Friday, July 10News That Matters

समाचार

स्व. लालशेर राई स्मृति मेयरकपको उपाधि बोक्सेलाई

स्व. लालशेर राई स्मृति मेयरकपको उपाधि बोक्सेलाई

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
बिजय कुमार राई उदयपुर,  १७ माघ । जिल्लाको सदरमुकाम गाईघाटमा आयोजित ‘लालशेर राई स्मृति २४ औँ मेयर कप फुटबल प्रतियोगिता २०८१ को उपाधि वडा नं. १० बोक्लेले चुमेको छ । बिहिवार गाईघाटको थरुहट रंगशालामा सम्पन्न फाइनलमा बोक्सेले वडा नं. १२ डिएमगेटलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो हाफको निर्धारीत समय सम्म पनि दुवै टिमबाट कुनै पनि गोल हुन सकेन । दोस्रो हाफको सुरुवती ३७ औँ र ४७ औ मिनेटमा बोक्सेका तर्फबाट जर्सि नं. १० का खेलाडी अर्जुन मगरले व्यत्तिगत २ गोल गर्दै टिमलाई अग्रता दिलाए भने बोक्सेकै अर्का खेलाडि जर्सी नं. १४ का सनम राई र जर्सि नं. ७ का खेलाडि लकि राईले सम्मन १–१ गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाएका थिए । यता वडा नं. १२ को तर्फबाट भने रविसंकर चौधरीले खेलको ६६ औँ मिनटमा १ गोल गरे पनि थप गोल गर्न टिम असफल रह्यो । फाइनल खेलको म्यान अफ द म्याचको उपाधि...
सलहेश युवा क्लब सप्तरी १० औँ नारदमुनी गोल्ड कपको सेमिफाईनलमा

सलहेश युवा क्लब सप्तरी १० औँ नारदमुनी गोल्ड कपको सेमिफाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १७ । सलहेश युवा क्लब सप्तरी १० औँ नारदमुनि थुलुङ स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिहिबार बसाहास्थित नारदमुनि थुलुङ स्मृती रङ्गशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा एलएक्स सिटी फुटबल क्लब मोरङलाई एक गोलको विरुद्ध दुई गोल गर्दै सलहेश युवा क्लब सप्तरी सेमिफाइनलमा प्रवेश गरेको हो । सलहेश युवा क्लबका लागि खेलको २३ औँ मिनेटमा जर्सी नम्बर ७ का विदेशी खेलाडी श्याम मुर्मुले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ४० औँ मिनेटमा जर्सी नम्बर १२ का रोहन कार्कीले गोल गर्दै एलेक्स सिटी फुटबल क्लबलाई खेलमा फर्काए । तर, खेलको ६० औँ मिनेटमा जर्सी नम्बर १७ का मिलन राईले सलहेश युवा क्लबका लागी दोस्रो गरे । यस खेलको म्यान अफ द म्याच जर्सी नम्बर १७ का मिलन राई बने । एलएक्सलाई हराएको सलहेशले यस अघि संकटालाई हराएको बागमतिसँगको सेमिफाईनल भेट पक्का गरेको छ भने भोली न्...
प्रथम त्रियुगा जलजले महोत्सव माघ  २३ देखी, मुख्य प्रायोजक फरमी मोटरर्स

प्रथम त्रियुगा जलजले महोत्सव माघ २३ देखी, मुख्य प्रायोजक फरमी मोटरर्स

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ माघ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ६ मा प्रथम त्रियुगा जलजले महोत्सव हुने भएको छ । जलजल स्थित उदयपुर सिमेन्ट उद्योगको खेल मैदानमा माघ २३ गतेदेखी फागुनको ३ गते सम्म १० दिने महोत्सव लाग्ने भएको हो । । आयोजक स्वर्णीम युवा क्लवले पर्यटन प्रवद्र्धनको निमित्त महोत्सव गर्न लागिएको जनाएको छ । महोत्सव संयोजक रमाकान्त चौधरीका अनुसार राष्ट्रिय ख्याति प्राप्त कलकारहरुको माझमा भव्य महोत्सव हुने छ । त्यस वाहेक कृषि, शिक्षा, रोजगकार र पर्यटन जस्ता क्रियाकलाप र स्टलहरुले पनि महोत्सव आकर्षक बनाउने छ । महोत्सवमा एक सय बढी स्टलहरु राखिने छ । ८० लाख बढी महोत्सव आयोजनाका लागि लगानी लाग्ने आयोजक टिमको अनुमान छ । महोत्सवलाई सह प्रायोजक बन्दीपुर केवुलकारले गरेको छ भने बाँकी खर्च स्थानीय युवा, तथा आयोजक आफैले गर्ने भएको छ । महोत्सवले उठाएको रकमको ४० प्रतिशत जलजले नजिक रहेको पोखरीमा पार्क ...
उदयपुरमा ‘राइड टु कोशी २०८१’: साइकल यात्रा हुने

