Sunday, July 12News That Matters

समाचार

३ दिने प्रशिक्षण तालिम सम्पन्न

३ दिने प्रशिक्षण तालिम सम्पन्न

समाचार
सुशिला लामिछाने मगर बेलका/कात्तिक ३० गते ।  उदयपुरको बेलकामा नेपाल मगर संघको तीन दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ । मगर जातिको रितिरीवाज, भेष भुषा, सस्कार सस्कृतीलाई संरक्षण गर्ने उद्देश्यले संचालन भएको तालिम शनिबार सम्पन्न भएको हो । जिल्लाको आठवटै स्थानीय तहबाट नेपाल मगर संघ र भातृ संगठनका प्रतिनिधिहरुलाई मगरको भाषा, धर्म, रितिरीवाज, भेष भुषा, सस्कार सस्कृतीलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सात वटै प्रदेशमा संचालन हुने प्रशिक्षक केन्द्रिय सदस्य ढकबहादुर मगरले बताए । नेपाल मगर संघले सात वटै प्रदेशमा संचालन गर्न लागेको तालिम १ न. प्रदेशमा पहिलो पटक संचालन गरेको हो । नव युवाहरुले भाषा, धर्म, रितिरीवाज, भेष भुषा र सस्कार सस्कृति विर्सदै गएकाले यसको संरक्षण गरी राख्नका निम्ति तालिम संचालन गरेको प्रशिक्षक मगरले बताए । कार्यक्रमको सभापति अध्यक्ष भक्तबहादुर बुर्जा मगर, प...
मेयर चौधरीद्वारा कालोपत्रे सडकको उद्घाटन

मेयर चौधरीद्वारा कालोपत्रे सडकको उद्घाटन

समाचार
पूर्णपुष्टि, कात्तिक ३० । प्याराडाईज बोर्डिङ सुविधामार्ग हुदै साकेला जाने सडक कालोपत्रे निर्माण उपभोक्ता समिति, त्रियुगा नगरपालिका ११ संगमटोलले शनिबार सडक उद्घाटन तथा जनलेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पीच गरिएको टोलको सडकमै आयोजना कार्यक्रमकाबीच नगरपालिकाका मेयर बलदेव चौधरीले रिबन काटेर कालोपत्रे सडकको उद्घाटन गर्नुभयो । उपमेयर देवीकुमारी चौधरीले ब्यानर पढ्दै महिलाको नेतृत्वमा बनेको उपभोक्ता समितिले सफलरुपमा कालोपत्रे सडक जस्तो विकासे निर्माण कार्य सम्पन्न गरेको बताउनुभयो । नेकपा एमालेका युवा नेता परमेश्वर घिमिरे, नेपाली कांग्रेस प्रतिनिधि, वडाध्यक्ष, पत्रकार, नागरिक समाज, नगर कर्मचारी र टोलबासीको उपस्थितिमा भएको कार्यक्रममा बक्ताहरुले विकासको कामलाई यसरी नै अगाडी बढाउनुपर्ने बताए । ५५ लाख बराबरको लगानीमा ४ सय ८ मिटर कालोपत्रे सडक ३ सय ७६ मिटर नाली निर्माण गरिएको निर्म...
८३ औं वार्षिकोत्सव मनाउदै नेपाल बैंकको एटिएम उद्घाटन

८३ औं वार्षिकोत्सव मनाउदै नेपाल बैंकको एटिएम उद्घाटन

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक ३० । नेपाल बंैक लिमिटेड गाईघाट शाखाले बैंकको ८३ औं वार्षिकोत्सव मनाउदै एटिएमको उद्घाटन शनिबार गरेको छ । एक समारोहकाबीच त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले कार्यक्रमको प्रमुख आतिथ्य गर्दै एटिएमको उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै मेयर चौधरीले बैंकलाई नगरबासीको समृद्धिसंग जोडेर सहकार्य र समन्वय अगाडि बढाउने बताउनुभयो । बैंक र नगरपालिका मिलेर कृषि, उद्योग जस्ता क्षेत्रमा लगानी गरिने त्यसका लागि नगरपालिका जिम्मेवारी बस्ने उहाँले बताउनुभयो । उहाँले बैंकले प्रभावकारी सेवा विस्तार गर्न शुभकामना दिनुभयो । कार्यक्रममा त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका प्रमुख रमेश रोका, समाजसेवी पेशल आचार्य, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका उपाध्यक्ष हस्तमाया राई, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, त्रियुगा नगरपालिकाका अधिकृत दिनेश सिवाकोटी लगायतले मन्तब...
चुहाडेमा विद्यार्थीलाई “म अघि बढ्छु” ब्याच वितरण

