Friday, July 10News That Matters

समाचार

त्रिनपा १६ का वडावासीहरुलाई निशुल्क स्वास्थ्य सिविर

त्रिनपा १६ का वडावासीहरुलाई निशुल्क स्वास्थ्य सिविर

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, २५ माघ । त्रियुगा नगरपालिका वडा नं १६ ले वडावासीहरुलाई निशुल्क स्वास्थ्य सिविर प्रदान गरेको छ । शुक्रबार वडाले आयोजना गरेको सिविरमा १५९ जनाले प्रत्यक्ष फाईदा लिए । जस मध्ये १०८ जना महिला र ५१ जना पुरुषहरु रहेका छन् । वडा अध्यक्ष मानवाहादुर राईका अनुसार बिगत देखीनै वडामा निशुल्क स्वास्थ्य सिविर प्रदान गर्दै आएका थिए । यस्ता खाले सिविरहरुले स्थानीय स्तरमै वडावासीहरुलाई पत्यक्ष फाईदा पुग्ने पनि अध्यक्ष राईले जनाए । सिविरले महिला र जेष्ठ नागरिकहरुलाई बढी फाईदा पुगेको छ । वडाको आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित सिविरमा सुगर, ब्लड, युरिन, दम लगायत जेनेरल ओपिडि सँगै भिडियो एक्सरे, इसिजी, ल्याव र निशुल्क औषधी समेत वितरण गरेको थियो । त्रियुगा नगर स्वास्थ्य शाखाको सहयोग र सोम लाईफ कियर एण्ड डाईगनोष्टिक प्रा.लिको प्राविधिक सहयोगमा सिविर संञ्चालन गरिएको थियो । वडा सचिव महेश खनालले स...
रास्वपा उदयपुरको सभापतिमा चित्र बहादुर कार्की

रास्वपा उदयपुरको सभापतिमा चित्र बहादुर कार्की

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर सभापतिमा चित्र बहादुर कार्की चयन भएको छ । २०७९ साल फागुन १३ गते कोशी प्रदेश सदस्य बनेका कार्की लगतार जिल्ला संयोजक हुँदै सभापति बनेको हो । निर्वाचित कार्कीले कोशी प्रदेश समिति, प्रदेश विभागीय प्रमुख , उदयपुर जिल्लाका निर्वाचन क्षेत्र १ र २ समिति सँगै ८ वटै पालिका, पालिका विभागीय प्रमुख तथा सदस्यहरुलाई धन्यवाद समेत व्यक्त गरे । कार्कीले संगठनलाई थप मजबुत सशक्त बनाउने अभियान जारी राख्ने र राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुरलाई जनतामय बनाउने प्रतिवद्धता समेत गरे । कार्की उल्टो मोटरसाईल यात्रिको रुपमा पनि परिचित छ ।...
साझा सेवा घर उदयपुरले गरेको तिन महत्वपूर्ण काम

साझा सेवा घर उदयपुरले गरेको तिन महत्वपूर्ण काम

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ माघ । साझा सेवा घर उदयपुरले तिन ओटा महत्वपूर्ण काम गरेको छ । टेवा नेपालको आर्थिक सहयोगमा पन्चबर्षिय रणनीतिक योजना निर्माण कार्यशाला, प्रशासनिक तथा लेखा ब्यबस्थापन तालिम, संस्थाका सदस्य हरुका लागि संस्थागत बिकास तथा नेत्त्रित्व बिकास तालिम जस्ता महत्वपूर्ण काम गरेको हो । संस्थाकी अध्यक्ष गिता खड्काले मंसिर २५ र २५ गते पन्चबर्षिय रणनीतिक योजना निर्माण कार्यशाला कार्यक्रम, पुष १२, १३ र १४ गते प्रशासनिक तथा लेखा ब्यबस्थापन तालिम र माघ १६ र १७ गते संस्थाका सदस्य हरुका लागि संस्थागत बिकास तथा नेत्त्रित्व बिकास तालिम लिईएको हो ।...
भ्रष्टाचार छानबिन रोकिएको प्रचण्डको आरोप

