Saturday, May 16News That Matters

मनोरञ्जन

नायिका विपनाको सपना

नायिका विपनाको सपना

मनोरञ्जन
भदौ ८ गते । एक समय नेपाली चलचित्रमा एकछत्र राज गरेको नायिका विपना थापा वैवाहिक जीवनमा बाधिएपछि चलचित्र क्षेत्रबाट टाढा भएकी हुन् । पिनालाई दर्शकले चलचित्रको पर्दामा हेर्न नपाएको पनि निकै समय वितिसकेको छ । अहिलेसम्म चलचित्रको पर्दामा नदेखिएको करिब एक दशक वितिसकेको छ । भारतको उत्तर प्रदेश मथुरा निबासी डा. आशुतोष भारद्वाजसँग पिनाले विवाह गरेकी हुन् । अहिले उनी एक सन्तानकी आमा बनिसकेकी छन् । विवाह गरेर भारत जानु परेको र छोरा जन्मिएकाले चलचित्रमा काम गर्न नसकेको विपनाको गुनासो छ । उनलाई भारतमा नायिका हो भनेर खासै चिन्दैन । भारतमा नेपालमा जस्तो हाई–हाई नभएको उनले बताईन् । चलचित्र क्षेत्रलाई एकदमै सम्झी रहेकी विपनाको एउटा सपना छ । पुराना समकालीन कलाकारहरु सबै एउटै चलचित्रमा काम गर्ने उनको सपना हो । उनले भने सके समकालिन कलाकारहरु सबैले एउटै चलचित्रमा काम गर्ने नसके पनि एउटै स्टे...
‘जाइरा’ चलचित्र हलमा

‘जाइरा’ चलचित्र हलमा

मनोरञ्जन, समाचार
भदौ ७ गते । स्टारर चलचित्र ‘जाइरा’ शुक्रबारदेखि रिलिज भएको छ । नम्रता श्रेष्ठ नायिका रहेको जाइरा कुनै चलचित्र रिलिज नभएको मौकामा रिलिज भएको हो । विभिन्न चलचित्रमा लभर गर्लको भूमिका निर्वाह गर्दै आएका मन्रताले यस चलचित्रमा एक्सन अवतार लिएकि छिन् । नायिका नम्रता बक्सर खेलाडीको भूमिकामा चलचित्रमा देख्न सकिन्छ । आशुतोष श्रेष्ठको निर्देशनमा बनेको चलचित्रमा नम्रतासँगै अनुपबिक्रम शाहि, प्रमोद अग्रहरी, रेमनदाश श्रेष्ठ, सृजना रेग्मी, सुजाता श्रेष्ठ लगायतका नायक नायिकाहरुको मुख्य भूमिका रहेको छ ।...
सुपरहिरो फिल्ममा प्रियंका

सुपरहिरो फिल्ममा प्रियंका

मनोरञ्जन, समाचार
भदौ ६ गते । पछिल्लो समयमा आएर एउटा ट्वीटले गर्दा पाकिस्तानी नेताहरुको तारो अभिनेत्री प्रियंका चोपडाले एउटा ठुलो हलिउड प्रोजेक्ट पाएकी छिन् । रोबर्ट रोड्रिगेजले निर्देशन गर्ने ‘वी क्यान बी हीरोज’ मा प्रियंकाले मुख्य भूमिका निर्वाह गर्ने भएकी हुने । जुन डिजिटल प्लटेर्फम नेटफ्लिक्सका लागि निर्माण गरिदैछ । ‘वी क्यान बी हीरोज’ एउटा बालबालिकाहरुको सुपरहिरो फिल्म हो । ड्वेन जोनसनसंग ‘बेवाच’ मार्फत हलिउडमा डेब्यू गरेकी प्रियंकाले ‘अ किड लाइक ज्याक’ तथा ‘इज इन्ट इट रोमान्टिक’ मा अभिनय गरिसकेकी छिन् । प्रियंकाको पछिल्लो फिल्म ‘जय गंगाजल’ हो, त्यसमा प्रियंकाले प्रहरी अधिकृतको महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । प्रियंकालाई युद्धको समर्थन गरेको आरोप लगाउँदै पाकिस्तानी मन्त्री शिरीन माजरीले संयुक्त राष्ट्र संघको शान्तिका लागि सद्भाव दूतको पदबाट हटाउने माग गरिरहेको छ ।...
लिटिल आईकनको ग्राण्ड फिनाले भदौ ७ गते हुने

