रुखबाट लडेर १ जनाको मृत्यु
मोरङ, भाद्र ११ गते ।
मोरङको बेलवारीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बेलारी नगरपालिका–२ निबासी ३२ बर्षीय जिवन श्रेष्ठको रुखबाट लडेर बुधबार मृत्यु भएको हो ।
घर नजिकै रहेको सामुदायिक बनमा घाँस काट्न रुख चढ्ने क्रममा दिउँसो १२ बजे रुखबाट लडेर गम्भीर घाईते भएका श्रेष्ठको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।...









