Wednesday, July 1News That Matters

संसार

नेदरल्याण्ड्समा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपमा प्रतिबन्ध

नेदरल्याण्ड्समा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपमा प्रतिबन्ध

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २ नेदरल्याण्ड्सले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना भाइरसविरुद्धको खोपमा प्रतिबन्ध लगाएको छ । आगामी २९ तारिख अर्थात् चैत १६ गतेसम्मका लागि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन बन्द गरिएको त्यहाँको सरकारले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । नर्वेमा खोप लगाएका वयस्कमा समस्या देखिएको खबर आएपछि यसअघि रिपब्लिक अफ आयरल्याण्ड्सले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको प्रयोग तत्कालका लागि बन्द गरेको थियो । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने यो खोप र रगत जम्ने समस्यासँग कुनै सम्बन्ध नरहेको जनाएको छ । युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले खोप र रगत जम्ने समस्याकाबारेमा अनुसन्धान गरिरहेको छ । यसअघि डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्याण्ड्स र थाइल्याण्ड्सले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन तत्कालका लागि बन्द गरेका थिए । डेनमार्क र नर्वेबाट आएका खबरल...
भारतमा फेरि कोरोना सङ्क्रमण बढ्यो

भारतमा फेरि कोरोना सङ्क्रमण बढ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २ भारतमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । गत २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो पछिल्लो तीन महिनायताकै दैनिक सङ्क्रमित सङ्ख्याभन्दा सबैभन्दा धेरै भएको जनाएका छन् । यसअघि गत डिसेम्बरमा २६ हजार ६ सय २४ जनालाई सङ्क्रमण भएको पाइएको थियो । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख नाघेको छ । भारतमा कोरोनाका कारण एक लाख ५८ हजार भन्दा बढीको मृत्यु भएको छ । एक करोड १० लाख भन्दा धेरैले कोरोनालाई जितेका छन् । त्यस्तै अहिलेसम्म दुई करोड ९७  लाख  ३८ हजार ४ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतको महाराष्ट्र, कर्नाटक, केरला, पञ्जाब, गुजरातलगायतका विभिन्न ठाउँमा सङ्क्रमण बढ्दै गएको जनाएको छ । यी राज्यका विभिन्न ठाउँमा लकडाउन र रात्रिका...
म्यानमारमा एकैदिन ३८ जना प्रदर्शनकारीको मृत्यु

म्यानमारमा एकैदिन ३८ जना प्रदर्शनकारीको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, चैत २ म्यानमारमा सेनाको ’कू’ को विरोधमा भइरहेको विरोध प्रदर्शनमा एकैदिन ३८ जनाको मृत्यु भएको छ । म्यानमारको मुख्य सहर यङ्गुनमा हिंसात्मक झडप हुँदा २१ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरिएको छ । तर अभियान्ताले भने अन्य ठाउँमा समेत गरी झडपमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सुरक्षा फौजले  प्रदर्शनकारीमाथि  गोली चलाएको र प्रदर्शनकारीले पनि चक्कु र लाठी प्रहार गरेका जनाईएको छ । गत फेब्रुअरी एक तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १ सय २० जनाभन्दा धेरैको मृत्यु भएको छ ।...
अपहरण र हत्या आरोपमा प्रहरीमाथि मुद्दा दर्ता

अपहरण र हत्या आरोपमा प्रहरीमाथि मुद्दा दर्ता

समाचार, संसार
पूर्णपुष्टि, चैत १ बेलायतमा एक प्रहरी अधिकारीमाथी अपहरण तथा हत्या अभियोगमा मुद्दा दर्ता भएको छ ।  लण्डन महानगर प्रहरीका प्रहरी ४८ वर्षका वायन कुजेन्समाथि ३३ वर्षकी सारा एभरेडको अपहरण र हत्या गरेको आरोपमा मुद्दा दर्ता भएको हो । गत मार्च ३ तारिखदेखि सम्पर्कविहीन भएका एभरेड मृत अवस्थामा भेटिएकी थिइन् ।  एभरेडको हत्या आरोपमा प्रहरी जवान कुजेन्सलाई गत मंगलवार पक्राउ गरिएको थियो । हत्याको विरोधमा लण्डनसहित बेलायतका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भइरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । महिलाहरुले सुरक्षा दिने निकायबाट नै असुरक्षा बढेको भन्दै प्रदर्शन  गरिरहेको जनाईएको छ ।...
श्रीलङ्कामा बुर्का लगाउन प्रतिबन्ध

