मनोरञ्जन
विशाल राई बने उदयपुर आईडल सिजन २ को बिजेता
पूर्णपुष्टि, गाईघाट, पुष २७ गते ।
उदयपुर आईडल सिजन २ को बिजेता बिशाल राई बनेका छन् । त्रियुगा नगरपालिका वडा नं १६ का विशाल पुस ६ गते गाईघाट बाँसघारी पार्टी प्यालेसमा भएको ग्राण्ड फिनालीबाट सिजन २ को बिजेता बनेका हुन् । उनले ६ जना फाइनलिस्टहरूलाई पछि पार्दै उपाधी चुमेका हुन् । राईले बिभिन्न चरणहरु पार गर्दै आईडलमा बलियो कब्जा जमाएका थिए । बिजेता बनेका बिशालले नगद रु एक लाख र ट्रफि हात पारेका छन् । आईडल उदयपुर कलाकार समाजको आयोजनामा भएको थियो ।
https://youtu.be/s2kADReZGaw...
उदयपुर आईडल सिजन २ को फाइनलिष्ट बिशाल राईले गरे भोटको अपिल
पूर्णपुष्टि, पौष २५ । उदयपुर आईडल सिजन २ को फाइनलिष्ट बिशाल राईले भोटको अपिल गरेका छन् । जिल्लाको रौतामाई गाउँपालिका–३ निवासी राई कडा प्रतिष्पर्धाको बिच सयौँ प्रतिष्पर्धीहरुलाई पछि पार्दै फाइनल चरणको उत्कृष्ट ६ प्रतियोगि बन्न सफल भएका हुन् ।
उत्कृष्ट ६ प्रतियोगि बन्न सफल राईले भोली (शनिबार) हुने अन्तिम प्रतिस्पर्धालाई लक्षित गर्दै आफ्ना शुभेच्छुक आफन्त जन तथा देश–विदेशमा रहेका सम्पूर्ण संगीत प्रेमी, दर्शक–श्रोता माझ आफूलाई भोट गरी सहयोग गरिदिन हार्दिक अपिल गरेका छन् । उनले डिजिटल क्यूआर मार्फत भोटको अपेक्षा गर्दै ‘भनेका छन्’ मेरो गायन यात्रालाई नयाँ उचाइमा पुर्याउन तपाईँहरूको साथ माया र समर्थन अमूल्य छ।
उनको सुरिलो र शुद्ध स्वर भावनात्मक गायन शैली तथा निरन्तरको अभ्यासले गर्दा उनले दर्शक र निर्णायकहरूको मन जित्न सफल भएका छन् । गीतको भावलाई आत्मसाथ गर्दै दशकको मन छुने उनको प्रस्तुति य...
उदयपुर आईडल सिजन २ को फाईनलिष्ट रविनाले गरिन भोटको अपिल
पूर्णपुष्टि, उदयपुर, पुष १३ गते ।
उदयपुर आईडल सिजन २ को अन्तिम प्रतिस्पर्धा यहि पुष २६ गते गाईघाटमा सम्पन्न हुँदैछ । उक्त प्रतिस्पर्धामा ६ जना फाईनलिस्ष्टहरु सहभागी छन् । यस मध्यकी एक जना प्रतिस्पर्धि रविना राई हुन् । राई गायीकी क्षेत्रमा निकै मेहनती र लगनशिल प्रतिस्पर्धि हुन् । अब्बल स्वरकै कारण सयौँ प्रतिस्पर्धिहरुलाई पछि पार्दै टप ६ मा पुग्न सफल राईको अबको एउटै उदेश्य उदयपुर आईडल सिजन २ को बिजेता बन्नु हो । यसका लागि राईले साथीभाई, आफन्तजन र आम दर्शकहरुलाई भोटको अपिल गरेकी छिन् । त्रियुगा नगरपालिका वडा नं १२ की रविनाले आफ्नो गायनलाई देश विदेशमा फैलाउन अवसर प्रदान गर्न सबै सामु भोटको अपिल गरेकी हु्न । सुरिलो स्वरकी धनी राई बिभिन्न सांगितिक कार्यक्रमहरुमा समेत भाग लिने गरेकी छिन् ।...
उदयपुरमा दनुवार समुदायको न्वागी महोत्वस सम्पन्न
पूर्णपुष्टि, राजावास, मंसिर २८ गते ।
उदयपुरमा संञ्चालन भएको तिन दिने राष्ट्रिय न्वागी (नेमान)ं पर्व दोस्रो दनुवारी खाना परिकार तथा सांस्कृतिक उत्सव २०८२ भव्यताका साथ सम्पन्न भएको छ । मंसिर २५ गतेबाट सुरु भएको उक्त महोत्सव २७ गते औपचारिक कार्यक्रम सहित सम्पन्न भएको हो । महोत्सव सँगै सांस्कृतिक कार्यक्रम पनि भव्य भएको छ । तिन दिने महोत्सवले दनुवार समुदायलाई एक ठाउँमा उभ्याएको र थप एकतामा बाँध्न सफल भएको दनुवार जागरण समाज त्रियुगा नगर समितिका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका समेत अध्यक्ष रहेका भुनराज दनुवारले बताए । दनुवारले पहिले दनुवार समुदायहरुले आआफ्नै तरिकाले मनाउँदै आएको उक्त पर्व पछिल्लो समय एकै स्थानबाट मनाउने र एक बद्ध गराउने काम गरिरहेको अध्यक्ष दनुवारको भनाई छ । यस्ता खाले मेला महोत्सवले दनुवार समुदायलाई थप सचेत बनाउने काम गरेको समेत बताईएको छ । महोत्सवले यस समुदायको परम्परा ...