चुहाडेमा विद्यार्थीलाई “म अघि बढ्छु” ब्याच वितरण

शिक्षा, समाचार
पूर्णपुष्टि, कात्तिक २९ । आन्तरिक मामिला तथा कानुन मञ्त्रालय प्रदेश नं. १ बाट सञ्चालित “म अघि बढ्छु” कार्यक्रम अन्तर्गत शुक्रबार सगरमाथा टिन्स क्लव, श्री जनज्योती माध्यामिक विद्यालय चुहाडेमा विद्यार्थीहरुलाई ब्याच वितरण गरिएको छ । विद्यालयको क्लवको आयोजनामा कक्षा ७ देखि १२ सम्मका करिब चारसय विद्यार्थीलाई “म अघि बढ्छु” लेखिएको ब्याच वितरण गरिएको उदयपुर जिल्ला प्रशिक्षक तथा कार्यक्रम संयोजक तुलसीराम चौलागाईले बताउनुभयो । जनजागृती बाल क्लव, मावि चुहाडेको समन्वयमा आयोजित कार्यक्रममा त्रियुगा नगर शिक्षा प्रमुख जसबहादुर कार्कीले प्रमुख अतिथिको रुपमा विद्यार्थीहरुलाई ब्याच वितरण गर्नुभयो । प्रशिक्षक चौलागाईले म अघि बढ्छु अभियान तथा ब्याच वितरणको बारेमा बोलेका थिए । विद्यार्थीहरुलाई आत्मविश्वासका साथ सकारात्मकढंगले शिक्षा, सामाजिक कार्य तथा सकारात्मक र सिर्जनात्मक क्षेत्रमा लाग्ने प्रेरणा...
ठेक्का लागेको ढुंगामा स्थानीयको विरोध

ठेक्का लागेको ढुंगामा स्थानीयको विरोध

समाचार
राजेन्द्र दुष्ट बेल्टार/कार्तिक २९ गते ।  मापदण्डविपरीत खोलाको ढुंगा उत्खनन् गरिएको भन्दै बेलका नगरपालिका–४ को लालबजारका स्थानीयवासी विरोध गरेका छन् । स्थानीयले लोड भएका २० वटा टिपरलाई विहिबार देखि रोकेर विरोध गरेका हुन् । नगरका ४ र ६ नम्बर वडाको सिमानामा रहेको सिसुवा खोलाबाट तोकिएको मापदण्ड भन्दा बढी उत्खनन् गरी रातारात ढुंगा ढुवानी भएको भन्दै आफुहरुले त्यस विरुद्ध आवाज उठाएको   स्थानीय महिला समाजसेवी माया ओलीले बताईन्। बजारको उत्तरी भेगमा पर्ने महाभारत सामुदायिक वन क्षेत्रमा पर्ने खोलाबाट भू–क्षय हुने गरी दुवै वडाको वस्तिहरुलाई नै जोखिममा पारेर ढुंगा उत्खनन गर्न दिएको स्थानीयहरुले आरोप लगाएको छ । वार्ताको लागि वातावरण मिलाउन प्रयास भए पनि नगर प्रमुख दुर्गा थापा नै बार्तामा बस्नु पर्ने विरोधकर्ताको अडानका कारण सहमति हुन नसकेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक रामचन...
प्रधानमन्त्री सचिवालयका ६ जनाको राजीनामा

प्रधानमन्त्री सचिवालयका ६ जनाको राजीनामा

समाचार
कात्तिक २९ गते ।  नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका छ जनाको राजीनामा प्रधानमन्धि ओलीले स्वीकृत गर्नुभएको छ । उहाँकै आग्रहमा राजीनामा दिएका सचिवालयका ११ जनामध्ये छ जनाको मात्र राजीनामा स्वीकृत गर्नु भएको हो । प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, तथा सचिवालयका कृष्ण पौडेल, घनश्याम भट्टराई र उदय पोखरेलको राजीनामा स्वीकृत गर्नुभएको प्रधानमन्त्री निकट श्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, मुख्य स्वकीय सचिव इन्द्र भण्डारी, मिडिया विज्ञ रामशरण बजगाई र होम रिमाल भने सचिवालयमै यथावत रहने भएका छन् ।...
नेपालका ५० प्रतिशत प्रतिष्ठान दर्ता विना

नेपालका ५० प्रतिशत प्रतिष्ठान दर्ता विना

समाचार
उदयपुर, कात्तिक २९ गते ।  नेपालमा संचालन भएका प्रतिष्ठानमध्ये आधा प्रतिष्ठान दर्ता विना संचालन भएको एक तथ्याङ्कले देखाएको छ । कुल प्रतिष्ठानमध्ये आधा प्रतिष्ठान दता विना नै संचालन भएको केन्द्रिय तथ्यांक विभागले संकलन गरेको राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्यांकले देखाएको हो । केन्द्रिय तथ्यांक विभागले संकलन गरेको राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्यांकल नौँ लाख २३ हजार तीन सय ५६ प्रतिष्ठान रहेकाछन् । सञ्चालनमा आएका प्रतिष्ठान मध्ये चार लाख ६२ हजार ६ सय पाँच दर्ता भएको र बाँकी चार लाख ६० हजार चार सय २२ दर्ता विना सञ्चालनमा आएको तथ्यांकले देखाएको छ । यसरी प्रतिष्ठान दर्ता विना सञ्चालन हुँदा राज्यलाई राजश्वमा प्रत्यक्ष असर पुगेको तथ्यांक विभागका निर्देशक अनिल शर्माले बताए । उनले भने, ‘५० प्रतिशत आर्थिक कारोबार गर्ने प्रतिष्ठना विना दर्ता सञ्चालनमा छन्, तिनीहरुले न राज्यलाई न स्थानीय सरक...
राफेल लडाकू विमान भारतीय सर्वोच्चद्वारा खारेज

