उदयपुरमा एच.पिभि. खोपको सुभारम्भ
पूणपुष्टि, माघ २३ । उदयपुरमा आजदेखी पाठे घरको मुखको क्यान्सर विरुद्धको एच.पिभि. खोप लगाउन सुरु गरिएको छ । बुधबार त्रियुगा नगरपालिका वडा नं. १० बोक्सेस्थित श्री बालमन्दिर माध्यामिक विद्यालयमा एक औपचारिक कार्यक्रमको बिच त्रियुगाका मेयर बसन्त कुमार बस्नेतले खोप अभियानको उद्घाटन गरेसँगै ह्युमन प्यापुला भाईरस विरुद्धको एच.पिभि. खोप लगाउन सुरु गरिएको हो ।
स्वास्थय कार्यालय उदयपुरको अयोजना तथा जिल्ला समन्वय समितको समन्वयमा बालमन्दिर मा.वि. बाट खोप लगाउन सुरु गरिएको हो । बालमन्दिरमा कक्षा ६ देखि १० सम्मका जम्मा २८५ जना छात्रामा खोप लगाउन सुरु गरिएको हो ।
स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाईजर चिरन्जीवी निरौलाका अनुसार आजदेखी सुरु भएको खोप अभियान पहिलो र दोस्रो चरण गरी फागुन ७ गते सम्म संचालन हुनेछ । पहिलो चरणमा त्रियुगा नगरपालिका, बेलका नगरपालका, लिम्चुङबुङ गाउँपालिका र रौतामाई गाउँपालिक...









