Monday, May 4News That Matters

समाचार

फरार प्रतिबादी ३ वर्षपछि प्रक्राउ

फरार प्रतिबादी ३ वर्षपछि प्रक्राउ

समाचार
उदयपुर, साउन १० गते ।  बन्चरो प्रहार गरी ज्यान मारेको उद्दोगमा फरार रहेका प्रतिबादी तीन वर्षपछि पक्राउ परेको छ । २०७३ सालदेखि फरार रहेका प्रतिबादी त्रियुगा नगरपालिका – ५ निबासी ३३ वर्षीय होमबहादुर बुढाथोकीलाई विहिबार प्रहरीले पक्राउ परेको हो । २०७३ साल मंसिर २४ गते मोहन बुढाथोकीलाई बन्चरो प्रहार गरी गम्भिर घाईते बनाएको थियो । घाईते मोहनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा ३० गते मृत्यु भएपछि होम विदेश भागेको प्रहरीले जनाएको छ । प्रतिबादी होम मलेसिया भागेपछि २०७५ साल पुस २ गते रेडकर्नर नोटिस समेत जारी गरी खोजतलास गरिरहेको थियो । होम मलेसिया तीन वर्ष बसेर काठमाण्डौँ आई लुकिछिपी बसेको गोप्य सुचनाको आधारमा निरन्तर पिछागर्दै जानेक्रममा काठमाण्डौँबाट उदयपुर तर्फ आउदै गरेको अवस्थामा लालपत्ताबाट प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रविधिक सुचना प्रप्त भएपछ...
लागुऔषध सहित एक जना पक्राउ

लागुऔषध सहित एक जना पक्राउ

समाचार
मोरङ, साउन ९ गते ।  मोरङको राम जानकी मन्दिरबाट लागुऔषध सहित एक जना पक्राउ परेको छ । विराटनगर महानगरपालिका – १५ को राम जानकी मन्दिर छेउबाट लागुऔषध सहित अरजिना खातुन पक्राउ परेको हो । विशेष सुचनाको आधारमा विहान करिब ६ बजे प्रहरीले स्थानिय ३० वर्षीय खातुनलाई लागु औषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । झोलामा लुकाई छिपाई ल्याएका लुपिजेसिक २ सय एम्पुल, एभिल २ सय एम्पुल, डाईजोल्याव २ सय एम्पुल, स्पास्मो १ सय ४४ चक्कि, नाईट्रोजन ३० चक्कि, डाईजेल्याप ५ बोतल र नगद २६ हजार रुपैया खातुनको साथबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेको खातुनलाई जिल्ला अदातल मोरङबाट लागुऔषध नियन्त्रण ऐन २०६३ बमोजिम म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु

समाचार
ओखलढुङ्गा, साउन ९ गते । ओखलढुङ्गाको लिखुमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । लिखु गाउँपालिका – ५ निबासी ३७ वर्षीय लोकबहादुर परियार भिरबाट लडेर मृत्यु भएको हो । विहान करिब १० बजे बजारबाट घर आउने क्रममा भिरमा चिप्लिएर लड्दा परियारको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
खेतमा जमेको पानी डुवी एक जनाको मृत्यु

खेतमा जमेको पानी डुवी एक जनाको मृत्यु

समाचार
झापा, साउन ९ गते ।  झापाको हल्दीबारीमा खेतमा जमेको पानीमा डुबेर एक युवा मृत अवस्थामा फेला परेको छ । हल्दीबारी गाउँपालिका –१ निबासी ३८ वर्षीय बिरेन्द्र बुढाथोकी खेतमा जमेको पानीमा डुबेको अवस्थामा मृत फेला परेको हो । विहान करिब २ बजे घरबाट निस्केका बुढाथोकी अबेरसम्म घर नफर्कीएपछि खोजतलास गर्ने क्रममा खेतमा जमेको पानीमा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको स्थानियले जानकारी दिएपछि प्रहरी टोली घटना स्थल पुगी कानुनी प्रक्रिया पुरा गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...

पैनीले बगाउँदा एक जनाको मृत्यु

Breaking News 1, समाचार
झापा, साउन ९ गते ।  झापामा पैनीले बगाउँदा एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका – ५ निबासी ६८ वर्षीय काजीबहादुर जोशीलाई पैनीले बगाउँदा मृत्यु भएको हो । विहान करिब ५ बजे गोठ छेउको पैनीमा चिप्लिएर पसेपछि पैनीले बगाई जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरले किल्चेर एक जनाको मृत्यु

