खानेपानी आयोजनालाई तत्काल आमभेला बोलाउन वाणिज्य संघको ज्ञापन पत्र
ऋषि राई
कटारी / असोज ८ गते ।
कटारी रउदयपुर उद्योग वाणिज्य संघ कटारीले कटारीमा संञ्चालित तेस्रो साना सहरी खानेपानी आयोजनालाई तत्काल आमभेला बोलाउनु पर्ने लगायतका माग राख्दै आज नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । उपभोक्ताहरुलाई आयोजना निर्माण समबनिध जानकारी नगराईएकोले यथाशिघ्र आमभेला बोलाई जानकारी गराउन ज्ञापन पत्र मार्पmत माग पनि संघले गरेको छ ।
संघका अध्यक्ष पुष्कर खड्काले हस्ताक्षर गर्नुभएको ज्ञापन पत्रमा कार्यालयहरुमा धारा जडानको व्यवस्था , कमसल सामाग्री प्रयोग भएकाले तत्काल गुणस्तरीय सामाग्री प्रयोग गर्नुपर्ने ,पानीको महशुल महंगो भएकाले १० युनिटको न्युनतम २०० र त्यसभन्दा माथि प्रतियुनिट ३० का दरले महशुल उठाउनु पर्ने माग पनि ज्ञापन पत्रमा गरिएको छ ।
अध्यक्ष खड्काले कटारी नगरपालिका उपमेयर भिमकुमारी राउतलाई वडा नम्बर ३ का अध्यक्ष रामबहादुर पोखरेलको उपस्थितिमा ज्ञापन पत्र बुझा...









