Thursday, August 20News That Matters

समाचार

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

समाचार
झापा, असोज १४ गते । झापाको कन्काईमा बसले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ । कन्काई नगरपालिका – ८ विरिङ पुलमा गतराती बसले ठक्कर दिदा मोटरसाईकल चालक शुक्रराज लम्बुको मृत्यु भएको हो । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १० प २३७० नम्बरको मोटरसाईकललाई विपरित दिसाबाट आउँदै गरेको बा ४ ख ६६७ नम्बरको यात्रु वहाक बसले गतराती साँढे ९ बजे ठक्कर दिदा मोटरसाईकल चाल कन्काइ नपा–५ निबासी ४२ वर्षीय लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट घाईते भएको लिम्बुको उपचारको लागि झापाको विएण्डवि अस्पताल विर्तामोड पु¥याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बसचालक सहित मोटरसाईकल ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
यौन दुव्र्यवहारको आरोप लागेपछि सभामुख महराले दिए राजीनामा

यौन दुव्र्यवहारको आरोप लागेपछि सभामुख महराले दिए राजीनामा

समाचार
असोज १४ गते ।  यौन दुव्र्यवहार गरेको आरोपमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएको छ । चौतर्फी आलोचना र दवावका विच नेकपा सचिवालयका बैठकलेसमेत राजिनामा दिन सुझाव दिएपछि सभामुखले मंगलबार राजिनामा दिएको हो । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि सभामुख महराले यौन दुव्र्यवहारको आरोप लागेको छ । आफूमाथि लागेको आरोपबारे सत्य तथ्य, निष्पक्ष र स्वतन्त्र छानबिन तथा अनुसन्धान गर्न सहज बनाउनका लागि नैतिकताका आधारमा उपसभामुख समक्ष राजीनामा दिएको बताएको छ । बिहान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख महरालाई राजीनामा दिन सुझाव दिएको थियो । सभामुख महराको सचिवालयले यस घटनाको खण्डन गरेको छ । सञ्चारमाध्यमहरुमा सभामुख महराले उनी आफ्नो साथी भएकाले कोठामा गएको तर दुव्र्यवहार नगरेको दाबी गरको थियो ।...
दिवसमा निःशुल्क स्वास्थ्य शिविर

दिवसमा निःशुल्क स्वास्थ्य शिविर

समाचार, स्वास्थ्य
उदयपुर, असोज १४ गते । उदयपुरमा दिवसको  अवसर पारेर जेष्ठ नागरिकमा हुने अल्जाईमर्सको विस्तृत जानकारीसँगै निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । २९ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा उमेर बढ्दै जाँदा अल्जाईमर्स हुने गरेकाले जेष्ठ नागरिकलाई सचेत गराउँदै स्वास्थ्य परिक्षण गरिएको हो । जेष्ठ नागरिक दिवससँगै २६ औँ विश्व अल्जाईमर्स दिवस मनाईएको छ । “उमेर जन्य विभेदको अन्त्यको यात्रा” भन्ने मुल नाराको साथ त्रियुगा नगरपालिकाको आयोजनामा जिल्ला अस्पताल, सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालि, रौता हस्पिटल प्रालि, त्रियुगा हस्पिटल प्रालि, जेष्ठ नागरिक कल्याणकारी समाज, जेष्ठ नागरिक जिल्ला संघ, अभिभावक सेवा समाज र मानव अधिकार संजाल उदयपुरको सहकार्यक्र कार्यक्रम भएको अयोजकले जनाएको छ । नेपालीहरुको महान चाड दशैँ, तिहार भित्रिदै गर्दा विदसको अवसर पारेर जेष्ठ नागरिकहरुलाई जिल्ला अस्पताल र निज...
नागरिक जिउधनको निम्ति सुरक्षा योजना  जति कडा छ, जुवातास र मापासेमा त्यति नै कडाई छ : प्रजिअ, एसपी

नागरिक जिउधनको निम्ति सुरक्षा योजना जति कडा छ, जुवातास र मापासेमा त्यति नै कडाई छ : प्रजिअ, एसपी

बिचार, समाचार
चाँडपर्व हाँसीखुसी र उमंगको हिसावले मात्र नभई सुरक्षा सम्बेदनशिलताको हिसावले पनि हेरिन्छ । शान्ति सुरक्षाको व्यवस्था राम्रो भएमात्र चाँडपर्वको उमंग छाउदछ । तसर्थ, चाँडपर्व आएसंगै देशैभर सुरक्षा व्यवस्था सरकारले मिलाएको हुन्छ । आवश्यकता अनुसार कडाई गरेको हुन्छ । नेपालमा मनाईने मुख्य पर्वहरु मध्येको दशैं भित्रिसकेको छ । लगत्तै तिहार, छठ पर्व रहेका छन् । यस सन्दर्भमा उदयपुर जिल्लामा पनि चाँडबाड विशेश सुरक्षा योजना लागू भएको छ । स्थानीय प्रशासले प्रहरी मार्फत लागू गरेको सुरक्षा योजना कस्तो छ ? जिल्लाको शान्ति सुरक्षाको अवस्था कस्तो छ ? नागरिकहरुले कत्तिको ढुक्कसंगले हिड्डुल, खानपिन गरेर उल्लासमय ढंगले पर्व मनाउन सक्छन् ? लवायतका सवालमा पूर्णपुष्टिले प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरसंग सवांद गरेको छ । प्रस्तुत छ, पूर्णपुष्टि संवाद । (यस संबाद...
दुबई बस दुर्घटनामा ६ जना नेपालीको मृत्यु

