Saturday, August 15News That Matters

खेलकुद

प्रिमियर लिगमा लेस्टरको जित

प्रिमियर लिगमा लेस्टरको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असोज १२  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित हात पारेको छ । घरेलु मैदानमा यो सिजनमा पहिलो खेल खेलेको म्यानचेस्टर सिटीलाई लेस्टरले ५–२ गोलले पछि पार्दै जित हात पारेको हो । लेस्टरको जितमा जिमी भार्डीले ह्याट्रिक गरे । जितसँगै लेस्टर लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले तीन खेलमा तीन जित निकालेको छ भने सिटीले दोस्रो खेलमा नै हार व्यहोरेको छ । सिटीले सुरुवाती गोलको अग्रता जोगाउन नसकेपछि लेस्टरले लगातार चार गोल गर्यो । यो सिजनमा ह्याट्रिक गर्ने भार्डी पहिलो खेलाडी बनेका छन् । यो जितपछि लेस्टरले तीन खेलमा नौ अंक बनाएको छ भने सिटीको दुई खेलमा तीन अंक छ ।...
आजदेखि ब्याडमिन्टनको अभ्यासमा सुरु

आजदेखि ब्याडमिन्टनको अभ्यासमा सुरु

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज ११  आजदेखि ब्याडमिन्टनको अभ्यासमा सुरु भएको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा ब्याडमिन्टन खेलाडीले अभ्यास थालेका हुन् । दुई घन्टा सरसफाई गरेपछि कोरियन प्रशिक्षक चोई सिउन कुकले पहिलो दिन आज खेलाडीलाई सामान्य अभ्यास गराएका छन् । तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिने जनाईएको छ । लामो समयदेखि हुन नसकेको अभ्यासमा फर्किन पाउँदा खेलाडी उत्साहित भएका छन् । कोरोना भाइरसका कारण कोर्टबाहिर रहेका खेलाडीमा उमङ्ग छुट्टै  देखिन्थ्यो । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण ठप्प भएको नेपालको खेलकुद क्षेत्र भने अझै चलायमान हुन सकेको छैन ।...
बार्यन म्युनिखले यूईएफए सुपर कपको उपाधि चुम्यो

बार्यन म्युनिखले यूईएफए सुपर कपको उपाधि चुम्यो

खेलकुद, समाचार
पूर्णपुष्टिु, असोज ९ यूईएफए सुपर कपको उपाधि बायर्न म्युनिखले हात पारेको छ । सेभियालाई समयमा २–१ गोलले पछि पार्दै बायर्नले सात वर्षपछि यो प्रतियोगिताको उपाधि हात पारेको हो । अन्तिम पटक सन् २०१३ मा सुपर कपको उपाधि जितेको बायर्न त्यसपछि फाइनल खेल्न सकेको थिएन । सेभिया भने पछिल्लो १० वर्षमा चौथो पटक यूईएफए सुपर कपको फाइनलमा पराजित भएको छ । हंगेरीको बुढापेष्टमा भएको खेलमा १३ औं मिनेटमा सेभियाका लुकास ओकाम्पोसले पेनाल्टी गोल गरे । त्यसपछि ३४ औं मिनेटमा बायर्नका लियोन गोरेज्काले गोल गरेपछि खेल बराबरी भयो । निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछिा खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसपछि एक सय चार मिनेटमा बायर्नका मार्टिनेज अगुइनागाले गोल गरेपछि बायर्नले उपाधी चुमेको हो ।...
एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाको जित

एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ २७ इङ्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया १९ रनले जित हात पारेको छ । २ सय ९५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाउन सक्यो । साम विलिङ्सले शतकीय इनिङस् खेले पनि टिमलाई जिताउन सकेनन् । उनले  १ सय १८ रन बनाए । यस्तै, जानी बेयरस्टोले ८४ र कप्तान इयान मोर्गानले २३ रन बनाए । अरु खेलाडीले भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । यसअघि, अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनाएको थियो । खराब सुरुवात गरेको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ७७ रनको योगदान दिँदै खेललाई उकासेका थिए । यस्तै मिचेल मार्शले ७३ रनको अर्धशतकीय इनिङस् खेले । छैठौं विकेटको लागि म्याक्सवेल र मार्शले १ सय २६ रनको साझेदारी गर्दै अष्ट्रेलियाको इनिङ्स उकासेका थिए । त्यस्तै मार्कुस स्टोनिसले ४३ रन जोड्दा मार्नुस लेबासचेन्नीले २१ रन बनाए । कप...
ट्रिनबागो नाइट राइडर्सलाई सीपीएलको उपाधि