श्रीलङ्कामा बुर्का लगाउन प्रतिबन्ध

समाचार, संसार
पूर्णपुष्टि, चैत १ श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाईएको छ । श्रीलङ्काले राष्ट्रिय सुरक्षाको नाममा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै अनुहार ढाक्नैपर्ने भए अरु तरिका अपनाउन आग्रह गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यसअघि छोटो समयको लागि अनुहार ढाक्नलाई आपतकालीन उपायको रुपमा प्रतिबन्ध लगाइएको तर अब यसलाई स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको जनाईएको छ । सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउने सम्बन्धी निर्णयमा मन्त्रिपरिषद्मा हस्ताक्षर भइसकेको र संसदले अनुमोदन गर्न बाँकी रहेको जनाईएको छ । यो सम्बन्धी व्यवस्थालाई संसदले चाँडै पारित गर्ने र सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाइने नियमलाई कडाइ गरिने जनाईएको छ । सन् २०१९ मा चर्च र होटलमा योजनाबद्ध रुपमा आक्रमण भएसँगै यस्तो निर्णय लिनुपरेको श्रीलङ्काको सरकारले जनाएको छ । सन् १०१९ को अप्रि...
अमेरिकाले म्यानमारका नागरिकलाई अस्थायी बसोबास दिने

अमेरिकाले म्यानमारका नागरिकलाई अस्थायी बसोबास दिने

समाचार, संसार
पूर्णपुष्टि, फागुन २९ राजनीतिक संकटमा परेको म्यानमारका नागरिकलाई अमेरिकाले बस्न अस्थायी अनुमति दिने भएको छ । सेनाले सत्ता हातमा लिएपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमती दिएको अन्तराष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् । सैन्य सत्ता विद्रोह र देश भित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय सङ्कट पैदा भएकोले मानवीय रक्षाका लागि अमेरिका बस्न अस्थायी अनुमति दिन लागेको जनाईएको छ । यसरी बस्नेहरुलाई काम गर्ने अनुमति पनि दिइनेछ । आन्दोलन र अशान्तिका कारण कसैले म्यानमार छोडेर केही समयका लागि अमेरिका आउन चाहन्छन्, वा अमेरिकामा रहेका तर म्यानमार फर्किन चाहेका छैनन् भने उनीहरुलाई केही समय संरक्षकत्व दिन सकिने जनाईएको छ । यो व्यवस्था अस्ति विहिबारबाट आवातजावात गर्नेलाई लागु हुने छ । म्यानमारमा भएको सैन्य विद्रोहप्रति अमेरिका सहित विश्वका धेरै ...
एस्ट्राजेनेकाको खोपले रगतमा कुनै असर नगर्ने