दुबई बस दुर्घटनामा ६ जना नेपालीको मृत्यु

समाचार
असोज १३ गते ।  दुबईमा भएको बस दुर्घटनामा छ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद नेपाली नगरिकको मृत्यु भएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । दुबईको शेख मोहमद विन जाहेद सडकमा फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार लरीमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा नेपालीसहति आठ जनाको मृत्यु भएक छ । त्यसमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् । घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक रहेको दुवई प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेकाले उपचारको लागि दुबईमाको अल रसिद अस्पतालमा पठाएको छ ।...
मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाडौँमा अत्याधुनिक आवास

मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाडौँमा अत्याधुनिक आवास

लिम्चुङबुङ डायरी, समाचार
असोज १३ गते । काठमाण्डौँमा प्रदेश प्रमुख र मुख्यमन्त्रिको लागि आवास तथा सम्पर्क कार्यालय बनाउन सरकारले ८५ करोड रुपैयाँ खर्चने भएको छ । विकास निर्माणमा सुस्त देखिएका सरकारले भीआईपीको आवास निर्माणको लागि चुस्त देखिएको हो । प्रधानमन्त्रि केपी शर्मा ओलीले सोमबार शिलान्यास गर्न लागेको मुख्यमन्त्री तथा प्रदेश प्रमुखको आवास तथा सम्पर्क कार्यालय ललितपुरको भैंसेपाटीमा बन्न लागेको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए । सांसद आवासका लागि सैंबुमा छुट्याइएको एक सय ४९ रोपनी ४ आना ३.२८ दाम जग्गामा मन्त्री निवासका साथै राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुखका लागि २७ वटा आवास भवन निर्माण गर्नको लागि सरकारले तीब्रता दिएको छ । उक्त भवन निर्माणका लागि सरकारले १ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि ८५ करोड लागतम...
खड्का सहित २३ जनालाई राष्ट्रिय शिक्षा सेवा सम्मान

खड्का सहित २३ जनालाई राष्ट्रिय शिक्षा सेवा सम्मान

समाचार
असोज १२ गते । सूर्यविनायक नगरपालिका–९ भातेढिकुरको मदरल्याण्ड स्कुलका संचालक तथा प्रिन्सिपल संजय खड्का सहित २३ जनालाई राष्ट्रीय शिक्षा सेवा सम्मान–२०७६ प्रदान गरिएको छ । काठमाण्डौँको रसियन कल्चर सेन्टरमा एक कार्यक्रमको साथ विभिन्न विधाका २३ जनलाई नागरिक एकता समाजले सम्मान प्रदान गरेको हो । निरन्तर १५ वर्ष देखि शिक्षा क्षेत्रमा लागेर युवा अवस्थामा नै शिक्षाको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन गराउन र देशको शैक्षिक स्तरलाई सुदृढ पार्न गरेको सेवाको कदर गर्दै खड्कालाई सम्मान गरेको थियो । पूर्व सभामुख एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेवाङ ज्यूबाट सम्मान प्रदान गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका २३ जनालाई सम्मान गरिएको थियो ।  वरिष्ठ मृगौला विशेषज्ञ डा.ऋषिकुमार काफ्ले, नेपाल विद्युत प्राधिकरणका निवर्तमान निर्देशक रविन्द्र महासेठ, वरिष्ठ गायिका कुन्ती मोक्तान,  नागरिक दैनिककी...
हतियार र लागु औषध सहित २ जना पक्राउ

हतियार र लागु औषध सहित २ जना पक्राउ

समाचार
सुनसरी, असोज १२ गते । सुनसरीको बर्जुबाट हतियार र लागु औषधसहित दुई जना पक्राउ परेका छन् । बर्जु गाउँपालिका–३ अमडुवाबाट पेस्तोल र लागुऔषध सहित करणकुमार चौधरी र प्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेका हुन् । बिशेष सूचनाको आधारमा १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान टोली तथा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नपा–५ मगर टोल निबासी २७ वर्षीय करणकुमार र २१ वर्षीय  प्रकाशलाई बिहान ७ बजे प्रहरीले पक्राउ गरेका प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट मेडीईन यूएस्ए ७.६३ लेखिएको पेस्तोल १ थान, त्यसमा प्रयोग हुने म्याग्जिन २ थान, गोली ३ थान र फेनारगन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल, डाईजोल्याव ३५ एम्पुल र सिरिन्ज १ थान बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
टिपरले ठक्कर दिदा एक बालको मृत्यु

टिपरले ठक्कर दिदा एक बालको मृत्यु

समाचार
मोरङ, असोज १२ गते । मोरङको सुन्दरहरैचा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सुन्दरहरेचा नगरपालिका–६ मा टिपरको ठक्करबाट ९ वर्षीय लुकास थपलियाको घटना स्थलमै मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले दिउँसो पौने ३ बजे बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
दहमा डुबेर १ जनाको मृत्यु

दहमा डुबेर १ जनाको मृत्यु

समाचार
ईलाम, असोज १२ गते । ईलामको सुनमाईमा पानीको दहमा डुबेर एक जनाको मृत्यु भएको छ । सुनमार्ई नगरपालिका–१२ मलिम निबासी ५६ बर्षीय दिलमाया राईको मृत्यु भएको हो । घर नजिकै रहेको पानीको दहमा डुबेर मृत अबस्थामा बिहान ८ बजे स्थानीयले फेला पारेको थियो । घटनाको जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...