सहकारीको बार्षिक उत्सवमा रक्तदान
पूर्णपुष्टि, कात्तिक २७ ।
महिला जनजागृती वचत तथा ऋण सहकारी संस्था लिमिटेड उदयपुरले २१ औँ बार्षिक उत्सवको अवसरमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
त्रियुगा नगरपालिका ११ स्थित आफ्नै कार्यालय अगाडी संस्थाले रक्तदान गरेको हो । रगत अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष तेजबहादुर पाण्डेले बताए ।
उनले सहकारीलाई सामाजिक अभियानमा जोडनका निम्ति जोडनका लागि कार्यक्रमहरु आयोजना गरिएको बताए । सहकारीका लेखा संयोजक देव गिरीले रक्तदान गरी उद्घाटन गरिएको रक्तदानमा महिला र पुरुष गरी ९४ जनाले रगत दान गरेको सहकारीका व्यवस्थापक मन्जु थापाले जानकारी दिईन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले सहकारीको क्षेत्र वचत, ऋण प्रवाह मात्र नभई सामाजिक कार्यपनि भएकाले दायित्व सम्झेर सेवा गर्न आग्रह गरे । उनले सानातिना काम...









