Saturday, August 29News That Matters

समाचार

विश्वमा कोरोना संक्रमित ४० लाख बढी

विश्वमा कोरोना संक्रमित ४० लाख बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २७ गते । विश्वमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । दुई सय १२ देश र दुईवटा अन्तर्राष्ट्रिय पानीजहाजमा अहिलेसम्म ४० लाख १० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । उक्त संख्यामध्ये १३ लाख ८२ हजार भन्दा बढी निको भएको जनाएको छ । कोरोनाका कारण अहिलेसम्म २ लाख ७५ हजारभन्दा बढीको मृत्यु भईसकेको जनाईएको छ । गत पछिल्लो २४ घण्टामा विभिन्न देशमा गरि ५ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म १३ लाख २० हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने ७८ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा ३१ हजारभन्दा बढी र इटालीमा ३० हजारभन्दा बढीको मृत्यु भएको जनाईएको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या साढे ५९ हजार नाघेको छ । अहिलेसम्म १ हजार ९ सय ८५ जनाको मृत्यु भईसकेको जनाईएको छ । १७ हजार ८ सय ८७ जना भने निको भएका छन् ।...
बस्तुस्थिति बुझ्न प्रदेश प्रहरी प्रमुख कार्की, उदयपुरमा

बस्तुस्थिति बुझ्न प्रदेश प्रहरी प्रमुख कार्की, उदयपुरमा

समाचार
पूर्णपुष्टि, वैशाख २६ । १ नंं प्रदेश प्रहरी प्रमुख इश्वरबाबु कार्कीले देशकै सबैभन्दा बढि संक्रमित २८ जना भेटिएको उदयपुर जिल्लामा खटिएका प्रहरीहरुलाई आज भेट गरी कामप्रति थप जिम्मेवार र कर्तब्यनिष्ट बन्न प्रोत्साहित गर्नुभएको छ । उहाँले जिल्ला प्रहरी कार्यालय उदयपुरको भ्रमणसहित निर्देशन गर्दै प्रहरीलाई काममा प्रोत्साहित गर्नुभएको हो । जिल्लाको वस्तुस्थिति बुभ्mदै प्रहरीको मनोवल उच्च बनाउन दिउसो आउनु भएका प्रदेश प्रहरी प्रमुख कार्की भ्रमण तथा निर्देशन पछि आजै फर्कनु भएको छ । जिल्लाको वस्तुस्थितिको बारेमा जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिनुभएको थियो । प्रदेश प्रहरी प्रमुख कार्की र प्रमुख जिल्ला अधिकारी दिपक पहाडीबीच पनि भेट भएको थियो ।  ...
उपचारपछि फर्किएकी राेशना, गाउँ नजिकैकाे क्वारेन्टाइनमा

उपचारपछि फर्किएकी राेशना, गाउँ नजिकैकाे क्वारेन्टाइनमा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २६ । उदयपुरको भुल्केकी कोरोना संक्रमित रोसना खातुन उपचारपछि आज फर्केर गाउँ नजिकैको क्वारेन्टाइनमा बस्नु भएको छ । ५१ वर्षिया खातुन विराटनगर स्थित कोशी कोरोना हस्पिटलमा उपचारपछि ठिक भएर फर्किनु भएको हो । गाउँ फर्किए पनि सिधै घर जान नमिल्ने, कोरेन्टाइनमा बसेर पुनः परिक्षणपछि रिपोर्ट नेगेटिभ आएपछि मात्र घर जान पाउने प्रक्रिया छ । सोही अनुरुप गाउँ नजिकैको मोतिगडा क्वारेन्टाइनमा उहाँलाई राखिएको छ । आज सो हस्पिटलबाट टिस्चार्ज हुने आठ जना मध्ये उहाँ एक महिला हुनुहुन्छ । अन्य डिस्चार्ज हुने भुल्केका २० वर्षिय आजाद आलम, १८ वर्षिय मो. इरजाम अमम्मद, १८ वर्षिय परवेज आलाम, ४१ वर्षिय मुख्तार मिया, मोरनका ७२ वर्षिय अइनुन मिया, ६० वर्षिय इस्राइल मिया र एक भारतीय नागरिक मो. आदिललाई भने विराटनगरस्थित मस्जिद कोरोन्टाइनमै राखिएका छन् ।...
हामी सचेत भए कोरोना सर्ने सम्भावना कम हुन्छ : सभापती बस्नेत -भिडियाे अन्तरवार्तासहित

