Friday, May 1News That Matters

समाचार

भारतमा खेल जित्ने खेलाडीहरुलाई चौदण्डीगढीकाे सम्मान

Breaking News 2, खेलकुद, भिडियो, समाचार
https://youtu.be/i0fJkTgp8k4 पूर्णपुष्टी/उदयपुर, माघ १२। भारतको कालिम्पोङमा आयोजित द थर्ड कालिम्पोङ इन्टरनेसनल च्याम्पियनसिप २०२५ मा नेपालको तर्फबाट सहभागी भई हुन्छस् केजी समूहको क्युरुङ्गी विधामा स्वर्ण पदक जितेर देश जिल्ला अनि  नगरपालिकाको नाम उच्च बनाउने खेलाडी सुहाना राईलाई गृहपालिका चौदण्डीगढी नगरपालिकामा सम्मान मिलेको छ । त्यस्तै सोही खेलको under 15 समूह मा  स्वर्ण पदक विजेता खेलाडी सन्दिप शाह, सोही खेलको अन्डर ३८ समूहमा रजत पदक विजेता खेलाडी बिपना राई र खेल प्रशिक्षक यशव राई ले पनि सम्मान पाएका छन्। उनीहरूलाई मेयर कालुमान लामा प्रमुख प्रशासकीय अधिकृत काजीमान राई लगायत बाट प्रमाणपत्र खाँदा सहित सम्मान मिलेको हो । शिक्षा युवा तथा खेलकुद शाखा चौदण्डीगढी नगरपालिका उदयपुरले आज खेलाडी सम्मान कार्यक्रम आयोजना गरेको हो ।...
सामाजिक संञ्जालमा भ्रम फैलाएको भन्दै नेकपाका उम्मेदवार बलदेव चौधरीले गरे पत्रकार सम्मेलन

सामाजिक संञ्जालमा भ्रम फैलाएको भन्दै नेकपाका उम्मेदवार बलदेव चौधरीले गरे पत्रकार सम्मेलन

Breaking News 2, समाचार
गाईघाट÷पूर्णपुष्टि, माघ १३ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फ बाट उदयपुरको क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका बलदेव चौधरीले सामाजिक संञ्जालमा आफ्नो बारेमा भ्रम फैलाएको भन्दै पत्रकार सम्मेलन गरेका छन् । मंगलबार त्रि.न.पा. १२ स्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै मोटिभेट न्युज र हाम्रो उदयपुरले फेसबुक रिललगायतका सामाजिक संञ्जाल बाट तथ्यहीन भ्रामक तथा मन गणन्ते सामग्री उत्पादन तथा सार्वजनिक गरी मतदाता भ्रमित गर्ने जनमतलाई प्रभावित पार्ने र आफ्नो उम्मेदवारी विरुद्ध गलत प्रचार गर्ने कार्य गरेको प्रति गम्भीर ध्यान आकर्षण भएको बताएका छन् । निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार होे । यस्तो संवेदनशील समयमा जिम्मेवार नागरिक र सञ्चार माध्यमले सत्य, तथ्य र मर्यादित अभिव्यक्ति अपनाउनु पर्नेमा उल्टै भ्रम फैलाउने, तरित्रहत्या गर्ने र जनमतलाई गलत दिशामा लैजाने कार्य लो...
उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १२ । उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ता स्थितबाट प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ बस्ने २६ बर्षीय सविन राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डएसपी) केदारमान दोङका अनुसार आइतबार ३ बजेको समयमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लाहानबाट गाईघाटतर्फ आउदै गरेको बा ९५ प ६२९१ नं. को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा चालक राईको साथबाट लागुऔषध फेला परेको हो । राईको साथबाट डाइजेपाम–५० एम्पुल, फेनारगन–५० एम्पुल, ब्रुपिनोर्फिन–५० एम्पुल गरी जम्मा १५० एम्पुल लागू औषध र २ थान सिरिन्ज बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
नेपाली कम्युनिस्ट पार्टीद्वारा ७ जना निष्कासन

