Sunday, July 12News That Matters

समाचार

रुखबाट लडेर १ जनाको मृत्यु

रुखबाट लडेर १ जनाको मृत्यु

समाचार
उदयपुर, कार्तिक २६ गते । उदयपुरको ताप्लीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । ताप्लि गाउँपालिका–१ फलाँटे निबासीे ४५ बर्षीया भरि माया राईको मृत्यु भएको हो । घर नजिकै रहेको जाल्माको रुखमा चढी घाँस झार्ने क्रममा सोमवार दिउँसो पौने ३ बजे अचानक रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । रुखबाट लडेर घाईते भएकी राईलाई उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
मेडिकल कलेजले ३ अर्ब गैरकानुनी असुली गरेको सर्तकता केन्द्रको ठहर

मेडिकल कलेजले ३ अर्ब गैरकानुनी असुली गरेको सर्तकता केन्द्रको ठहर

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक २६ गते ।  प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले विद्यार्थीसँग २ अर्व ८५ करोड रुपैयाँ गैरकानुनी रुपमा असुली गरको ठहर गरेको छ । कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रुपमा अतिरिक्त शुल्क असुली गरेको केन्द्रले ठहर गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा मेडिकल कलेजहरुले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्कको नाममा गैरकानुनी रुपमा रकम असुली गरेको उजुरीका आधारमा छानबिन गर्ने क्रममा यस्तो तथ्य पत्ता लागेको जनाएको छ । छानबिनका क्रममा मेडिकल कलेजहरुले प्रतिविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।...
६ जिल्लामा गाजा फडानी

६ जिल्लामा गाजा फडानी

समाचार
विराटनगर, कात्तिक २५ गते ।  प्रहरीले १ न. प्रदेशका विभिन्न जिल्लामा एकै पटक अवैध रुपमा लगाएको र आफै उम्रिएका गाजा फडानी गरी नष्ट गरिरहेका छन् । धनकुटा, उदयपुर, खोटाङ, भोजपुर, सुनसरी र ईलाम जिल्लाको विभिन्न ठाउँमा प्रहरीले गाजा फडानी गरी नष्ट गर्ने काम भईरहेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा मातहत प्रहरी कार्यालयबाट खटेका प्रहरी टोलीले जिल्लाको शहिदभुमी, साँगुरीगढी र धनकुटाकै आँखिसल्ला लगायतका एरियाको करिब २ सय रोपनीमा अवैध रुपमा लगाईएका र आफै उम्रिएका १ लाख ५० हजार गाँजाको बोटहरु  फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । त्यस्तै खोटाङको ईलाका प्रहरी कार्यालय हलेशी र प्रहरी चौकी च्यास्मिटारबाट खटेका प्रहरी टोलीले हलेशी तुवाचुङ नगरपालिका–१ र २ को डिकुवा, दाम्ली, र बाँहुनीडांडा लगायतको क्षेत्रको करिव ५ हजार बोट गाजा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्याल...
लेक लागेर विदेशी नागरिकको मृत्यु

लेक लागेर विदेशी नागरिकको मृत्यु

समाचार
सोलुखुम्बु, कात्तिक २५ गते ।  नेपाल भ्रमणका लागि आएका फ्रान्सेली एक नागरिकको लेक लागेर मृत्यु भएको छ । गत कात्तिक १८ गते सोलुखुम्बु पुगी खुम्बु पासाङल्हामु गाउँपालिका–४ को चोयुभ्यूलज एण्ड रेष्टुरेण्टमा बास बसेका २८ वर्षीय मार्रोन गाईटन लुईसको मृत्यु भएको हो । लुईसलाई लेक लागेर विरामी भएपछि स्थानीय प्राथमिक उपचार केन्द्रमा उपचार गर्ने क्रममा गतराती करिब १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । शव परिक्षणको लागि सिम्रिक एयरको हेलिकोप्टर मार्फत काठमाण्डौँको त्रिवि शिक्षण अस्पताल पठाएको प्रहरीले जनाएको छ ।...
पोखरीमा डुबेर १ बालकको मृत्यु

