शिक्षामा ५ करोड बढी विनियोजन : मेयर राई
राजेन्द्र दुष्ट
बेल्टार/माघ १८ चौदण्डीगढी नगरपालिकाले शिक्षा क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखेर आर्थिक लगानी गरेको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताउनुभयो । नयाँ संविधानले शिक्षालाई नागरिकको मौलिक हक भित्र राखेर अघि बढेको कुरा बताउँदै शिक्षा क्ष्ोत्रको विकास र गुणस्तर शिक्षाका लागि ५ करोड बढी रकम नगरपालिकाले विनियोजन गरेको राईले बताउनुभयो ।
शनिबार वडा नं ७ पारुहाङ एकेडेमीको १५ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख राईले सो कुरा बताउनु भएको हो । राईले सबै नागरिकहरुको मौलिक हकको रुपमा रहेको महत्वपूर्ण शिक्षालाई सहज वातावरणमा आर्जन गर्नु पर्नेमा जोड गर्नुभयो । सरकारको शिक्षा प्रतिको पहलमा कोहि पनि बञ्चित नभई शिक्षा हाँसिल गर्नु पाउनु पर्ने नागरिकको अधिकार रहेको भन्दै यस बाट कोहि पनि बञ्चित नभई गुनस्तर शिक्षामा सबैजना सहभागी हुने हिसाव...








