उदयपुरका निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
पूर्णपुष्टि, माघ ७ । निर्माण व्यवसायी संघ उदयपुरले १४ सुत्रीय माग सहितको ज्ञापनपत्र आइतबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । संघका अध्यक्ष कौशल आचार्यको नेतृत्वमा गएको पदाधिकारी र व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेलाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।
ज्ञापनपत्रमा निर्माण कार्य सुरु हुने सिजनमा सिमेन्ट उद्यमीहरूले बिना ठोस कारण गरिरहेको कालोबजारी, सिमेन्ट तथा फलामे डन्डी लगायतका निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धि, भुक्तानी अभाव र सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानुनी जटिलताको विषय समावेश गरिएको छ ।
यसैगरी राष्ट्र बैंकबाट निर्माण व्यवसायीहरूलाई ऋणमा दिइएको सुविधा कटौती, विगतका सहमति कार्यान्वयन र निर्माण आयोग गठन लगायतका १४ बुँदे माग राखिएको छ । व्यवसायीहरूले माघ १५ गतेसम्म सरकारल...