नेपाली कम्युनिस्ट पार्टीद्वारा ७ जना निष्कासन

Breaking News 2, राजनीति, समाचार
उदयपुर, १० माघ २०८२ । <span;>नेपाली कम्युनिस्ट पार्टीले निर्णय विपरीत उम्मेदवारी दिएको भन्दै सात जनालाई आज कारबाही गरेको छ। <span;>कारबाही गरिएकोमा पार्टीका पुराना र ठूला नेताहरूसमेत छन् । <span;>कारबाही पर्नेमा प्रस्तावक समर्थकसमेत रहेका छन् । उनीहरू चार जिल्लाका हुन्। सिन्धुलीका दुईजना, दाङका एकजना, उदयपुरका एकजना र सिराहाका तीनजना रहेका छन् । सिन्धुलीका हरिबोल गजुरेल र महेश्वर दाहाल रहेका छन् । उनीहरू दुवै केन्द्रीय सदस्य हुन् । सिन्धुलीको क्षेत्र नम्बर २ बाट दाहालले उम्मेदवारी दिएका थिए भने गजुरेल प्रस्तावक बसेको थिए । निष्कासित हुने अन्यमा उदयपुरका मेजर राई, दाङका कुलप्रसाद केसी र सिरहाका धर्मनाथ शाह, राजकुमारी शाह र जीवछ शाह रहेका छन् । स्थानीय तहमा लिम्चुङबुङ गाउँपालिकाबाट दुईपटक निर्वाचन जितेका मेजर राईले उदयपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए। यसअघि...
उदयपुरमा दुई स्वतन्त्र उम्मेदवार, जसले चुनावचिन्ह एकले लिए मुढा, अर्कोले लिए भगेँरा

उदयपुरमा दुई स्वतन्त्र उम्मेदवार, जसले चुनावचिन्ह एकले लिए मुढा, अर्कोले लिए भगेँरा

Breaking News 1, Breaking News 3, राजनीति, समाचार
९ माघ, २०८२ । उदयपुर उदयपुरको दुई स्वतन्त्र उम्मेदवार मध्ये क्षेत्र नं. १ का देवराज रोकाले चुनावचिन्ह मुढा लिएका छन् भने क्षेत्र नं. २ का मेजरकुमार राईले चुनावचिन्ह भगेँरा लिएका छन् । चुनावचिन्ह प्राप्त गरेसंगै दुबै क्षेत्रका स्वतन्त्र उम्मेदवारले बलियो दावेदारी देखाएका छन् । क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएका थिए । स्वतन्त्र बाहेकका दलहरुले साविककै चुनावचिन्ह पाएका छन् । क्षेत्र ं. २ मा एक स्वतन्त्रसहित १३ जनाले उम्मेदावारी दिएका थिए । अन्य १२ दलले साविककै चुनावचिन्ह पाएका छन् । राजनीतिक अर्थशास्त्रमा पिएचडी गरेका डा. रोका एमाले निकट मानिन्छन् । नेकपा माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिकाको स्थानीय तहको निर्वाचन दुईपटक जितेका राई कार्यकाल बाँकी हुँदै राजिनामा दिएर चुनावमा होमिएका हुन् ।...
उदयपुरका दुई निर्वाचन क्षेत्रका ३१ जना उम्मेदवार कसैले पनि मनोनयन फिर्ता गरेनन्,  दुई स्वतन्त्र कायमै

उदयपुरका दुई निर्वाचन क्षेत्रका ३१ जना उम्मेदवार कसैले पनि मनोनयन फिर्ता गरेनन्, दुई स्वतन्त्र कायमै

Breaking News 2, राजनीति, समाचार
९ माघ, २०८२ । उदयपुर संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गरेका उदयपुरका उम्मेदवारहरु कसैले पनि फिर्ता लिएनन् । निर्वाचन अयोागले उम्मेदवारहरुलाई आज दिउसो १ बजेसम्म मनोनयन फिर्ता लिने समय तालिका दिइएको थियो । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययले दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा कसैले पनि उम्मेदवारी फिर्ता नगरेको जानकार दिए । क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएका थिए भने २ मा एक स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दिएका थिए । दुबै निर्वाचन अधिकृतको कार्यालयहरुले दिउसो १ बजे निर्वाचन कार्यक्रम तालिका अनुसार उम्मेदवार अन्तिम नामावली प्रकाशित गरी कसै उम्मेदवारले मनोनयन फिर्ता नगरेको जानकारी सार्वजनिक गरेको छ । दुई स्वतन्त्र चुनावी मैदानमा कायम उदयपुरको दुई निर्वाचन क्षेत्रमा दुईजना स्वतन्त्र उम्मेदवार देखिएका छन् । दुई निर्वाचन क्षेत्रमा ए...
याे चुनाव मैलै जित्नैपर्छ : सुरेशकुमार राइ (हिमाल) – खबरस‍वाद

याे चुनाव मैलै जित्नैपर्छ : सुरेशकुमार राइ (हिमाल) – खबरस‍वाद

Breaking News 1, Breaking News 3, Breaking News Video, भिडियो, राजनीति, समाचार
https://youtu.be/X_MLR95ej3Q?si=KyTkXExVftoXe3am पूर्णपुष्टि/उदयपुर, माघ ८ ।