उदयपुरका दुई पहिलाे प्याराग्लाइडिङ पाईलट र एक पत्रकार सम्मानित
उदयपुर, माघ ७ ।
पूर्वीकाे पर्यटन प्रबर्धनमा याेगदान गरेकाे भन्दै उदयपुर कान्तिपुर सम्बाददाता तथा पूर्णपुष्टि मिडिया सञ्चालक/सम्पादक भाेटराज राईसहित तीनजनालाई बेलका हाेटल ब्यवसायी संघले आज सम्मान गरेकाे छ ।
संघले पत्रकार राई र सरकार मार्फत मान्यता प्राप्त उदयपुरकाे पहिलाे दुई ब्यवसायिक (टेन्डम) प्याराग्लाईडिङ पाईलटहरु धनकुमार राई, नवराज राईलाई सम्मान गरेकाे हाे । दुबै प्याराग्लाईडिङ पाईलटहरु बेलका नगरपालिका -८ निवासी युवाहरु हुन् । संघका अध्यक्ष रमन भट्टराईले दाेसल्ला, कदरपत्रले सम्मान गरे ।
उनीहरुले बेलकाकाे बाेप्ताङमै सिकेर त्यहिबाट उडानसम्मकाे ब्यवसायिक अनुमती प्राप्त गरेका हुन् । उनीहरुले पाेखराका ब्यवसायिक प्याराग्लाईडिङ प्रशिक्षक सुरेन गुरुङले बेलकामा सञ्चालन गरेकाे फ्लाईङ वन्डर्स प्याराग्लाइडिङ स्कुलबाट प्रशिक्षण पाएका हुन् । कार्यक्रममा प्रशिक्षक गुरुङकाे याेगदानकाेसमेत प्रशंसा ग...