लिटिल आईकनको ग्राण्ड फिनाले भदौ ७ गते हुने

मनोरञ्जन, समाचार
उदयपुर, भदौ ५ गते । किशोरी तथा बालबालिकाहरुको प्रतिभालाई प्रस्फुटनको मुख्य उद्देश्यसहित उदयपुरमा जारी मिस्टर एण्ड मिस लिटिल आईकनको दोस्रो संस्करणअन्तर्गत ग्राण्ड फिनाले भदौ पहिलो साता हुने भएको छ । बिभिन्न ४० प्रतियोगी समभागी प्रतिस्पर्धाको अन्तिम प्रस्तुती यही भदौ ७ गते गाईघाटको शुभलक्ष्मी हलमा आयोजना हुने भएको हो । विङ्स इन्टरटेनमेन्टको प्रस्तुतीमा ताल डान्स हाउसले आयोजना गरेको आईकन २०१९ लाई यामाहा कम्पनीले शीर्ष प्रायोजन गरेको छ । ‘सानैछु बढ्नदेऊ, बालबिवाह हैन पढ्न देऊ’ भन्ने नारासहित प्रतियोगितामार्फत बाल तथा किशोरी प्रतिभा उजागर हुने आयोजकको भनाई छ ।  त्यस्तै वल्र्ड्भिजनले पनि सहयोग गरेको छ । त्यसैगरी कार्यक्रमलाई सुमित्रा अटोवक्र्स, न्यू क्रियटिभ इन्जीनियरीङ कन्सल्टेन्सी, त्रियुगा उद्योग वाणिज्य संघ, इम्प्रेशन होटल, जेसिज उदयपुरलगायतले पनि सहयोग गरेको छ । त्यस्तै इम्पेरर, मादेव...
नायिका जसिता ‘आइ एम ट्वान्टी वान’मा

नायिका जसिता ‘आइ एम ट्वान्टी वान’मा

मनोरञ्जन
भदौ ४ गते । नायिका जसिताले रेनशा वान्तवा राईको निर्देशनमा बन्न लागेको चलचित्र ‘आइ एम ट्वान्टी वान’मा नायिकाको भूमिका निर्वाह गर्ने पक्का भएको छ । निर्माण पक्ष र नायिका जसिता गुरुङ विच लिखित सम्झौता नै भएको छ । ‘सुरुदेखि नै जसितासँग कुरा गरेकाले मौखिक रुपमा सहमति भइसकेपनि भर्खरै मात्र लिखित सम्झौता गरेको निर्देशक राईले जनाएको छ । उक्त चलचित्रको नायकमा धीरज मगर पक्का भइसकेको छ । डेब्यु चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट नै चर्चामा कमाएका धिरजलाई सम्भावना बोकेका नायकको रुपमा हेरिएको छ । चलचित्रका लागि लण्डनबाट धीरज नेपाल आइसकेको छ भने जसिता पनि केही दिनमा नेपाल आउने निर्देशक राईले जनाएको छ । यस चलचित्रको छयांकन तिहारपछि देखि मात्र सुरु हुने जनाईएको छ ।...
बुलेट खलनायिका सृजना

बुलेट खलनायिका सृजना

मनोरञ्जन
भदौ २ गते । महिला खलनायिका नेपाली फिल्म क्षेत्रमा  कमै भेटिन्छ । खलनायिका कम रहेको फिल्म क्षेत्रमा सृजना रेग्मीले निकै चर्चा बटुलेकि छिन् । ‘जाइरा’ फिल्ममा खलनायिकाको अभिनय गरेकी नवअभिनेत्री सृजनालाई अहिले ‘बुलेट भिलेन’ का रूपमा चिन्न थालिएको छ । भाद्र ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ मा सृजना ‘बुलेट’ को भूमिकामा छिन् । फिल्म रिलिजअगावै उनलाई एक्सनमा राम्रो सम्भावना बोकेको अभिनेत्रीको रूपमा हेर्न थालिएको छ । यस  फिल्मबाट निकै आशावादी रहेकी छिन् भने फिल्म एक्सनमा निकै मेहनत गरेको उनको भनाइ छ । फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । पर्दामा लभर गर्लको भूमिका रुचाइएकी सृजनाले पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी हुन् ।...
भारतमा बढी खोजीने सनी

