Wednesday, May 20News That Matters

संसार

लकडाउन फुकुवा नगर्न डब्लूएचओको सुझाव

लकडाउन फुकुवा नगर्न डब्लूएचओको सुझाव

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २९ गते । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाईरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न सुझाव दिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका लकडाउनसहितका उपाय तत्काल अन्त्य गर्दा मृत्यु हुनेको संख्या तिब्र गतिमा फैलिन सक्ने भन्दै डब्लूएचओले तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न सुझाव दिएको हो । प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा सङ्क्रमणको पुनरावृत्ति हुनसक्ने भएकाले सचेत बन्न डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस गेब्रेससले जोड दिएका छन् । प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेको उनले बताए । विश्वका सरकारसँग अहिले चलिरहेको प्रतिबन्ध फुकुवा गर्ने वा खुकुलो पार्ने सम्बन्धमा रणनीति बनाइरहेको डब्लूएचओले जनाएको छ । प्रतिबन्ध फुकुवा गर्न हतारो नगरि...
पन्जाबमा लकडाउन र कर्फ्युको समय बढाउने

पन्जाबमा लकडाउन र कर्फ्युको समय बढाउने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २९ गते ।  भारतको पन्जावमा लकडाउन र कर्फ्युको समय बढाउने निर्णय भएको छ । पन्जाब सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै आगामी मे १ अर्थात वैशाख १९ गतेसम्मका लागि लकडाउन र  कर्फ्युको समय बढाउने निर्णय गरेको संचारमाध्यमले जनाएका छन् । पन्जाबमा मात्रै कोरोना सङ्क्रमणका कारण १ सय ३२ जनामा कोरोना पुष्टि भएको मध्ये ११ जनाको मृत्यु भईसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म २ सय ४९ जनाको मृत्यु भएको छ भने ७ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको जनाईएको छ ।...
इटलीमा लकडाउन थप्ने निर्णय

इटलीमा लकडाउन थप्ने निर्णय

समाचार, संसार
पूर्णपुष्टि, चैत २९ गते ।  इटली सरकारले लकडाउन थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री जिसेप कोन्टेले आउँदो मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन बढाउने घोषणा गरेकोे हो । पहिलो पटक गत फागुन २६ गतेसम्मका लागि गरिएको लकडाउन त्यसपछि पटकपटक थप गर्दै आगामी वैशाख २१ गतेसम्म पु¥याइएको हो । लकडाउनका कारण इटालीमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्यामा केहि कमी आएको भन्दै लकडाउनको समय बढाउने निर्णय गरिएको जनाईएको छ ।...
यमनमा पहिलो कोरोना संक्रमित फेला

यमनमा पहिलो कोरोना संक्रमित फेला

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २९ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमीत यमनमा पहिलो पटक एक जनामा पुष्टि भएको छ । यमनमा कोरोनाको संक्रमित फेला परेसँगै विश्वको २ सय १० देश पुगेको हो । अहिलेसम्म २ सय १० र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोनाको संक्रमण फैलिँदा साढे १६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । ३ लाख ७६ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै २ हजार भन्दा धेरैको मृत्यु भएपछि १ लाख २ हजार जनाको मृत्यु भईसकेको छ । अमेरिकामा साढे १८ हजारभन्दा धेरैको मृत्यु भएको छ भने ५ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटालीमा साढे १८ हजारभन्दा धेरै, स्पेनमा १६ हजारभन्दा धेरै, फ्रान्समा १३ हजारभन्दा धेरै, बेलायतमा झण्डै ९ हजार मानिसको मृत्यु भएको छ ।  ...
मलेसियामा २ हप्ता थपियो ‘लकडाउन’

मलेसियामा २ हप्ता थपियो ‘लकडाउन’

समाचार, संसार
पूर्णपुष्टि, चैत २८ गते । मलेसियामा फेरी दुई हप्ता लकडाउनको समय थपिएको छ । यसअघि १८ मार्चदेखि १४ अप्रिलसम्म तोकेको लकडाउनको अवधि दुई हप्ता थपेको हो । दुई हप्ता थपेर आगामी २८ अप्रिलसम्म लकडाउन कायम रहने भएको छ । कोरोना सङ्क्रमण रोथामका लागि मलेसिया सरकारले मार्च १८ देखि नै लकडाउन जारी गरेको हो । मलेसियामा पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएको छ । लकडाउनको पालना गर्न दूतावासले आग्रह गरेको छ । भने अहिलेसम्म एक नेपालीलाई सङ्क्रमण देखिएको दूतावासले आधिकारीक जानकारी दिएको छ ।...
कोभिड–१९ बाट सक्रमित मध्ये ३ लाख ५५ हजार उपचारपछि निको भए

कोभिड–१९ बाट सक्रमित मध्ये ३ लाख ५५ हजार उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २८ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित भएका मध्ये तीन लाख ५५ हजार छ सय ७१ जना उपचारपछि निको भएका छन् । विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना फैलिँदा १६ लाख दुई हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ११ लाखभन्दा बढीको उपचार भइरहेको छ भने साढे ९५ हजारभन्दा बढीको मृत्यु भईसकेको छ । अहिलेसम्म इटालीमा १८ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा भित्र अमेरिकामा १७ सयभन्दा बढीको मृत्यु भएसँगै साढे १६ हजारभन्दा बढीको मृत्यु भएको छ ।...
कोरोना संक्रमित जेष्ठ नागरिक उपचारपछि घर फर्किए

