Saturday, August 15News That Matters

खेलकुद

लकडाउन उलंघन गरेपछि सेल्टिक र एबरडीनको खेल स्थगित

लकडाउन उलंघन गरेपछि सेल्टिक र एबरडीनको खेल स्थगित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन २८ लकडाउन नियम उलंघन गरेपछि स्कटिस प्रिमियरसिप अन्तर्गत सेल्टिक र एबरडीनबीचको खेल स्थगित गरिएको छ । सेल्टिक र एबरडीनका खेलाडीले लकडाउन उलंघन गरेपछि दुई टोलीबीचको खेल स्थगित गरिएको हो । सेल्टिक र एबरडीनबीचको खेल शनिबार तय भएको थियो । हालै सेल्टिकका डिफेन्डर बोली बोलिनगोलीले स्पेनको भ्रमण गरेपछि क्वरेण्टीनमा नबसी किल्मर्नोकविरुद्ध खेल खेलेका थिए । जसको कारण सेल्टिक आलोचित बनेको थियो र स्कटल्याण्डका मन्त्री निकोला स्टर्जनले खेल स्थगित गर्न निर्देशन दिनुभएको थियो । त्यस्तै गत हप्ता एबरडीनका आठ खेलाडी लकडाउन नियम उलंघन गर्दै बार गएका थिए । सेल्टिक र सेन्ट मिरिन तथा एबरडीन र ह्यामिल्टनबीच बुधबार तय भएको खेल समेत स्थगित गरिएको छ ।...
युरोपा लिगको अन्तिम चारमा इन्टर मिलान प्रवेश

युरोपा लिगको अन्तिम चारमा इन्टर मिलान प्रवेश

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन २७ युरोपा लिगको अन्तिम चारमा इटालियन क्लव ईन्टर मिलान प्रवेश गरेको छ । जर्मन क्लब बायर लिभरकुसेनलाई २–१ गोलले पछि पार्दै इटालियन क्लब इन्टर मिलान लिगको अन्तिम चरणमा प्रवेश गरेको हो । खेलको १५ औं मिनेटमा निकोलो बरेलाले गोल गरेको थियो । त्सपछि २१ औं मिनेटमा रोमेलु लुकाकुले लिभरकुसेनका डिफेन्डरलाई बिट गर्दै अर्काे गोल गरे । जसका कारण इन्टरले खेलमा दुई शून्यको अग्रता बनाएको थियो । दुई गोलले पछि परेको अवस्थामा चेल्सीमा आउने चर्चामा रहेका केइ हाभेर्टजले गोल गर्दै लिभरकुसेनको अन्तर कम गरेका थिए । उनले खेलको २५ औं मिनेटमा डि–बक्स भित्रबाट पाएको मौकालाई सदुपयोग गरेका हुन ।...
पाकिस्तान विरुद्धको पहिलो टेस्टमा इंग्ल्याण्डको जित

पाकिस्तान विरुद्धको पहिलो टेस्टमा इंग्ल्याण्डको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, साउन २५ पाकिस्तान विरुद्धको पहिलो टेस्टमा इंग्ल्याण्डले जित हात पारेको छ । गतराती म्यानचेस्टरमा भएको खेलमा घरेलु टिम इंग्ल्याण्डले पाकिस्तानलाई ३ विकेटले पछि पार्दै जित हात पारेको हो । पाकिस्तानले दिएको २ सय ७७ रनको लक्ष्य इंग्ल्याण्डले ७ विकेट गुमाएर पूरा गरेको थियो । यसअघि दोस्रो इनिङमा पाकिस्तान १ सय ६९ रनमा अलआउट भएपछि इंग्ल्याण्डले २ सय ७७ रनको लक्ष्य पाएको थियो । पाकिस्तानले पहिलो इनिङमा अलआउट हुँदै ३ सय २६ रन बनाएको थियो । पहिलो टेस्ट जितेसँगै तीन खेलको सिरिजमा इंग्ल्याण्डले १ शून्यको अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो टेस्ट आउँदो बिहीबार साउथह्याम्पटनमा सुरु हुनेछ ।...
पीसीआर परीक्षणपछि मात्रै खेलाडीलाई प्रशिक्षणमा सहभागी