भ्रष्टाचार छानबिन रोकिएको प्रचण्डको आरोप

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २४ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानबिन अवरुद्ध पारिएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारका मुद्दाहरूलाई मिलाउन र जोगाउन लागिपरेको बताए । "प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै ढुक्कले भनिरहनुभएको छ, प्रचण्ड र रवि वाला सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार बनाउन पर्‍यो," उनले भने । प्रचण्डका अनुसार उनको नेतृत्वको सरकार ढलेसँगै त्रिभुवन विश्वविद्यालयको जग्गा, ललिता निवास प्रकरणको विस्तृत अनुसन्धान, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन र सरकारी जग्गा अतिक्रमणको अनुसन्धान रोकिएको छ । यही कारण कांग्रेस र एमाले गठबन्धनप्रति जनताको मोहभंग सुरु भएको उनको दाबी छ । उनले स्पिनिङ मिलको आइपिओमा नक्कली अडिटक...
मुकुम्लुङमा सरकारले दमन गर्‍यो : प्रचण्ड

मुकुम्लुङमा सरकारले दमन गर्‍यो : प्रचण्ड

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुकुम्लुङ-पाथिभरा क्षेत्रमा सरकारले स्थानीय जनतामाथि वार्ताको बाटो छाडेर दमन गरेको आरोप लगाएका छन् । बिहीबार संसदमा बोल्दै प्रचण्डले त्यस क्षेत्रको संवेदनशीलतालाई बुझेर संवाद र समझदारीको माध्यमबाट समाधान खोज्नुपर्नेमा सरकारले सिधै बल प्रयोग गरेको बताए । "पाथिभरा र मुकुम्लुङको प्रश्न पनि छ । त्यो विवादमा सरकारले सिधैं जनतामाथि बल प्रयोग गर्नुभयो । त्यहाँको संवेदनशीलतालाई बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको बाटो रोज्ने प्रयास गरियो," प्रचण्डले भने । उनले यस्तो दमनात्मक कार्यको गम्भीर प्रतिवाद गर्ने चेतावनी दिए । मुकुम्लुङ-पाथिभरा क्षेत्रमा केही समययता स्थानीय र सरकारबीच विवाद चल्दै आएको छ । तर सरकारले वार्ता र संवादको बाटो रोज्नुको साटो बल प्रयोग गरेर समस्या समाधान गर्न खोजेको प्रचण्डको आरोप छ ।...
नेपालटारमा आज एक दिने कृषि मेला हुदैँ

नेपालटारमा आज एक दिने कृषि मेला हुदैँ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २४ । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ नेपालटार बजारमा आज एक दिने स्थानीय परिकार तथा कृषि प्रदर्शनी मेला हुदैँछ । उदयपुरगढी गाउँपालिका र सहास नेपालको संयुक्त आयोजनामा हुन लागेको मेलामा स्थानीय उत्पादन तथा परम्परागत खाद्य परिकारहरूको प्रदर्शनी गरिने भएको छ । नगर कृषि अधिकृत पारशमणी फुयाँलका अनुसार मेलामा रैथाने बालीका बिउबिजन, स्थानीय स्तरमा उत्पादित ताजा फलफूल तथा तरकारी, मौलिक एवं परम्परागत खाद्य परिकार, घरेलु हस्तकलाका सामान लगायत दैनिक भान्साका लागि आवश्यक विभिन्न सामग्रीहरू प्रदर्शनीमा राखिने छन् । ‘यस मेलाले स्थानीय भण्डारण प्रणालीको महत्व, दैनिक जीवनमा यसको प्रयोग, पोषण व्यवस्थापन र खाद्य सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ, अधिकृत फुयाँलले बताए । आयोजकहरूले मेलामा उदयपुरगढी गाउँपालिकाका स्थानीयसहित छिमेकी त्रियुगा नगरपालिका, कटारी नगरपालिका, रौतामाई...
दाइले छिटो आउनू भनेकै दिन पड्कियो मःम पसल