समाचार
मोरङ, साउन ९ गते । मोरङको जहदामा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर किल्चदा एक जनाको मृत्यु भएको छ । जहदा गाउँपालिका – १ मा खेत जोत्ने क्रममा को २ त ९०४६ नम्बरको ट्याक्टर पल्टिदा ट्याक्टरले किल्चेर ट्याक्टर धनी दिपक सरबरियाको मृत्यु भएको हो । विहान करिब ११ बजे खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भई पल्टिएर ४१ वर्षीय सरबरिया मृत्यु भएको प्रहरीले जनाएको छ ।...
ग्याङफाईटमा एक को मृत्यु दुई घाईते

ग्याङफाईटमा एक को मृत्यु दुई घाईते

समाचार
झापा, साउन ९ गते । झापाको दमकमा ग्याङफाईट हुदा एक जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । दमक नगरपालिका – १ दुर्गा मन्दिर पछाडी भएको ग्याङफाईटमा स्थानिय १८ वर्षीय बिक्रम लिम्बुको मृत्यु भएको हो । पुरानो रिसिकीको कारण दिउँसो करिब ४ बजे ग्याङ फाईटमा छुरा हानाहान हुदा छुरा प्रहारबाट गम्भिर घाईते भएका लिम्बुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाईते भएका लिम्बुको लाईफ लाईन अस्पताल दामकमा उपचारको क्रममा भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट सुजन भुजेल र सरोज भण्डारी घाईते भएका छन् । भुजेलको लाईफ लाईन अस्पतालमा उपचार भईरहेको छ भने भण्डारीको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ग्याङ फाईटमा संलग्न ९ जना प्रहरीले पक्रउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
एक युवा मृत अवस्थामा फेला

एक युवा मृत अवस्थामा फेला

समाचार
मोरङ, साउन ९ गते ।  मोरङको नुनसरी खोला र बक्रा खोलाको दोभानमा एक युवा मृत अवस्थामा फेला परेको छ । मिक्लाजुङ गाउँपालिका – ६ को खोला दोभानमा स्थानिय २० वर्षीय अनिष कार्की मृत अवस्थामा फेला परेको हो । गत ४ गते घरबाट मधुमल्ला बजार जाने भनि हिडेका कार्की घर नफर्कीएपछि आफन्तले खोजतलास गर्ने क्रममा बुधबार दिउँसो ५ बजे खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत अवस्थामा फेला परेको कार्कीको शवलाई ईलाका प्रहरी कार्यालय मुधमल्लाले कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
तास खालबाट ६ जना पक्राउ

तास खालबाट ६ जना पक्राउ

समाचार
सुनसरी, साउन ९ गते ।  सुनसरीको हलगढाबाट तास खेल्दै गरको ६ जना पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका–२ स्थित हलगढाको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको हुन् । होटलमा पैसाको बाजी राखेर अवैध जुवा तास खेलिरहेको गोप्य सुचनाको आधारमा प्रहरी टोलिले ईटहरी उपमहानगरपालिका – २ निबासी ४८ वर्षीय डोमी चौधरी, ४५ वर्षीय झलकबहादुर कार्की, ३७ वर्षीय अनिल तामाङ, ५८ वर्षीय गोपाल निरौला, ईउमनपा – ४ निबासी ३६ वर्षीय बिदुर मिश्र र ईउमनपा – ५ निबासी २६ वर्षीय मुकुन्द काफ्ले तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले तास खेलेको ठाउबाट नगद ३५ हजार ८ सय ८० रुपैया, क्याल्कुलेटर १ थान, तास १६२ पत्ती बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीमा  राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
हेलीले राहत ताप्लि पुर्यायो

हेलीले राहत ताप्लि पुर्यायो

समाचार
उदयपुर, साउन ९ गते । १ नं. प्रदेश सरकारले राहतस्वरुप उपलब्ध गराएको खाद्यन्न ताप्ली गाउँपालिका पुर्याईएको छ । लिम्चुङबुङ लैजाने भनिएको खाद्यन्न लिम्चुङबुङमा मौसम गडबढीका कारण ताप्ली लगिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताए । नेपाली सेनाको हेलीकेप्टरमा लगिएको खाद्यान्न ताप्लीको रुपाटारमा राखिएको थियो । एकलटमा चामल २ हजार १० केजी, दाल १ सय ८० केजी, नुन १ सय ५० केजी र १ सय २० लिटर पुर्याएको हो । उदयपुरका दुई दुर्गम पालिकाहरु लिम्चुङबुङ र ताप्ली गाउँपालिकालाई प्रदेश सरकारले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएको छ । लिम्चुङबुङका लागि ७ सय क्विन्टल र ताप्लीका लागि ६ सय क्विन्टल चामल उपलब्ध गराएको छ । दाल, नुन र तेल पनि उपलब्ध गराएको छ । एकपटकमा २५ क्विन्टल चामल बोक्ने हेलिकेप्टरले आज दुईपटक लिम्चुङबुङ र दुईपटक ताप्लीमा ओसार्ने बताइएको छ । प्राप्त राहतलाई पालिकाले पिडितलाई नि...