Thursday, August 27News That Matters

समाचार

आज धेरै ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना

आज धेरै ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, बैशाख २१ गते । आज देशको धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभिन्न प्रणाली सक्रिय भएकाले मंगलबारसम्म देशैभरका मौसम कम खुल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी राति पनि केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । आजको भन्दा सोमबार र मंगलबार धेरै बदली हुने संभावना रहेको महाशाखाले जनाएको छ ।...
रौतामाईमा १६ र उदयपुरगढी गापामा ५ जनाको आरडिटि परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

रौतामाईमा १६ र उदयपुरगढी गापामा ५ जनाको आरडिटि परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २० । उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुची (राजाबास) स्थित क्वारेन्टाइनमा रहेका १६ जनाको आज भएको आरडिटी टेस्टमा सबैको नेगेटिभ रिपोर्ट आएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदी नेतृत्वको स्वास्थ्यकर्मी टोलीले गरेको आरडिटी परिक्षणबाट उनीहरुको रिपोर्ट नेगेटिभ आएको पालिकका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयो । सोही क्वारेन्टाइनमा एक युवाले विहिबार राती झुण्डिएर आत्महत्या गरेका थिए । उनीहरुले क्वारेन्टाइनमा बस्ने अवधि पुरा गरेपछि आरडीटी परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएपछि सबैलाई घर पठाइएको अध्यक्ष खड्काले बताउनुभयो । उनीहरु सबै वडा नं. ७ कै रहेका थिए । अव मुर्कुचीको क्वारेन्टाइनमा ३४ जना बाँकी रहेका छन् । उनीहरु पोखराको धान्द्रुकमा मजदुरी काममा गएर गाउँ फर्केकाहरु हुन् । जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले उदयपुरगढी गाउँपालिकामा विदेशबाट आएका प...
उदयपुरमा संक्रमितको संख्या नथपिदा जनजीवन सामान्य बन्दै, लकडाउन कडाइ कायमै

उदयपुरमा संक्रमितको संख्या नथपिदा जनजीवन सामान्य बन्दै, लकडाउन कडाइ कायमै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २० । उदयपुरको भुल्केमा कोरोना संक्रमितको संख्या २८ जनामा थप अरु नबढेपछि त्रसित जनजीवन केही सामान्य बन्दै गएको छ । भुल्केमा २८ जना संक्रमित पुष्टि भएपछि त्रसित बनेको उदयपुरको जनजीवन आज दशौंदिनसम्ममा नथपिएपछि त्रसित जनजीवन सामान्य बन्दै गएको हो । भुल्केमा पहिलोपटक वैशाख ५ गते एकैसाथ १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलीपल्ट थप एकजनामा पुष्टि भएको थियो । त्यसपछि त्रसित बनेको जनजीवन वैशाख ९ गते थप त्रसित बनेका थिए । ९ गते थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलीपल्ट वैशाख १० गते थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २८ पुगेको थियो । यसले जनजीवन त्रसित बनेको थियो । २८ जना संक्रमित फेला पर्दासम्ममा भुल्केमा ३ सय ३७ जनाको स्वाव परिक्षण भएको थियो । त्यसपछि संक्रमितहरुको ट्रेसिङ एड्रेसको आधारमा अर्थात संक्रमितहरुको ...
कोरोनाको गम्भीर बिरामीको सख्या घट्दो