हामी सचेत भए कोरोना सर्ने सम्भावना कम हुन्छ : सभापती बस्नेत -भिडियाे अन्तरवार्तासहित

समाचार
पूर्णपुष्टि, बैशाख २६ गते ।  रेडक्रस सोसाईटी उदयपुरका सभापति विनोद बस्नेतले सरसफाईमा विशेष ध्यान दिनु पर्ने र हामी सचेत भए कोरोना भाईरस सर्ने सम्भावना कम हुने बताउनुभएको छ । मान्छेबाट मान्छेमा सर्ने भएकाले सामाजीक दुरी र सरसफाई नै अचुक उपाए रहेको सभापति बस्नेतले बताउनुभएको हो । तत्काल सरकारले गरेको लकडाउन वषौँसम्म पालना गरेर हिड्नु पर्ने सभापति बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो “सरकारले कोरोना महामारी साम्य भएको घोषणा गरेपनि लकडाउनको पूर्ण पालना गर्नु पर्दछ ।, सामाजीक दुरी र लकडाउन बाहेक विकल्प छैन ।” भुल्केबासीले दिएको पैसासमेत पसलेहरुले नलिने गरेको छ । एक्कासी नयाँ विपद् आईलागेपछि नागरिकहरु त्रासित भएको सभापती बस्नेतले बताउनुभयो ।  गोजीमा पैसा भएपनि महामारीले गर्दा खाद्यवस्तु खरिद गर्न नसकिराखेको उहाँले बताउनुभयो । भुकम्प, बाढी, पहिरो, आगलागी जस्ता विपद्को सामाना गर्दै आएक...
उदयपुरका पत्रकारहरूलाइ पिपिइ सेटसहित स्वास्थ्य सामग्री प्राप्त

उदयपुरका पत्रकारहरूलाइ पिपिइ सेटसहित स्वास्थ्य सामग्री प्राप्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २६ नेपाल पत्रकार महासंघ उदयपुरलाई रोटरी क्लव अफ गंगबुले १५ सेट पिपिइ सेटसहित स्वास्थ्य सामग्री आज उपलब्ध गराएको छ । महासंघ शाखा कार्यालयमा क्लवका अध्यक्ष महेश बस्नेतलगायतको टोलीले सामग्री उपलब्ध गराएका हुन् । रोटरीले १ हजार थान मास्क, एकसय जोर पञ्जा र ५० थान सेनिटाइजरसमेत उपलब्ध गराएको हो । नेपालकै सबैभन्दा बढि कोरोना संक्रमित भेटिएको उदयपुरको भुल्के क्षेत्रमा जोखिम मोलेर काम गरिरहेका पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै पिपिइ सेट तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको क्लवका अध्यक्ष बस्नेतले बताउनुभयो । महासंघ शाखा अध्यक्ष भरत खड्काले क्लव र त्यसका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । अध्यक्ष ख्ड्काले जोखिम क्षेत्रमा अग्रपंतीमा खटिने पत्रकारहरूलाइ उपलब्ध सामग्री उपलब्ध गराउने बताउनुभयो । त्यसैगरी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष...
नेपालमा ३० जना कोरोना संक्रमित उपचारपछि निको भए

नेपालमा ३० जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २६ गते । आज विराटनगरको कोशि अस्प्तालबाट ८ जना डिस्चार्ज भएपछि नेपालमा डिस्चार्ज हुनेको संख्या ३० पुगेको छ । अहिले रुपन्देहीमा ३ जना, नेपालगंजमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, विरगंजमा २६ जना र विराटनगरमा १७ जना बिरामीहरुको उपचार भइराखेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, वाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परिसकेका छन् । अहिलेसम्म १५ हजार ६ सय २४ जना क्वरेन्टीनमा रहेका छन् । यसमध्ये प्रदेश १ मा १ हजार ६ सय ४५ जना, प्रदेश २ मा १ हजार २ सय ९१जना, वाग्मती प्रदेशमा २ सय ७२ जना, गण्डकी प्रदेशमा ५ सय ११ जना, प्रदेश ५ मा ५ हजार ८ सय ७ जना, कर्णाली प्रदेशमा २ हजार ७ सय ५ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९३जना क्वरेन्टीनमा रेका छन...
चिनियाँ प्रदर्शनकारी र प्रहरी विच झडप हुदा डीएसपीसहित केही घाइते