भारतमा बढी खोजीने सनी

मनोरञ्जन
साउन ३१ गते । बलिउडमा यति बेला अभिनेत्री सनी लियोनीले सफलता कमाई रहेकी छिन् । पोर्नस्टारबाट बलिउड प्रवेश गरेकी सनीलाई भारतमा राम्रो स्थान पाएका हुन् । अगष्ट २०१९ सम्म गरिएको गुगल सर्च सर्भेमा सनीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेता सलमान खान तथा शाहरुख खानभन्दा बढी खोजिएको पाइएको छ । भारतको गुगल सर्चमा सनी सबैभन्दा बढी खोजिएकी हुन् । गुगल ट्रेण्ड एनालिटिक्सका अनुसार सनीका भिडियोहरू सबैभन्दा बढी खोजिएको छ । अघिल्लो वर्ष पनि भारतको सबैभन्दा बढी गुगलमा खोजिने व्यक्तिमा सनी नै थिईन् । सनीले सलमान खानको शो बिग बोसमार्फत् टेलिभिजन हुँदै बलिउडसम्मको यात्रा तय गरेकी थिइन् तर अहिले उनै सलमानभन्दा बढी खोजिनेमा उनी परेकी छन् । भर्खरै सनीले नेपाली फिल्म ‘पासवर्ड’ मा पनि आइटम डान्स गरेकी छन् ।...
नेपाली कलाकारलाई अन्तर्रा्ष्ट्रिय अवार्ड

नेपाली कलाकारलाई अन्तर्रा्ष्ट्रिय अवार्ड

मनोरञ्जन, समाचार
साउन २८ गते ।  नेपाली कलाकारहरुलाई कतारमा स्टार अन्र्तराष्ट्रिय अवार्ड प्रदान गरिएको छ । एक कार्यक्रमको साथ ४ जना नेपाली कलाकारलाई अवार्ड प्रदान गरिएको हो । लोकगीत युगलतर्फ ‘आँखा जुध्यो’ गीतमा गायक शिव संगीतले जुरी अवार्ड, बेस्ट मोडल जुरी अवार्ड नन्दा बस्याल, पब्लिक च्वाइस अवार्ड प्रकाश सपूत र चर्चिक कलाकारको अवार्ड प्रप्त गरेका थिए । स्टार किङ, कतारको आयोजनामा भएको कार्यक्रममा नेपालका राजदूत लक्ष्मण खनालले कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए ।...
ज्याकलिनको वर्थ डे आफ्नै देशमा

ज्याकलिनको वर्थ डे आफ्नै देशमा

मनोरञ्जन
साउन, २७ गते । आफ्नै देश पुगेर बलिउड नायिका ज्याकलिन फर्नान्डेजले जन्मदिन मनाएकी छिन् । आफ्नो जन्मदिन मनाउन ज्याकलिन श्रीलंका पुगेकी हुन् । ज्याकलिनले शनिबार श्रीलंकाको समुन्द्री किनारमा पुगेर केक काटेकि थिईन् । समुन्द्री किनारमा साथीभाइ र आफन्तसँग केक काट्दा ज्याकलिन खुशी थिइन् । उनले किनारमा बोल्ड तस्वीर समेत खिचाएकी छिन् । नायिका ज्याकलिनको बलिउडमा राम्रो क्रेज रहेको छ । विशेषगरि नायक सलमान खानसँग जोडी बाँधेर काम गरेका चलचित्र बक्स अफिस हिट भएको थियो । ज्याकलिनले आफूलाई श्रीलंकाको समुन्द्र खुबै मनपर्ने भएकाले पनि केक काट्न त्यस ठाउँलाई रोजेको जनाईएको छ ।...
सुहानाको डेब्यू पक्का, पोस्टर सार्वजनिक

सुहानाको डेब्यू पक्का, पोस्टर सार्वजनिक

मनोरञ्जन, समाचार
सुहाना खान अभिनय क्षेमा प्रवेश गर्ने भएको छ । बलिउडका नायक शाहरुख खान र गौरी खानकी छोरी सुहाना खान अभिनय क्षेत्रमा कदम प्रवेश गर्न तयार भएकी हुन् । लामो समयदेखि सुहनाले बलिउडमा डेब्यू गर्ने चर्चा चलिरहेको छ । सुहाना खानले डेब्यू गर्ने फिल्मको पोस्टर सार्वजनिक भएको छ । पोस्टर अनुसार एउटा सर्ट फिल्म हुनेछ  जनु सर्ट फिल्मको नाम हो ‘द ग्रेट पार्ट अफ ब्लू’ । पोस्टरमा सुहानाको पोट्रेट तस्वीर छ जुन नीलो रंगको जिन्स तथा कालो ज्याकेटमा कपाल बाँधेकी छिन् र कसैलाई हेरेर मुस्कुराइरहेकी छिन् । अतिरिक्त फिल्मको अर्को एउटा पोस्टर पनि सार्वजनिक गरिएको छ, जसमा रोबिन गोन्नेल्ला सुहानाको सह –कलाकारको रुपमा देखिने छन् ।...