पोखरीमा डुबेर १ बालकको मृत्यु

समाचार
मोरङ, कात्तिक २५ गते ।  मोरङको कटहरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । कटहरी गाउँपालिका–७ निबासी कुनन्द विकको छोरा ६ वर्षीय कृष विकको मृत्यु भएको हो । घर नजिकै रहेको माछा पोखरीमा आईतबार दिउँसो ५ बजे डुबेर मृत अवस्थामा प्रहरीले फेला पारेको थियो । घटनाको जानकारी पाउना साथ तत्काल प्रहरी चौकी थलाहाबाट खटेका प्रहरी टोलीले डुबी रहेको अवस्थामा  बालकलाई फेला पारेको प्रहरीले जनाएको छ । पोखरीबाट बालकको शव निकाली शव परिक्षणका लागि कोशी अस्पताल पठाएको घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
अज्ञात समूहले बसमा आगजनी

अज्ञात समूहले बसमा आगजनी

समाचार
कात्तिक २५ गते ।  कैलालीको घोडाघोडीमा अज्ञात समुहले गतराती एउटा बसमा आगजनी गरेको छ । घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको बसमा आगजनी गरेको प्रहरीले जनाएको हो । अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ । केही दिनअघिदेखि बाटो छेउमा पार्किङ गरी राखिएको ना४ख ७३५० नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।...
कालापानीमा सुरक्षापोष्ट राख्ने तयारी

कालापानीमा सुरक्षापोष्ट राख्ने तयारी

समाचार
पूर्णपुष्टि, कात्तिक २५ । सिमा विवाद चर्किएको यस अवस्थामा कालापानीमा सुरक्षा पोस्ट राख्ने तयारी भइरहेको छ । सिंहदरबारमा राज्य ब्यवस्था समितिको बैठकमा आज गृहमन्त्री रामबहादुर थापाले यस्तो जानकारी दिनुभएको हो । दार्चुलामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रहेपनि विवादित भूमिमा सुरक्षापोष्ट थप गर्न लागिएको जानकारी मन्त्री थापाले दिनुभयो । समितिका सदस्यहरुले सीमा मिचिएको विषयको छलफल कर्मचारी तवरबाट नगरी उच्चस्तरीय राजनीतिक तवरबाट खोज्न सुझाव दिएको जनाइएको छ ।...
नेकपाका विभिन्न विभागमा को-को भए अध्यक्ष/सचिव ?

नेकपाका विभिन्न विभागमा को-को भए अध्यक्ष/सचिव ?

समाचार
पूर्णपुष्टि, कात्तिक २५ ।  सत्तारुढ नेकपाको केन्द्रिय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकायलाई जिम्मेवारी सुम्पेको छ । त्यस्तै लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यलाई जिम्मा लगाएको छ । केन्द्रिय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेल रहेका छन् भने केन्द्रिय सल्लाहकार कमिटिमा केशब बडाल र सचिवमा नन्दकुमार थापा रहेका छन् । त्यसैगरी जेष्ठ कम्यूनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई र सचिवमा गोविन्द ज्ञवाली छानिएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभिन्न निकायको नेतृत्व टुंग्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।...
आज दिनार र कोरियन वनको भाउ घट्यो

आज दिनार र कोरियन वनको भाउ घट्यो

आर्थिक, समाचार
कात्तिक २५ गते ।  आज बहराइन दिनार र कोरियन वनको भाउ घटेको छ भने अरु विदेशी मुद्राहरु यथावत रहेको छ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर  १ सय १३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३७ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २३ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा पुगेको छ । हिजो १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा थियो । कुवेती ...
भारतको त्यो नक्सा अस्विकार गरियो : मन्त्रि अर्याल

भारतको त्यो नक्सा अस्विकार गरियो : मन्त्रि अर्याल

समाचार
पूर्णपुष्टि, कात्तिक २५ गते । भारतले एक पक्षीय रुपमा अगाडि सारेको नक्सालाई नेपालले अस्वीकार गरेको भूमि व्यवस्था, गरिवी निवारण तथा सहकारी मन्त्री पद्मा अर्यालले बताउनु भएको छ । स्याङजाको वालिङमा एक कार्यक्रममा बोल्दै मन्त्रि अर्यालले नेपालको स्वाभिमान र सिमाक्षेत्रमाथि कसैको गलत मनसाय राख्न नहुने बताउनु भएको हो । कठोर नाकाबन्दीलाई पनि जितेको चर्चा गर्दै उहाँले देशको स्वाभिमानको रक्षा सँधै गर्ने बताउनुभयो ।...