राफेल लडाकू विमान भारतीय सर्वोच्चद्वारा खारेज

समाचार, संसार
कात्तिक २९ गते ।  सन् २०१८ डिसेम्बर १४ मा भारतीय सर्वोच्च अदालतले गरेको फैसला आफैले सदर गरेको छ । यस आदेशसँगै भारतले फ्रान्सबाट खरिद गर्न लागेको विवादास्पद राफेल लडाकू विमान खरिद प्रकरण टुङ्गिएको हो । मोदी सरकारले फ्रान्सबाट ३६ थान लडाकू राफेल बिमान खरिद गर्न प्रक्रिया अगाडि बढाएपछि विमान खरिदमा भ्रष्टाचार भएको भन्दै यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतका प्रधान न्यायाधीश रन्जन गोगोई तथा न्यायाधीश सन्जय किशान कौल र के एम जोसेफको संयुक्त इजलासले डिसेम्बर १४, २०१८ को सर्वोच्चको आदेशविरुद्ध परेको याचिकालाई खारेज गरेको थियो । अदालतको आदेशमा विमान खरिदसम्बन्धी तथ्य प्रमाणहरुका आधारमा निर्णय–प्रक्रियामा कुनै त्रुटी नदेखिएको बताउँदै विमानको मूल्यका बारेमा अदालतले कुनै निर्णय गर्न नसक्ने र त्यसमा आफ्नो चासो नरहेको उल्लेख छ । सर्वोच्चको पूर्व निर्णयमाथि पुनर्विचार गरियोस...
फेडेरर सेमिफाइनलमा प्रवेश

फेडेरर सेमिफाइनलमा प्रवेश

खेलकुद, समाचार
कात्तिक २९ गते ।  रोजर फेडेरर एटीपी फाईल्सको सेमिफाईनलमा प्रवेश गरेका छ । नोभाक जोकोभिचलाई रोजर फेडेररले २–० गोलले पछि पार्दै सेमिफाईनलमा प्रवेश गरेको हो । खेलमा आफ्नो पकड बनाएका ६ पटकका च्याम्पियन फेडेररले जोकोभिचलाई ६–४ र ६–३ को सोझो सेटमा हराए । जितपछि फेडेररले धेरै खुसी हुदै भने,‘खेलको योजना सफल भयो । नोभाकविरुद्ध उत्कृष्ट सर्भिस गरेँ, उत्कृष्ट प्रदर्शन पनि गरेँ ।’ लण्डनको ओ २ एरेनामा भएको खेलमा जोकोभिच पराजित भएपछि यो सिजनको अन्तिमसम्म टेनिस वरीयता क्रमको शीर्ष स्थानमा राफेल नाडाल रहने पक्का भएको छ ।...
चौदण्डिमा विपद व्यावस्थापन तालिम शुरु

चौदण्डिमा विपद व्यावस्थापन तालिम शुरु

समाचार
राजेन्द्र दुष्ट बेल्टार/कार्तिक २८ गते । बाढी पहिरोबाट हुन सक्ने समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा चौदण्डीगढीमा विहिबारबाट तालिम सुरु भएको छ । चौदण्डीगढी नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटी उदयपुर शाखाको सहयोगमा तालिम संचालन भएको हो । नगरका १० वटै वडालाई समेटेर “स्थानीय विपद तथा उत्थानशील योजन तर्जुमा” नामक तालिम संचालन भएको छ । मंसिर १ गने सम्म संचालन हुने तालिममा वडाध्यक्ष, वडा सदस्य र नगर कार्यपालिका सदस्यहरुको सहभागिता रहेको छ । क्षमता विकास प्रशिक्षणमा आफ्नो वडामा हुने जस्तो सुकै विपदबाट नागरिकलाई कसरी बचाउन सकिन्छ भन्ने विषयहरुको तालिमले दक्ष जनशक्ति उत्पादन गर्ने तालिमको उद्देश्य रहेको आयोजकले जनाएको छ । तालिमको उत्घाटन गर्दै नगर प्रमुखले भने,–“विपदको समयमा तीन कुराहरुको ख्याल गर्नु पर्ने छ । पहिलो, विपद आउनु भन्दा अगाडी नै नागरिकलाई सचेत गराउनाल...