पीसीआर परीक्षणपछि मात्रै खेलाडीलाई प्रशिक्षणमा सहभागी

खेलकुद, समाचार
पूर्णपुष्टि, साउन २३ अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षणको नतिजापछि मात्रै प्रशिक्षणमा सहभागी गराउने भएको छ । आगामी भदौ १ गतेदेखि थाल्ने प्रशिक्षणका लागि ३४ जना खेलाडीलाई १४ दिनको क्वरेण्टीनमा राखिएको छ । प्रशिक्षणको तयारीमा जुटेको एन्फाले राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीलाई गत आइतबारदेखि क्वरेण्टीनमा राखेको हो । आगामी बुधबारसम्म ती सबै खेलाडीको पीसीआर परीक्षण गरिने छ । पीसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई भदौ १ गतेदेखि प्रशिक्षण दिइने एन्फाले जनाएको छ । प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा दिइने छ । खेलाडीले पोशाक फेर्ने कोठामा कम समय बिताउनुपर्ने, सबै खेलाडी प्रशिक्षक र पदाधिकारीलाई कोरोना भाइरसको विषयमा जानकारी गराउने, अभ्यासका क्रममा दर्शकलाई मैदानमा प्रवेश गर्न नदिने, खाना सामूहिक रुपमा खान नपाइने, व्यक्तिगत दूरी बनाएर खानुपर्नेलगायतका मापदण्ड ...
जानाजान अरु खेलाडीको अगाडि खोक्नेलाई रातो कार्ड

जानाजान अरु खेलाडीको अगाडि खोक्नेलाई रातो कार्ड

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन २० अव नियतबस अरु खेलाडी वा खेल पदाधिकारीका अगाडि खोक्ने खेलाडीलाई रातो कार्ड दिन सक्ने निर्णय भएको छ । अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्ड (आइफाब)ले नियतबस अरु खेलाडी वा खेल पदाधिकारी तिर खोक्ने खेलाडीलाई पनि अब रातो कार्ड दिन सक्ने निर्णय गरेको हो । फुटबलका नियम निर्माता तथा फुटबल एसोसिएशनले, सोचविचार गरेर वा नियतबस अरु खेलाडी वा खेल पदाधिकारीतर्फ फर्केर खोक्ने खेलाडीलाई रातो कार्ड दिने व्यवस्था गरेको जनाईएको छ । त्यसरी खोक्नुलाई अपमानजनक, अश्लिल वा दुर्व्यवहारजन्य भाषा वा व्यवहारको प्रयोग सरह लिइने छ । रेफ्रीले अवस्थाको विश्लेषण गरी निर्णय गर्न पाउने अधिकार दिइएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीपछि ल्याइएको यो नियम तत्काल लागू भएको बेलायतको फुटबल एसोसिएशनले जनाएको छ ।...
पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन २० आगामी वर्ष जापानको टोकियोमा हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । जापानले कोरोना भाइरसको कारण एक वर्ष पछाडि सरेको पाराओलम्पिकको नयाँ मिति सार्वजनिक गरेको हो । पाराओलम्पिक सन् २०२१ को अगस्ट २४ तारिखदेखि सेप्टेम्बर ५ सम्म हुने तालिका सार्वजनिक गरेको छ । पाराओलम्पिकमा २२ खेलको ५ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।...
एफए कप फुटबलको फाइनलमा आर्सनल प्रवेश