कोरोना संक्रमित जेष्ठ नागरिक उपचारपछि घर फर्किए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २८ गते ।  कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित एक जेष्ठ नागरिक उपचारपछि निको भएको छ । धेरै बृद्ध एक सय एक वर्षीय जेष्ठ नागरिक उपचारपछि निको भएको हो । बेलायतको वोरसेस्टरशायरका जेष्ठ नागरिक किथ वाट्सन उपचारपछि निको भएको वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । शल्यक्रियाको लागि अल्पताल पुग्दा उनमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो । भाईरस पुष्टि भएपछि केही समयको उपचारपछि किथ निको भएको संचारमाध्यमहरुले जनाएको छ ।...
मुर्कुचिमा भारत बाट आएको १ जना क्वारेन्टाइनमा

मुर्कुचिमा भारत बाट आएको १ जना क्वारेन्टाइनमा

संसार
पूर्णपुष्टि/उदयपुर, चैत्र, १७  रौतामाई गाउँपालिका वडा नं ७ मुर्कुचीमा आज १ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रौतामाई गाउँपालिका वडा नं १ माझखर्कका १ जनालाई क्वारेन्टाइनमा राखिएको हो । उनि भारतबाट १० दिन अगाडी मात्र नेपाल आएको थियो । उनलाई ज्वरो नभएको भएता पनि हल्का रुघा मर्गीको लक्षण देखिएपछि क्वारेन्टाइनमा राखिएको रौतामाई गाउँपालिकाका प्रखुख प्रशासकीय अधिकृत खम्बराज राइले जानकारी दिनुभयो । उनी बिरामी छ भन्ने खबर सुनेपछि पालिकाको पहलमा क्वारेन्टनइनमा ल्याइएको कधिकृत राइले बताउनुभयो । पालिकाले बाहिर बाट आउने मानिसहरुलाई बिषेश निगरानी र उच्चसतर्कता तयारीको लागि वडा नं ७ मुर्कुचीको स्वास्थ्य चौकी र वडा नं २ मा २१ बेड सहितको क्वारेन्टाइन निर्माण गरिसकेको जनाएको छ । पालिकाको ६ नं वडा मा पनि १० बेड सहितको क्वारेन्टाइन निर्माण भइरहेको जनाइएको छ । क्वारेन्टाइनलाई थप व्यवस्थित पार्दै लै...
कोरोना संक्रमित महिलाले जन्माएको जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस

कोरोना संक्रमित महिलाले जन्माएको जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस

समाचार, संसार
पूर्णपुष्टि,चैत्र,१६  विश्वमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा यतिवेला धेरै मानिसहरु यसको विरुद्धमा लड्न तयार हुन परेको अवस्था छ । विश्वभरी धेरै व्यक्तिहरु जटिल अवस्थामा पनि बाँचिरहेको छ । यो अवस्थामा पनि भाइरस सँग लडेर त्यस्ता जटिल व्यक्तिहरुले पनि यसको सामना गर्नु पर्ने अवस्था छ । जस्तो जेष्ठ नागरिक, बच्चा बच्ची, दिर्घ रोगका व्यक्ति तथा गर्ववती महिलाहरुले समते पनि कोरोना सँग जुधेर आफुलाई बचाउनु छ  । त्यस्तै विश्वमा कोरोना फैलिरहेको देश मध्य मेक्सीको पनि एक हो । मेक्सीकोकी एक महिला जब आफु कोरोना सँग लडिरहेकी थिइन र पनि उनिले आफ्ना दुइ सन्तानलाई सकुसल जन्म दिइकी छीन् । उनि गर्ववती अवस्थामा कोरोना भाइरस सँग लडिरहेकी अवस्थामा पनि यस्तो अचम्मको काम गरिन् । यस्तो जटिल समस्यामा रहेकी उनी महिला गर्ववती अवस्थामै पनि भाइरस सँग डलिरहिन । आफ्ना सन्तानलाई जन्म दिइन् ।  कोरोना सँग लड्दै भएपन...
भारतमा कोरोना सङ्क्रमित ३ सय ३० नाघ्यो

भारतमा कोरोना सङ्क्रमित ३ सय ३० नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ९ गते ।  भारतमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमित हुनेको संख्या तीन सय ३० जना नाघेको छ । शनिबार भारतमा नयाँ संक्रमित ५५ जना थपिएपछि सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको हो । पछिल्लो केही दिनदेखि भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । कोरोनाले भारतमा पाँच जनाको मृत्यु भईसकेको छ । भने २३ जना उपचारपछि घर फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा केन्द्र र राज्य स्तरको संस्थामा आइतबार ‘जनता कर्फ्यु’ अर्थात् सबै किसिमका गतिविधिलाई विश्राम दिने कोसिस गरिएको छ । भाइरसको सङ्क्रमण बढ्दै गएपछि आइतबार सबै जनालाई घरमै रहन मोदिले अपिल गरेका छन् ।...