ट्रिनबागो नाइट राइडर्सलाई सीपीएलको उपाधि

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि,  भदौ २६ क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सले हात पारेको छ । गतराति भएको फाइनल खेलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले हराउँदै नाइट राइडर्सले लगातार चौथो पटक सीपीएलको उपाधि हात पारेको हो । ब्रायन लारा स्डेडियममा पहिले ब्याटिङ गरेको लुसिया १९ ओभर एक बलमा एक सय ५४ रनमा अलआउट भएको थियो । लुसियालाई मध्यम स्कोरमा रोक्न नाइट राइडर्सका कायरन पोलार्डले चार विकेट लिए । एक सय ५५ रनको लक्ष्य नाइट राइडर्सले ११ बल बाँकी छँदै मात्रै दुई विकेट गुमाएर भेट्टायो । उसका लागि लेन्डी सिमोन्सले नटआउट ८४ र डारेन ब्राभोले ५८ रन बनाए ।...
टी–२० क्रिकेट श्रृङ्खलामा इंग्ल्याण्डको जित

टी–२० क्रिकेट श्रृङ्खलामा इंग्ल्याण्डको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ २२ अष्ट्रेलियासँगको टी–२० क्रिकेट श्रृङ्खलामा इंग्ल्याण्डले जित हात पारेको छ । गतराति भएको दोस्रो खेलमा ६ विकेटले जित हात पारेको हो । साउथह्याम्टनमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट बनाएर एक सय ५७ रन बनाएको थियो । ३ रन बनाउँदा २ विकेट गुमाएको अष्ट्रेलियाले निकै खराब सुरुवात गरेको थियो । तर एरोन फिन्चको ४० र मार्कुस स्टोनिसको ३५ रन मद्दतमा एक सय ५७ रनको मध्यम स्कोर बनाएको थियो । तर एक सय ५८ रनको लक्ष्य इंल्याण्डले चार विकेट गुमाएर ७ बल अघि नै भेटायो । जोस बटलरले नटआउट ७७ रन बनाए । पहिलो खेल इंल्याण्डले दुई रनले जितेको थियो ।...
क्रिकेटको मुख्य प्रशिक्षकका लागी आवेदन माग

क्रिकेटको मुख्य प्रशिक्षकका लागी आवेदन माग

खेलकुद, समाचार
पूर्णपुष्टि, भदौ १८ नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागी लागि आवेदन माग गरेको छ । सूचना जारी गर्दै क्यानले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकसहित सात प्रदेशको लागि सात प्रशिक्षक र तीन वटा अन्य पदको लागि आवेदन माग गरेको हो । उमेश पटवालले राजीनामा दिएपछि लामो समयदेखि मुख्य प्रशिक्षकको पद खाली रहेको छ ।...
इंग्ल्याण्डविरुद्ध पाकिस्तान पाँच रनले विजयी

इंग्ल्याण्डविरुद्ध पाकिस्तान पाँच रनले विजयी

खेलकुद, समाचार
काठमाडौं, १७ भदौं । पाकिस्तानले इंग्ल्याण्डविरुद्धको तेस्रो टी(२० खेलमा ५ रनको रोमाञ्चक जित हात पारेको छ । सिरिजको तेस्रो खेलमा जित हात पारेपछि पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डविरुद्धको तीन खेलको सिरिज १(१ को बराबरीमा सकाएको छ । पहिलो खेल नतिजा विहीन भएको थियो भने दोस्रो खेल इंग्ल्याण्डले जितेको थियो । म्यानचेष्टरमा भएको तेस्रो खेलमा मोहम्मद हाफिजको उत्कृष्ट ब्याटिङ र हैदर अलीले डेब्युमै अर्धशतक बनाएपछि पाकिस्तानले खेल जितेको हो । पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । इंग्ल्याण्डका लागि मोइन अलीले सर्वाधिक ६१ रन बनाउँदा टम बेन्टनले ४६ रन, साम बिलिङ्सले २६ रन बनाए । बलिङमा पाकिस्तानका लागि साहिन साह अफ्रीदी र वाहब रियाजले २(२ विकेट लिए । इमाद वसिम र हरिस राउफले १(१ विकेट लिए। तयसअघि टस हारेर पहिले ब्याटिङ गरेको...
कम्युनिटी शिल्ड फुटबलको उपाधि आर्सनललाई

कम्युनिटी शिल्ड फुटबलको उपाधि आर्सनललाई

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ १४ आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि हात पारेको छ । बेम्बली स्टेडियममा भएको फाइनल खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पछि पार्दै आर्सनलले उपाधि हात पारेको हो । खेलको निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो । पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन् ।...
‘गोल अफ दि सिजन’ अवार्ड रोनाल्डोलाई

‘गोल अफ दि सिजन’ अवार्ड रोनाल्डोलाई

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ १२ इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए च्याम्पियन्स लिग फ्यान्स ‘गोल अफ द सिजन’ अवार्ड जितेको छ । भोटका आधारमा रोनाल्डोलाई अवार्डको घोषणा गरिएको हो । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजनमा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको थियो । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो । यो खेल युभेन्ट्सले २–१ ले जितेको थियो । तर, पहिलो लेगमा १–० ले पछि परेको युभेन्ट्स अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।...