Saturday, August 15News That Matters

खेलकुद

च्याम्पियन्स लिगको उपाधी बायर्न म्युनिखलाई

च्याम्पियन्स लिगको उपाधी बायर्न म्युनिखलाई

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ ८ युरोपियन च्याम्पियन्स लिगको उपाधि जर्मन च्याम्पियन बायर्न म्युनिखले हात पारेको छ । फ्रेन्च च्याम्पियनलाई १–० गोलले पछि पार्दै बायर्नले छैठौं पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको हो । बायर्नको जितमा कोमनको एक मात्र गोल निर्णायक बनेको थियो । यसका साथै बायर्नले धेरै पटक यो प्रतियोगिताको उपाधि जित्ने सूचीमा लिभरपुलसँग बराबरी गरेको छ । युरोपियन च्याम्पियन हुने योजनाका साथ नौ वर्षमा १.२ बिलियन यूरो खर्च गरेको पीएसजीले च्याम्पियन्स लिगको उपाधि उचाल्न अझै कुर्नुपर्ने भएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा बायर्नले अग्रता बनायो । उसका लागि किंग्स्ले कोमनले हेडरबाट गोल गर्न सफल भए । उनको त्यो गोल च्याम्पियन्स लिगमा बायर्नको पाँच सयौँ गोल थियो । च्याम्पियन्स लिगमा पाँच सय गोल गर्ने बायर्न तेस्रो टिम बनेको छ । बायर्नभन्दा अगाडि बार्सिलोना र ...
स्पेनिस क्लबको पोल्टामा युरोपा लिगको उपाधि

स्पेनिस क्लबको पोल्टामा युरोपा लिगको उपाधि

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ ६ युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले हात पारेको छ । गतराति जर्मनीमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोलले पछि पार्दै सेभियाले उपाधि हात पारेको हो । सेभियालाई जित दिलाउन लुक डे जोङले दुई र डिएगो कार्लोसले एक गोल गरे । यस्तै इन्टर मिलानका लागि रोमेरो लुकाकु र डिएगो गोडीनले एक/एक गोल फर्काए । सेभियाले छैठौं पटक युरोपा लिगको उपाधि हात पारेको छ । यसअघि सेभियाले सन् २०१६ मा युरोपा लिग जितेको थियो । सेभिया ६ पटक युरोपा लिग जित्ने एक्लो टिम बनेको छ । सन् १९९८ मा युरोपा लिग जितेको इन्टर मिलानले पछिल्लो ९ वर्षयता कुनै पनि उपाधि जित्न सकेको छैन ।...
बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ ४ बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । राति भएको खेलमा लियोनलाई ३–० गोलले पछि पार्दै बायर्न फाइनलमा प्रवेश गरेकोे हो । बायर्नको जितमा सर्ज गनाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । अब च्याम्पियन्स लिगको उपाधिको लागि बायर्न र पेरिस सेन्ट जर्मेन (पीएसजी) आउँदो आइतबार खेल्नेछन् । पहिलो सेमिफाइनलमा आरबी लेइप्जिगलाई ३–० गोलले पछि पार्दै पीएसजी फाइनल पुगेको थियो ।...
युरोपा लिगको फाइनलमा इन्टर मिलान प्रवेश

युरोपा लिगको फाइनलमा इन्टर मिलान प्रवेश

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ २ युरोपा लिगको फाइनलमा इन्टर मिलान प्रवेश गरेको छ । गतराति भएको खेलमा सख्तर डोनेस्कलाई ५–० गोलले पछि पार्दै इन्टर मिलान फाइनलमा प्रवेश गरेको हो । जर्मनीमा भएको खेलमा इन्टर मिलानको जितमा मार्टिनेज र रोमेलु लुकाकुले दुईरदुई गोल गरे । एक गोल डानिलोले गरे । खेलको १९ औं मिनेटमा निकोलो बारेलाको पासमा मार्टिनेज प्रहार गरेको पहिलो प्रहारलाई साख्तरका गोलकिपरले बचाएका थिए । तर त्यसपछि पनि मार्टिनेजले दोस्रो प्रयासमा गोल गरे । इन्टर मिलान नौ वर्षपछि युरोपा लिगको उपाधि उचाल्ने योजनामा रहेको छ । अब उपाधिका लागि स्पेनिस क्लब सेभिल्लासँग शुक्रबार खेल्नेछ ।...
युरोपा लिगको फाइनलमा सेभिल्ला प्रवेश

युरोपा लिगको फाइनलमा सेभिल्ला प्रवेश

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ १ युरोपा लिग फुटबलको फाइनलमा सेभिल्ला प्रवेश गरेको छ । गतराति भएको खेलमा म्यान्चेष्टर युनाइटेडलाई २–१ गोलले पछि पार्दै सेभिल्ला फाइनलमा प्रवेश गरेको हो । खेलको २६ औँ मिनटमा सेभिल्लाका फर्नान्डेज सुसोले गोल गरेको थियो । पहिलो हाफ बराबरी भए पनि खेलको ७८ औं मिनेटमा डी जोङले गोल गरेपछि सेभिल्ला लिगको फाईनलमा प्रवेश गरेको थियो । अब म्यान्चेष्टर युनाइटेडको यस सिजनको ठूलो उपाधि जित्ने सम्भावना सकिएको छ । सेभिल्लाले उपाधिका लागि अब सख्तर डोनेस्क र इन्टर मिलानबीचको विजेतासँग खेल्नेछ ।...
फिफा महिला वरीयतामा ९९ औँ स्थानमा नेपाल