कोरोनाको गम्भीर बिरामीको सख्या घट्दो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २० गते ।  कोरोना भाइरस (कोभिड १९) को संक्रमणका गम्भिर प्रकृतिका विरामीको संख्या घट्न थालेको छ । उपचार गराइरहेका मध्ये ३ प्रतिशतको स्वास्थ्य अवस्था गम्भीर रहँदै आएकोमा अहिले २ प्रतिशतभन्दा केही बढी मात्र गम्भीर रहेको वल्डोमिटरले जनाएको छ । अहिले २० लाख ३७ हजारभन्दा बढी संक्रमितले उपचार गराईरहेको छ । उक्त संख्यामध्ये ५१ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ । विश्वभर कोरोना संक्रमितको संखया ३४ लाख २२ हजारभन्दा बढी छ । उनीहरुमध्ये १० लाख ९३ हजारभन्दा बढी उपचारपछि निको भएका छन् भने दुई लाख ४० हजारभन्दा बढीको मृत्यु भएको  छ ।...
युवाले आत्महत्या गरेपछि क्वारेन्टाइनमा मनाेविमर्श सेवा दिन सुरू

युवाले आत्महत्या गरेपछि क्वारेन्टाइनमा मनाेविमर्श सेवा दिन सुरू

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २० । क्वारेन्टाइनमा बसेका उदयपुरका एक युवाले आत्महत्या गरेपछि क्वारेन्टाइनमा बस्नेहरुका लागि मनोपरामर्शको खाँचो देखिएको छ । रौतामाई गाउँपालिकाको वडा नं. ७ राजाबास (मुर्कुची) स्थित क्वारेन्टाइनमा एक युवाले हिजो झण्डिएर आत्महत्या गरेका थिए । श्रीमतीसंगै छुट्टै कोठामा बसेका युवाले राती आत्महत्या गरेका थिए । युवाले आत्महत्या गर्नुको कारण थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । तथापी अहिलेको अवस्थामा क्वारेन्टाइनमा बस्नेहरुका लागि मनोपरामर्शको जरुरी देखिएको छ । क्वारेन्टाइनमा बसिरहदा एकाग्र हुने, बाहिरको गतिविधि, खबर, सञ्चारहरु प्राप्त नहुने, दैनिक जसो कोरोनाको संक्रमण बढ्दो र फैलदो सुनिने जस्ता कुराले आत्मबलमा ह्रास आउन सक्ने भन्दै उनीहरुलाई मनोविमर्शको आवश्यकता देखिएको हो । मुर्कुचीमा युवाको आत्महत्याबारे एकातर्फ अनुसन्धान भइरहेको छ भने अर्कोतर्फ क्...
नदीमा डुबेर १ युवकको मृत्यु

नदीमा डुबेर १ युवकको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख २० गते ।  कैलालीका भजनीको कान्द्रा नदीमा डुबेर एक युवाको मृत्यु भएको छ । भजनी नगरपालिका–४ झलझलीया निबासी १६ वर्षीय केशब पोखरेलको मृत्यु भएको हो । स्थानीय कान्द्रा नदीमा नुहाउने क्रममा एक्कासी डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउना साथ तत्काल इलाका प्रहरी कार्यालय भजनीबाट खटेका प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा पोखरेलको शव नदीबाट निकालेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
हुण्डी कारोबार आरोपमा २ जना पक्राउ

हुण्डी कारोबार आरोपमा २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, बैशाख २० गते ।  काठमाण्डौबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेका छन् । भारत मोतिहारी घर भई ललितपुरको सानेपा बस्ने ३९ वर्षीय रुपेशकुमार गुप्ता र बागलुङ घरभई काठमाडौं नयाँबानेश्वर बस्ने ३५ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटेको प्रहरी टोलीले काठमाण्डौं महानगरपालिका–१३ टंकेश्वर र काठमाडौं महानगरपालिका–१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट आज पक्राउ गरको प्रहरीले जनाएको छ । गुप्ताको साथबाट छ लाख २१ हजार रुपैयाँ र श्रेष्ठको साथबाट १८ लाख रुपैयाँ गरी जम्मा २४ लाख २१ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाईएको छ ।...
महामारीको बेला ह्वाट्सएपमा आउने झुटो म्यासेजबाट बच्न प्रहरीको आग्रह