पर्यटनको उद्गमस्थल उदयपुरगढी
पूर्णपुष्टि/उदयपुर, कार्तिक १९ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ५ स्थित अढाई सय वर्ष पुरानो ऐतिहासिक स्थल उदयपुरगढी पुननिर्माणसंगै पर्यटकीय आकर्षण बढेको छ । भग्नावशेष मात्र रहेको गढीको पुनःनिर्माण गरिएपछि आकर्षण थपिएको हो ।
१५ औं शताब्दीको उत्तरार्थतिर राजा उदयचन्द्र सेनले उदयपुरगढीबाट राज्य सञ्चालन गरेको इतिहास छ । उदयपुरगढी गाउँपालिका र कोशी प्रदेश सरकारको करिब दुई करोड २५ लाखको लगानीमा गढीको पुनः निर्माण भएको गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनु भयो । उहाँले उक्त ठाउँ देशकै सय पर्यटकीय गन्तब्य मध्ये एक भएकोले जिल्ला मात्र हैन प्रदेशमै उत्कृष्ठ बनाउने योजना रहेको बताउनुभयो ।
पुनः निर्मित संरचनाले ऐतिहासिक युद्धभुमी गढीको झलक दिएको छ । गढीको मुख्यगेट, तोप, राजाचढेको घोडा, मन्दीर र पर्खालहरु पौराणिक र ऐतिहासिक महत्वका छन् । गढी छेउमै प्राचिन दरबारका भग्नावशेष, पञ्चा...
नयाँ नेपाल संवद सुरु, सांस्कृकि सन्देश प्रवाह गर्र्दैै नगर परिक्रमा
पूर्णपुष्टि/उदयपुर, कार्तिक ५ ।
तिहारको रमाइलो माहौलसंगै आजदेखि भित्रिएको नयाँ नेपाल सम्बत् उदयपुरका नेवारी समुदायले विशेषरुपले मनाएका छन् । शुभकामना आदानप्रदान कार्यक्रम गाईघाटको पिपलचौकमा आयोजना गरी मोटरसाइकल र्यालीसहित नयाँ सम्बतको स्वागत गरिएको छ । विशेषरुपले नेवारी समुदायले मनाउने नेपाली नयाँ सम्बत् अर्थात नेपाल सम्बत ११४६ आजबाट सुरु भएको हो । “नेपाल सम्बत ११४६ न्हूदँया भिन्तुना (नयाँवर्षको शुभकामना) कार्यक्रम गरी नयाँवर्षको स्वागत गरियो ।” – शशि तुलाधरले भन्नुभयो ।
झिगु नेवाः पुचः गाईघाटको आयोजनामा उनीहरुले नेवारी पोशाकमा सजिएर बाजागाजा बजाउदै हर्षोउल्लास मनाएका छन् । संस्कार संस्कृती जगेर्नाका लागि सन्देश प्रवाह गर्दै मोटरसाईकल र्याली गाईघाटको मुख्यचौकदेखि मोतिगडा–बगहा–देउरी–जलजले–चुहाडे–राजाबास–गैरुन–आँखा अस्पताल हुँदै बोक्से –करमगाछी–सिमलटार–संगमटोलबाट पिपलचौक आइपुगेर समापन रहे...
स्वरका धनि विशाल उदयपुर आईडलको भोटिङ राउण्डमा
पूर्णपुष्टि, उदयपुर, असोज ११ गते ।
आवाजको जादु छर्दै बिशाल राई जारी उदयपुर आईडलको भोटिङ राउण्डमा पुगेको छ । अडिसन, थ्रियटर, डुएट, पर्फमेन्स जस्ता स्टेपहरु पार गरी टप ट्वान्टी भित्र परेका राईले भोटिङ राउण्ड सम्मको यात्रा तय गरेको हो । प्रतिस्पर्धामध्ये संम्भावना बोकेका राईले दोस्रो उदयपुर आईडलको उपाधि जित्ने लक्ष राखेका छन् । राईको स्वरलाई दर्शकहरुले पनि रुचाएको छ । गायनमा रुची राख्ने विशाल बिभिन्न सांगितिक कार्यक्रमहरुमा पनि सहभागी हुन्छन् । आउँदो राउण्डका लागि राईले दर्शकहरु सँग भोट पनि अपिल गरेका छन् ।...
उदयपुरे सर्जक (डिबी) राईको परदेशी सार्वजानिक
पूर्णपुष्टि, १९ भदौ ।
उदयपुरका सर्जक तथा कलकार डम्वर राई (डिबी) को परदेशी सार्वजानिक भएको छ । राईले विनोद खम्वु नामक युट्युव च्यालन मार्फत परदेशी सार्वजानिक गरेको हो । परदेशीलाई तिलक वान्तावाले शव्द भरेको छ भने विनोद खम्वुले संगित र राईले स्वर भरेको छ । जसलाई रेकर्डिङमा सुरेश राईले सहयोग गरेको छ । किङ स्टुडियोमा गरिएको रेकर्डलाई मिक्स मास्टर राजु कार्कीले गरेका छन् भने भिडियो जस्केलो क्रियशनले गरेको छ । राईले यो भन्दा अन्य गितहरुमा पनि स्वर दिएको छ । आफ्नै शव्दमा राईले थुप्रै गितहरु सार्वजानिक गरिसकेको अवस्था छ ।...

