जापानिज (इन्सेफलाइटिस) रोग सँग लडिरहेका छोरालाई बचाईदिन परिवारको आग्रह
पूर्णपुष्टि, १४ असोज ।
बेलका नगरपालिका ६ घर भएका १४ बर्षिय सायल राई ४७ दिन देखी जापानिज (इन्सेप्लाईटिस) रोग सँग लडिरहेको छ । बेलका नगरपालिकाको जडाहा स्थित बेलका बोर्डिङ कक्षा ६ मा अध्यानरत सायल यतिवेला रोग सँगको कष्टकर जुधाईमा छ । सायलको उपचारको लागि परिवारले १६ लाख बढी खर्चिसकेको छ । ४७ दिन देखी बिराट टिचिङ हस्पिटलको भेण्डीलेटरमा राखेर उपचार गराईरहेको सायललाई थप उपचार अघि बढाउन आर्थिक समस्या परेको भन्दै परिवारले उपचारमा सघाउन सबैसामु सहयोगको अपिल गरेको छ ।
जापानिज (इन्सेप्लाईटिस) रोग तथा मतिष्क टिबी रोगले ग्रसित सायलको उपचार सुरुवातदेखीनै भेण्डीलेटरमा राखेर भैरहेको परिवारले जनाए । सायलको काका राज कुमार राईका अनुसार बिरामीको उपचारमा औषधी बाहेक १६ लाख खर्च भैसकेको र थप उपचारको लागि परिवारमा आर्थिक स्रोत नभएकाले सहयोगको अपिल गर्नु परहेको हो ।
हस्पिटलले बिरामीको रोग प्रतिरोधात्मक क्...