उदयपुरमा ‘राइड टु कोशी २०८१’: साइकल यात्रा हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १७ । उदयपुर जिल्ला साइक्लिङ संघ र नेपाली सेनाको संयुक्त आयोजनामा फागुन १६ र १७ गते 'राइड टु कोशी २०८१' कार्यक्रम आयोजना हुने भएको छ । पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणको उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा देशभरका ३०० देखि ५०० सम्म साइकल राइडरहरूको सहभागिता रहने आयोजकले जनाएको छ । जिल्ला साइक्लिङ संघका अध्यक्ष माधव बानियाका अनुसार, साइकल यात्रा त्रियुगा नगरपालिकाको गाईघाटबाट सुरु भई बेलटार र रामपुर हुँदै चतरा तथा उदयपुर तर्फको कोशीटप्पुसम्म पुग्नेछ । पहिलो दिनको यात्रा कोशीटप्पुमा सकिने र दोस्रो दिन पुनः गाईघाटमा फर्केर समापन गरिने कार्यक्रम रहेको छ । आयोजकका अनुसार यो कार्यक्रम स्वास्थ्य, फिटनेस र वातावरणीय सचेतना प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । विशेषगरी बढ्दो शहरीकरणले वातावरणमा पारेको नकारात्मक प्रभावबारे जनचेतना जगाउन यो कार्यक्रम महत्वपूर्ण रहने...
ओखलढुंगामा सुमो दुर्घटना हुँदा एकै परिवारका तिन जनाको मृत्यु

ओखलढुंगामा सुमो दुर्घटना हुँदा एकै परिवारका तिन जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १७ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका स्थित भँडारे खोलामा सुमो दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बिहीबार बिहान फेला परेको दुर्घटनाग्रस्त सुमोमा खोटाङबाट उपचारका लागि काठमाडौं जाँदै गरेका बिरामी र उनका आफन्तहरू सवार थिए । जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाका अनुसार दुर्घटनामा बिरामी ५६ वर्षीया माया देवी गुरुङ, उनका २८ वर्षीय छोरा पुजन गुरुङ र ४५ वर्षीया बहिनी तारा गुरुङको घटनास्थलमै मृत्यु भएको हो । खोटाङको केपिलासगढी गाउँपालिकाबाट काठमाडौं जाँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमोमा चालक सहित चार जना मात्र सवार रहेको बताइएको छ । स्थानीयवासीका अनुसार दुर्घटना राति नै भएको हुनसक्ने र बिहान करिब ६स्३० बजे मात्र सुमो दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनापछि सुनसरीको इनरुवा निवासी २२ वर्षीय चालक अनिल पण्डित फरार रहेको प्रहरीले जनाएको छ । जिल्ल...
सामाजिक सञ्जाल विधेयकप्रति प्रेस सेन्टरको आपत्ति

सामाजिक सञ्जाल विधेयकप्रति प्रेस सेन्टरको आपत्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १७ । प्रेस सेन्टर नेपालले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन तथा नियमन सम्बन्धी विधेयकको विभिन्न प्रावधानहरूप्रति गम्भीर आपत्ति जनाएको छ । केन्द्रका अनुसार विधेयकमा समाविष्ट प्रावधानहरूले नागरिकको संवैधानिक अधिकार र प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुर्‍याउने देखिन्छ । विशेषगरी विधेयकको परिभाषा खण्डमा प्रयोग गरिएको अमूर्त भाषा र फौजदारी अभियोग आकर्षित हुने खालका प्रावधानहरू संविधानको धारा १७ (२)(क) मा उल्लेखित विचार र अभिव्यक्ति स्वतन्त्रताको विपरीत रहेको केन्द्रको ठहर छ । सरकारले विधेयक तयार गर्दा सरोकारवालाहरूसँग कुनै परामर्श नगरेको र मन्त्रिपरिषद्बाट पारित भएपछि पनि करिब एक हप्तासम्म गोप्य राखेको विषयलाई लिएर पनि प्रेस सेन्टरले आपत्ति जनाएको छ । केन्द्रले यो विधेयक तत्काल फिर्ता लिई पुनरावलोकन गर्न माग गरेको छ । यदि माग पूरा नभए आन्दोलनमा ...
सहिद दिवसमा एकीकृत समाजवादी युवा संघ उदयपुरको दिप प्रज्वलन