एस्ट्राजेनेकाको खोपले रगतमा कुनै असर नगर्ने

समाचार, संसार, स्वास्थ्य
पुर्णपुष्टि, फागुन २८  अक्सफोर्ड एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोपले मानिसको रगतमा कुनै समस्या देखा नपर्ने युरोपियन युनियनको नियामक निकायले दाबी गरेको छ । यो कोरोना खोप लगाएका व्यक्तिहरुमा रगतमा धब्बाहरु देखा परेको कुरा सत्य नभएको जनाएको छ । यसअघि खोप लगाइसकेका मानिसको शरीरमा रहेका रगतको सानो समूहहरुमा केही असरहरु देखा परेको भनिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । डेनमार्ग र नर्वेलगायत देशहरुमा यो खोप लगाउन रोकिएसँगै खोपबारे प्रश्न उठेको थियो । इटलीमा कोरोना खोप लगाएपछि ५० वर्षका एक जना व्यक्तिको मृत्यु भएसँगै यो खोपको प्रभावकारिताबारे प्रश्न उठेको हो । तर पछि त्यो व्यक्तिको अरु नै रोगले मृत्यु भएको पुष्टि भएको स्वास्थ्य अधिकारीहरुको दाबी गरेको जनाईएको छ । एस्ट्राजेनेका खोपका कारण अहिलेसम्म स्वास्थ्यमा असर गर्ने कुनै कारणहरु नभएकाले ढुक्क भएर लगाउन युरोपियन मेडिसिन एजेन...
ब्राजिलमा एकैदिन २ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा एकैदिन २ हजारभन्दा बढीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २७  ब्राजिलमा कोरोना महामारीपछि पहिलो पटक एकैदिन दुई हजारभन्दा बढीको मृत्यु भएको छ । बुधवार ब्राजिलमा कोरोना संक्रमणबाट दुई हजार दुई सय ८६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । अमेरिकापछि ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै छ । कोरोनाबाट ब्राजिलमा अहिलेसम्म दुई लाख ६८ हजार तीन सय ७०जनाको मृत्यु भईसकेको छ । विशेषज्ञका अनुसार कोरोना भाइरसको नयाँ प्रकार भित्रिएसँगै सङ्क्रमण दर बढेको हो ।...
कोरियाले सबै विदेशी नागरिकको निःशुल्क कोरोना परीक्षण गर्ने

कोरियाले सबै विदेशी नागरिकको निःशुल्क कोरोना परीक्षण गर्ने

समाचार, संसार
पूर्णपुष्टि, फागुन २६  दक्षिण कोरियाले सबै विदेशी नागरिकको निःशुल्क कोरोना परीक्षण गरिदिने भएको छ । कोरियाको ‘मिनिस्ट्री अफ जस्टिस’ले वैध र अवैध श्रमिकलाई नछुट्ट्याइ सबैको निःशुल्क कोरोना परीक्षण गर्ने दक्षिण कोरियामा रहेको नेपाली दूतावासले जनाएको छ । परीक्षण गर्न जाँदा श्रमिकको कानुनी अवस्थाबारे सोधिने छैन । दक्षिण कोरियामा पछिल्लो समय कोरोना सङ्क्रमण घट्दो क्रममा रहे पनि कोरियामा बसोबास गर्ने विदेशी नागरिकमा भने लगातार रूपमा सङ्क्रमण देखिएको भन्दै मन्त्रालयले दूतावासलाई पत्र लेख्दै कोरियामा रहेका सबै नेपालीलाई कोरोना परीक्षणमा सहभागी हुन अनुरोध गरेको जनाईएको छ । दूतावासले कोरियामा कार्यरत सबै श्रमिकलाई कोरोना परीक्षणमा सहभागी हुन अनुरोध गरेको छ ।...
दक्षिण एसिया जोड्ने मार्ग विकासका लागी चीनको योजना

दक्षिण एसिया जोड्ने मार्ग विकासका लागी चीनको योजना

समाचार, संसार
पूर्णपुष्टि, फागुन २६  नेपालसँग सिमाना जोडिएको चिनको स्वशासित क्षेत्र तिब्बत र दक्षिण एसिया जोड्ने मार्ग विकास गर्नका लागी चिनले योजना सार्वजनिक गरेको छ । चीनले सार्वजनिक गरेको १४औँ पञ्चवर्षीय (२०२१–२०२५) योजना र सन् २०२५ सम्मको दीर्घकालीन योजनामा सो विषय उल्लेख गरिएको छ । चीनको केन्द्र सरकारले तिब्बत र दक्षिण एसियाली जोड्ने ‘एक महत्वपूर्ण प्यासेजवे’को रुपमा विकास गर्न सहयोग गर्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । सो योजना चिनियाँ संसद नेसनल पिपुल्स कंग्रेसमा प्रस्तुत गरिएको हो । यो मार्ग कसरी विकास गर्ने भन्ने सम्बन्धमा भने चीनले केही पनि बताएको छैन् । दक्षिण एसियामा तिब्बतको सिमाना नेपाल, भारत र भुटानसँग जोडिएको छ । चीनले लामो समयदेखि तिब्बत र नेपाल हुँदै दक्षिण एसियामा आफ्नो मार्केट विस्तार गर्ने नीति लिएको छ । नेपाल र चीनको विचमा बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गत सि...