दाइले छिटो आउनू भनेकै दिन पड्कियो मःम पसल

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २४ । कमलपोखरीस्थित चर्चित ‘कमलपोखरी शान्दार मःम’ पसलमा बिहीबार बिहान भएको ग्याँस सिलिन्डर विस्फोटमा ११ जना कामदार घाइते भएका छन् । घटनामा परी दुई जनाको अवस्था गम्भीर रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । पसलका एक कामदार आर्यन मगरका अनुसार सामान्यतया बिहान १० बजेदेखि सुरु हुने काम त्यस दिन भने पसल सञ्चालकले ग्याँस झार्ने काम रहेको भन्दै छिटै आउन भनेका थिए । उनी पसलबाट कालोपुलतर्फ किमा लिन गएको बेला विस्फोट भएको थियो । ‘अरु दिन त १० बजेदेखि काम हुन्थ्यो । आज दाइले भोलि ग्याँस झार्ने काम छ, अलि छिटो आऊ भन्नुभएको थियो,’ मगरले भने । पसलमा उनीसहित १५ जना कामदार कार्यरत थिए, जसमध्ये एक जना त्यस दिन बिदामा थिए । करिब पौने ९ बजेतिर भएको विस्फोटपछि भवनको सिलिङ ढलान समेत खसेको थियो । घटनास्थलमा खटिएका एक सुरक्षाकर्मीका अनुसार विस्फोटभन्दा पनि ढलान खस्दा बढी मानिसहरू घाइते...
उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २४ । उदयपुरमा लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ४ बगाहाका ३० बर्षीय सरोज कुमार सार्की रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरीको गस्ती टोलीले मंगलबार बजार देखि १७ एम्पुल लागूऔषध र एक थान सिरिन्ज सहित उनलाई पक्राउ गरेको हो । पक्राउ परेका सार्की लागूऔषध सेबनकर्ता र कारोबारी रहेकोे खुल्न आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले उनी विरुद्ध अनुसन्धान सुरु गरेको जनाएको छ ।...
प्रथम त्रियुगा जलजले महोत्सव सुरु

प्रथम त्रियुगा जलजले महोत्सव सुरु

Breaking News 1, समाचार
सुनिल राई, गाईघाट । पूर्णपुष्टि, माघ २३ । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा आजदेखी प्रथम त्रियुगा जलजले महोत्सव २०८१ सुरु भएको छ । बुधबार एक कार्यक्रमको बिच त्रियुगाका मेयर बसन्त कुमार बस्नेतले औपचारिक रुपमा महोत्सवको उद्घाटन गरे सँगै महोत्सव संचालनमा आएको हो । ‘स्वदेशमा शिक्षा, रोजगार, कृषी पर्यटन सँगै स्थानीय व्यवसायी प्रवद्र्धन क्षेत्रमा लगानी’ भन्ने मुल नाराका साथ स्वर्णीम युवा क्लबको आयोजना तथा त्रियुगा नगरपालिकाको संयोजनमा उदयपुर सिमेन्ट उद्योगको खेल मैदानमा आजदेखी महोत्सव सुरु भएको हो । मदन भण्डारी राजमार्ग बनेपछि जलजले बजार दिनदिनै खस्किदैँ गएको र ओझेलमा परेको कारण स्थानिय व्यवसायलाई प्रोत्साहन गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गरेको आयोजकले जनाएको छ ।महोत्सवमा राखिएको स्टलहरुमा थारु, नेवारी लागयतका स्थानिय परिकारहरु रहेको छ । महोत्सव संयोजक रमाकान्त चौधरीका अनुसार हरेक दि...
ब्राउन सुगर सहित उदयपुरका युवक समेत ४ जना पक्राउ

ब्राउन सुगर सहित उदयपुरका युवक समेत ४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २३ । सुनसरीको कोशी गाउँपालिका–१ र भोक्राहा नरसिंह गाउँपालिका–३ स्थितबाट ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी रामधुनी नगरपालिका–३ का २३ वर्षीय मो. जाविर, सप्तरी कन्चनरुप नगरपालिका–७ का २२ वर्षीय बिजय खड्का, सप्तरी हनुमानगर कंकालिनी नगरपालिका–१० का २४ वर्षीय रोहित मण्डल र उदयपुरको रौतामाई–७ का २८ वर्षीय पदम बहादुर मगर रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगकार अनुसार मंगलबार लागूऔषध नियन्त्रण व्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले चेकजाँचको क्रममा उनिहरुलाई लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरीका अनुसार जाविरबाट १ ग्राम १० मिलिग्राम ब्राउन सुगर, खड्काबाट २ ग्राम ६८ मिलिग्राम ब्राउन सुगर र नाइट्राभेट १५ ट्याब्लेट, मण्डलबाट २ ग्राम ४१० मिलिग्राम र मगरबाट २० ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । पक्राउ...