महामारीको बेला ह्वाट्सएपमा आउने झुटो म्यासेजबाट बच्न प्रहरीको आग्रह

समाचार, संसार
पूर्णपुष्टि, बैशाख २० गते ।  कोरोना भाईरस (कोभिड–१९) संक्रमणले महामारी निम्त्याएको बेला ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभ देखाए जोगिन आबुधावी प्रहरीले आग्रह गरेको छ । यूएईमा हुनेलाई ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर म्यासेज आएमा त्यसबाट जोगिन प्रहरीले आग्रह गरेको हो । कुनै आपराधिक समूहले ह्वाट्स्एप लगायतका माध्यमबाट उपहार परेको, जागिरको अफर दिने, किनेमेलमा छुट हुने लगायत विभिन्न प्रलोभन देखाउँदै म्यासेज गर्ने गरेकाले जोगीन प्रहरीले आग्रह गरेको छ । विभिन्न प्रलोभन देखाई म्यासेज गर्ने र त्यसमा क्लिक गरे उसले भने अनुसार गरेमा व्यक्तिगत विवरणदेखि विभिन्न डाटाहरु ह्याक गर्ने भएकाले यस्तो म्यासेजबाट जोगिन प्रहरीको आग्रह गरेको छ । कुनै माध्यमबाट यस्तो म्यासेज आएमा प्रहरीलाई ९९९ मा अथवा ८००२६२६ मा फोन गरेर रिपोर्ट गर्न र २८२८ मा म्यासे...
रुसी मन्त्री यकुशेभलाई कोरोना संक्रमण पुष्टि

रुसी मन्त्री यकुशेभलाई कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २० गते । रुसका निर्माण मन्त्री भ्लादिमिर यकुशेभ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मन्त्रि यकुशेभलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्प्ताल भर्ना गरिएको छ । निर्माण मन्त्रीका सहायकलाई पनि भाइरस संक्रमित भएको संचारमाध्यमहरुले जनाएको छ । गत बिहीबार प्रधानमन्त्री मिखाइल मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफू कोरोना संक्रमित भएको बारे जानकारी गराएका थिए । पछिल्लो २४ घण्टामा रुसमा नौ हजार छ सय २३ जनामा संक्रमण देखिएको जनाईएको छ । रुसमा अहिलेसम्म कोरोनाको कारण एक हजार दुई सय २२ जनाको मृत्यु भईसकेको जनाईएको छ ।...
सुत्केरी र गर्भवती महिलालाई पोष्टिक आहार वितरण

सुत्केरी र गर्भवती महिलालाई पोष्टिक आहार वितरण

समाचार
पूर्णपुष्टि, बैशाख २० गते ।  त्रियुगा नगरपालिका–१६ का गर्भवती र सुत्केरी महिलाहरुलाई पौष्टिक आहार सहितको राहत वितरण गरेको छ । वडा र ओरेक नेपाल उदयपुर शाखाद्धारा संयुक्त रुपमा २६ घर परिवारलाई शुक्रबार राहत वितरण गरिएको हो । वडामा ४१ जना गर्भवति तथा सुत्केरी महिलाहरु रहेको वडा कार्यालयले जनाएको छ । हिजो वडाको तल्लो भेगका गर्भवती तथा सुत्केरी महिलालाई राहत वितरण गरेको थियो भने माथील्लो भेगका बाँकी १५ जनालाई केहि दिनमा राहत वितरण गर्ने त्रियुगा नगरपालिका १६ का वडा अध्यक्ष मान बहादुर राईले बताए । ओरेक नेपालले ३० जना गर्भवति र सुत्केरीलाई सहयोग गरेको थियो । बाकी ११ जनालाई वडा आफैले राहतको व्यवस्था गरेको अध्यक्ष राईले बताए । सामाजिक दुरी कायम गर्दै राहत वितरण गरिएको थियो । राहत वितरणलाई व्यावस्थित बनाउनको लागी दुई चरणमा गर्भवती र सुत्केरी महिलाहरुलाई राहत वितरण गरेको वडा कार्यालयले जन...