एफए कप फुटबलको फाइनलमा आर्सनल प्रवेश

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन ४ एफए कप फुटबलको फाईनलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल प्रवेश गरेको छ । गतराति वेम्वली स्टेडियममा भएको खेलमा सिटीलाई आर्सनलले २–० गोलले पछि पार्दै फाइनलमा प्रवेश गरेको हो । खेलको १९ औँ मिटनमा आर्सनलका कप्तान पिएरे इमिरिक औवमियाङले १ गोल गरे भने खेलको ७१ औँ मिनटमा दोस्रो गोल गर्दै आफ्नो टिमलाई फाईनलमा पुर्याएको थियो । आर्सनलले उपाधिका लागि चेल्सी र म्यानचेस्टर युनाइटेडबीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । चेल्सी र युनाइटेडबीचको खेल आज राति हुदैछ ।...
टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक

टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन ३ आगामी सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ । आयोजक टोकियो ओलम्पिकले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो । खेल जुलाई २३ देखि सुरु भएर अगस्ट ८ सम्म चल्ने छ । खेल तालिका अनुसार खेलको प्रतिस्पर्धा जुलाई २१ देखि नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ । औपचारिक उद्घाटन भने जुलाई २३ मा हुने आयोजकले जनाएको छ । कोरोना भाइरसको कारण एक वर्ष सरेको ओलम्पिकमा विभिन्न ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । जम्मा ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । टोकियोको विभिन्न ४२ स्थानमा प्रतिस्पर्धा हुने जनाइएको छ । यस अघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको हो ।...
रियल मड्रिडको पोल्टामा स्पेनिस ला लिगाको उपाधि

रियल मड्रिडको पोल्टामा स्पेनिस ला लिगाको उपाधि

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन २ स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले चुमेको छ । गतराति भएको खेलमा भिल्लारियललाई २–१ गोलले अन्तरले हराउँदै रियलले इतिहासमा ३४ औं पटक लिगको उपाधि चुमेकोे हो । घरेलु मैदानमा भएको खेलमा रियलले खेलको २९ औं मिनेटमा करिम बेञ्जिमाले गोल गरे । खेलको ७३ औं मिनेटमा पेनाल्टी पायो । सर्जियो रामोसलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा सर्जियो रामोसले पहिलो पटकको प्रयासलाई मान्यता दिइएन । फेरि रामोसको सट्टा बेञ्जिमाले प्रहार गरेपछि सहज गोल भयो । एकतर्फि जस्तो आक्रमण गरेको रियालले ८२ औं मिनेटमा अर्को उत्कृष्ट मौका पाएको थियो । तर यसपटक रियलका टोनी क्रुसको प्रहार पोष्टमा लागेर फर्कियो । त्यसको एक मिनेटमा भिल्ला रियलले गोल गर्दै अन्तर कम गर्यो । उसका लागि भिसेन्ट इबोर्राले गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन र रियल विजयी भयो । यता त्यही समयमा भएको खेलमा बार...
प्रदेश १ सरकारद्धारा सागका पदक विजेता ८८ खेलाडीलाई सम्मान

प्रदेश १ सरकारद्धारा सागका पदक विजेता ८८ खेलाडीलाई सम्मान

खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १ १ न. प्रदेश सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई सम्मान गरेको छ । एकलतर्फ स्वर्ण पदक विजेता ६ जना, रजत पदक विजेता ४ जना र कास्य पदक विजेता १० जना खेलाडीलाई सम्मान गरिएको हो । यस्तै टीमतर्फ स्वर्ण पदक विजेता १५ जना, रजत पदक विजेता २२ जना र कास्य पदक विजेता ४१ जना गरी ८८ खेलाडीलाई मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले सम्मान गर्नुभएको थियोे । प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री राईले बताउनुभयो । उहाँले प्रदेश सरकारले खेलकुदलाई छायामा नपारिने बताउनुभयो । खेलका माध्यमबाट जीविकासँगै पहिचान र प्रतिष्ठा कमाउन सकिने सामाजिक विकास मन्त्री घिमिरेले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणका कारण निर्धारित समयमा सम्मान गर्न नपाएको उहाँले...