फिफा महिला वरीयतामा ९९ औँ स्थानमा नेपाल

खेलकुद, समाचार
पूर्णपुष्टि, साउन ३२ विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरीयतामा नेपाल ९९ औँ स्थानमा रहेको छ । कोरोना भाइरसका कारण कुनै अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरीयतामा परेको हो । पछिल्लो पाँच महिनादेखि फिफाको वरीयता एकनास रहेको छ । एशियाली देशतर्फ नेपाल २१ औँ स्थानमा छ । दक्षिण एशियाली देशको वरीयतामा नेपालको दोस्रो स्थानमा छ । त्यस्तै फिफा वरीयतामा दक्षिण एशियाली देश भारत ५५ औँ, बङ्गलादेश १३४ औँ, श्रीलङ्का १४० औँ, माल्दिभ्स १४२ औँ तथा भुटान १५४ औँ स्थानमा रहेका छन् ।...
च्याम्पियन्स लिगमा लियोनको जित

च्याम्पियन्स लिगमा लियोनको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन ३२ च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा लियोन प्रवेश गरेको छ । राति भएको खेलमा म्यानचेस्टर सिटीलाई ३–१ गोलले पछि पार्दै लियोन लिगको सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको २४ औं मिनेटमा कोर्नेटले गोल गर्दै लियोनलाई अग्रता दिलाए । ६९ औं मिनेट म्यानचेस्टर सिटीका डि ब्रयोनले गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो । डेम्बेलेले ७९ र ८७ मिनेटमा गोल गरेपछि लियोन जित हात पारेको थियो । योसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । अब पहिलो सेमिफाइनलमा पर्सि राति आरबी लेइप्जिग र पेरिस सेन्ट जर्मेन खेल्नेछन् भने बुधबार राति लियोन र बार्यन म्युनिखबीच प्रतिस्पर्धा हुनेछ । लिगको उपाधिको लागि अर्को आइतबार राति खेल हुनेछ ।...
लाइप्जिग च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

लाइप्जिग च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

खेलकुद, समाचार
पूर्णपुष्टि, साउन ३० च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा आरबी लाइप्जिग प्रवेश गरेको छ । राति भएको खेलमा एट्लेटिको मड्रिडलाई २–१ ले हराउँदै लाइप्जिग सेमिफाईनलमा प्रवेश गरेको हो । एट्लेटिको मड्रिडका जोआओ फेलिक्सले खेलको ७१ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो । एट्लेटिकोका फेलिक्सले खेल बराबरीमा ल्याए पनि खेल सकिन दुई मिनेट बाँकी छँदा अदाम्स्ले गोल गर्दै लाइप्जिगलाई जित दिलाएका हुन् । अब लाइप्जिगले पहिलो सेमिफाइनलमा भदौ २ गते पेरिस सेन्ट जर्मेन पीएसजीसँग खेल्नेछ ।...
पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन २९ च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पेरिस सेन्ट जर्मन (पीएसजी) प्रवेश गरेको छ । गतराति भएको खेलमा एटलान्टालाई २–१ ले पछि पार्दै पीएसजी फाईनलमा प्रवेश गरेको हो । खेलको २६ औं मिनेटमा एटलान्टाका पासालिगले गोल गरेको थियो । खेलको ९० मिनटमा थप गरिएको ३ मिनेटमा पीएसजीका मार्किन्होस र चाउपो मोटिङले गोल गरेर खेल आफ्नो पक्षमा पारे । योसँगै पीएसजी २५ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।...
युरोपा लिग फुटबलको सेमिफाइनलमा स्पेनिस क्लब सेभिल्ला प्रवेश

युरोपा लिग फुटबलको सेमिफाइनलमा स्पेनिस क्लब सेभिल्ला प्रवेश

खेलकुद, समाचार
पूर्णपुष्टि, साउन २८ स्पेनिस क्लब सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गतराती भएको खेलमा प्रिमियर लिग क्लब उल्भ्सलाई हराउँदै सेभिल्ला अन्तिम ४ मा प्रवेश गरेको हो । खेलको ८८ औ मिनेटमा लुकास ओकम्पोसले हेड गोलमार्फत सोभिल्लालाई जित दिलाएका हुन् । सेभिल्लाले अब फाइनल प्रवेशका लागि आइतबार राति अर्को प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । नुनो एस्पिरिटो सेन्टो नेतृत्वको उल्भ्सले सुरुवातमै खेलमा अग्रता लिने अवसर पाएको थियो । उल्भ्सका राहुल जिमेनेजको पेनाल्टी प्रहारलाई सेभिल्लाका गोलकिपरले बचाएका थिए । उल्भ्स अर्को सिजन युरोपा लिगमा हुने छैन । उसले सातौं स्थानमा रहँदै प्रिमियर लिगको अन्त्य गरेको थियो ।...