चिनियाँ प्रदर्शनकारी र प्रहरी विच झडप हुदा डीएसपीसहित केही घाइते

समाचार
पूर्णपुष्टि, बैशाख २६ गते ।  लकडाउनको उल्लंघन गर्दै सिंहदरबारको निषेधित क्षेत्र तोडेपछि चिनियाँ प्रदर्शनकारी र प्रहरी विच झडप हुदा प्रहरी डिएसपीसहित केहि प्रहरी र प्रदर्शनकारी घाईते भएका छन् । आफ्नो देश फर्कन पाउनु पर्ने मागसहित चिनियाँ नागरिकले सिंहदरबारको मूल गेटमा प्रदर्शन गरेको थियो । करिब ५० जनाको संख्यामा प्रदर्शनमा निस्केका चिनियाँले निषेधित क्षेत्र तोडेको र लकडाउनको उल्लंघन गरेको भन्दै प्रहरीले बल प्रयोग गरेपछि झडप भएको थियो । झडपमा सिंहदरबार प्रभागका डीएसपी हरिबहादुर बस्नेत घाइते भएको हो । केही चिनियाँ पनि घाइते भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । दिउँसो उनीहरु प्रधानमन्त्री निवास बालुवाटार प्रदर्शनको लागि गएकोमा प्रहरीले भगाएको थियो । अहिले उनीहरु सबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।...
खाद्यान्न र किराना पसलको अनुगमन

खाद्यान्न र किराना पसलको अनुगमन

समाचार
मिलन परियार लिम्चुङ्बुङ, बैशाख २६ गते ।  लिम्चुङ्बुङ गाउँपालिका भित्र रहका खाद्यान्न तथा किराना पसलको पालिकाले अनुगमन गरेको छ । कोरोना भाईरसको महामारी फैलिएको बेला कालाबजारी भएको गुनासो आएपछि गाउँपालिकाकी उपाध्यक्ष रमिला राईको संयोजकत्वको अनुगमन टोलीले पसलको अनुगमन गरेको हो । पालिकाको १ न. वडाको बास्बोटे, २ न. वडाको ताम्लिछा र ५ न. वडाको जाँतेमा रहेको खाद्यान्न तथा किराना पसलमा दाल, चालम नुन, बिस्कुट, चाउचाउ, तेल, पिय पदार्थ लगायतका खाद्यवस्तुको बिक्री मूल्य र म्याद सकिएका सामानहरुकोसमेत अनुगमन गरिएको  समितिका संयोजक राईले बताईन् । अनुगमनमा कालाबजारी गरेको नपाईएको र म्यान नाघेका खाद्यवस्तु नपाईएको संयोजक राईले बताईन् । बाँकी वडाका पसलहरुको अनुगमन गर्ने उले बताईन् । दर्ता नगरी संचालन गरेको पसलहरुलाई दर्ता गरेर ब्याबसाय गर्न समेत प्रोत्साहित गरेको बताईन् । लकडाउनका कारण सामान ढु...
नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०२ पुग्यो

नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०२ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २६ गते ।  नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालगञ्जमा थपिएपछि नेपालका कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।
जंगली च्याउ खाएर बिरामी भएकी महिलाको मृत्यु

जंगली च्याउ खाएर बिरामी भएकी महिलाको मृत्यु

समाचार
संखुवासभा,  बैशाख २६ गते । जंगली च्याउ खाएर बिरामी भएकी संखुवासभाको सभापोखरीकी एक महिलाको मृत्यु भएको छ । सभापोखरी गाउँपालिका–२ की २४ बर्षीया मनिला राईको उपचारको क्रममा मृत्यु भएको हो । गत २० गते बेलुका जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि दुई घर परिवारका ६ जना बिरामी भएको थियो । उनीहरुको उपचारको लागी जिल्ला अस्पताल खाँदवारी लगिएको थियो । उपचार गराई अस्पतालबाट डिस्चार्ज भएर घर गएका मध्ये मृतक मनिला र २४ बर्षीया अनिता राईलाई पुन श्वास प्रश्वासमा समस्या देखिएपछी उपचारको लागी जिल्ला अस्पताल लगिएको थियो । अस्पतालबाट थप उचारको लागी मनिलालाई बिराटनगरको नोबेल अस्पताल पठाईएकोमा  उपचारको क्रममा आज बिहान साँढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...