगलादेशसँग खेल्नेछ । त्रिदेशीय लिगको फाइनल खेल चैत १६ गते हुनेछ ।...
पहिलो एक दिवसीय खेलमा न्युजिल्याण्डको जित

पहिलो एक दिवसीय खेलमा न्युजिल्याण्डको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, चैत ७ बंगलादेशसँगको पहिलो एक दिवसीय क्रिकेट खेलमा न्युजिल्याण्डले जित हात पारेको छ । घरेलु टोली न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो । बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य न्युजिल्याण्डले २१ ओभर २ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो । न्युजिल्याण्डका हेनरी निकोलसले अविजित ४९ रन जोडे । त्यस्तै मार्टिन गुप्टिलले ३८ र डेभोन कोनवेले २७ रन बनाए । बंगलादेशका हसन ममुद र तास्किन अहमेदले १÷१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४१ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो । न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ४ तथा जेम्स निशम र मिचेल स्टानरले २÷२ विकेट लिए । जितसँगै न्युजिल्याण्डले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।...
प्रथम त्रियुगा खेलकुद महोत्सव भव्य रुपमा सम्पन्न, फुटवल  तर्फको उपाधी वडा न. १० लाई

प्रथम त्रियुगा खेलकुद महोत्सव भव्य रुपमा सम्पन्न, फुटवल तर्फको उपाधी वडा न. १० लाई

खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र २ प्रथम त्रियुगा नगर खेलकुद महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । सोमवार महोत्सवको फुटवल तर्फको फाइनल खेल थारुहट रंगशालामा समापन गर्दै सबै विद्याको खेलहरु सम्पन्न भएको आयोजकले जनाएको छ । त्रियुगा नगर खेलकुद महोत्सव अन्तरगत २१ औँ स्व लालसेर राई स्मृति मेयर गोल्ड कप फुटवल तर्फको उपाधी त्रियुगा नगरपालिका वडा नं १० ले जितेको छत्रियुगा नगरपालिका वडा नं ८ लाई १–० ले हराउँदै १० न वडाले उपाधी चुमेको हो । खेलको दोस्रो हाफको अन्तिम समयमा १० नं वडाको तर्फबाट जर्सि नं १० का समिराज राउतले गोल गरेका थिए । त्यहि १ गाले वडा नं १० को पहिलो र अन्तिम भयो । खेल अबधिभर ८ न वडा बाट कुनै पनि गोल हुन सकेन । आक्रमक प्रतिस्पर्धा भएको फाइनल खेलमा ८ नं वडाले अन्तिम सम्म पनि गोल रोकेर खेल बाराबरी गर्दै आईरहेको थियो । तर खेलको दोस्रो हाफको ३४ औँ मिनेटमा भने समिराज राउतले गरेको गोल वडा नं १० को निर्ण...