सहिद दिवसमा एकीकृत समाजवादी युवा संघ उदयपुरको दिप प्रज्वलन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी युवा संघ उदयपुरले सहिद दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ । बुधबार साँझ गाईघाटको मेनचोक स्थित दिप प्रज्वलन गरी सहित दिवस मनाएको थियो । पार्टी केन्द्रीय सदस्य सुनिता चौधरी सहित केन्द्रीय अनुसासन आयोगका सदस्यज कुमार राई युवा संघका संयोजक मिन बहादुर खत्री र सहसंयोजक अनमोल दनुवार, उदयपुर जिल्ला सचिव राजेश दनुवार लगायत युवाहरुको उपस्थितिमा दिप प्रज्वलन कार्यक्रममा गरिएको थियो । संघका सचिव राजेश दानुवारका अनुसार देशमा शान्ति प्राप्तीका लागि लड्दै गर्दा आफ्नो ज्यान सुम्पीएका सदिहरुको सम्झनामा दिप प्रज्वलन गरिएको जनाए । सहिदहरुमा शान्ति र स्वर्गवासको कामना गर्दै एक मिनेट मौनधारण समेत गरेको थियो । दिप प्रज्वलन गर्दै सहिदहरुको योगदानलाई कदर गर्ने र उनिहरुको सपना साकार पार्न सँधै युवाहरु लडिरहने जनाइएको छ ।...
झापा १० औँ नारदमुनी गोल्ड कपको सेमिफाइनलमा

झापा १० औँ नारदमुनी गोल्ड कपको सेमिफाइनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १६ । झापा ११ फुटबल क्लब १० औँ नारदमुनि थुलुङ स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । बुधबार चौदण्डिगढी नगरपालिका बसाहास्थित नारदमुनि थुलुङ रंगशालामा भएको दोस्रो क्वाटर फाईनल खेलमा आयोजक बसाहा क्लबलाई शून्यको विरुद्ध एक गोल गर्दै झापा सेमीफाइनलमा प्रवेश गरेको हो । झापाका लागि जर्सी नम्बर १८ का (कप्तान) पेमा तामाङले ७९ औँ मिनेटमा गोल गरे । उनले गरेको गोल नै जितका लागि निर्णायक गोल बन्यो । भोली हुने तेस्रो क्वाटर फाईनल खेल सलहेश युवा क्लब (सिराहा) र एलएक्स सिटी फुटबल क्लब (मोरङ्ग) बिच हुनेछ । भोली हुने तेस्रो क्वाटर फाईनलको विजेताले बागमति युवा क्लब (सर्लाही) सँग सेमिफाईनल खेल्नेछ भने न्यु त्रियुगा स्पोर्टस क्लब (सप्तरी) र एभरेष्ट फुटबल क्लब (सुनसरी) बिचको चौँथो क्वाटरफाईनलको विजेताले झापासँग सेमिफाईनल खेल्नेछ । उपाधि विजेताले नगद रु. ५ लाख सहित ट्रफी...
सामाजिक सञ्जाल विधेयकप्रति पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको आपत्ति

सामाजिक सञ्जाल विधेयकप्रति पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको आपत्ति

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १६ । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयकको प्रावधानप्रति गम्भीर आपत्ति जनाएको छ । समितिले आज जारी गरेको विज्ञप्तिमा विधेयकका केही प्रावधानहरू संविधानप्रदत्त मौलिक हक विपरीत रहेको जनाएको छ । विज्ञप्तिमा सामाजिक सञ्जालको नियमन आवश्यक भए पनि नियमनका नाममा प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक जस्ता मौलिक अधिकार कुण्ठित हुने गरी कानुन बनाउन नहुने बताइएको छ । विधेयकमा सार्वजनिक सरोकारका विषय र सार्वजनिक पद धारण गरेका व्यक्तिका विषयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्न प्रतिबन्ध लगाउने प्रावधान राखिएको छ । साथै समाचार प्रकाशन तथा प्रसारण गरेर सामाजिक सञ्जालमा पोष्ट गरेको अवस्थामा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई फौजदारी कसुर लाग्ने व्यवस्था गरिएको छ । म...
अमेरिकाबाट १३ सय नेपालीसहित १४ लाख विदेशी निष्कासन गरिने

अमेरिकाबाट १३ सय नेपालीसहित १४ लाख विदेशी निष्कासन गरिने

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरुको सामूहिक निष्कासन अभियान सुरु गरेका छन् । अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १ हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना विदेशी नागरिकलाई अमेरिकाबाट निष्कासन गरिने भएको छ । निष्कासनमा पर्नेहरुमा होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना रहेका छन् । एसियाली मुलुकहरुमध्ये चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना नागरिक पनि निष्कासनमा पर्ने देखिएको छ । राष्ट्रपति ट्रम्पले शपथ ग्रहण गरेलगत्तै अवैध आप्रवासीहरुको निष्कासनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यससँगै अमेरिकी इतिहासकै सबैभन्दा ठूलो सामूहिक निर्वासन अभियान सुरु भएको हो । अध्यागमन कार्यालयले निष्कासनमा पर्ने व्यक्तिहरुको विवरण सार्व...