Monday, May 4News That Matters

समाचार

लिम्चुङबुङ अध्यक्ष राहत लिएर पालिकातर्फ उडे

लिम्चुङबुङ अध्यक्ष राहत लिएर पालिकातर्फ उडे

समाचार
उदयपुर, साउन ९ गते । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई आज विराटनगरदेखि हेलिकेप्टरमा राहत लिएर उडेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको राहत चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न लिएर अध्यक्ष राई १२ : ४० बजेमा पालिकातर्फ उडेका हुन् । अध्यक्ष राईका अनुसार  सेनाको हेलिकेप्टरले राहत ढुवानी गरेको हो । उदयपुरका दुई दुर्गम पालिकाहरु लिम्चुङबुङ र ताप्ली गाउँपालिकालाई प्रदेश सरकारले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएको छ । लिम्चुङबुङका लागि ७ सय क्विन्टल र ताप्लीका लागि ६ सय क्विन्टल चामल उपलब्ध गराएको छ । दाल, नुन र तेल पनि उपलब्ध गराएको छ । एकपटकमा २५ क्विन्टल चामल बोक्ने हेलिकेप्टरले आज दुईपटक लिम्चुङबुङ र दुईपटक ताप्लीमा ओसार्ने बताइएको छ । प्राप्त राहतलाई पालिकाले पिडितलाई निःशुल्क उपलब्ध गराउने जनाएको छ ।...
सांसद राईकोे पिडितलाई राहत र पुनस्र्थापनाको माग

सांसद राईकोे पिडितलाई राहत र पुनस्र्थापनाको माग

समाचार
उदयपुर, साउन ८ गते ।  उदयपुरका संघीय सांसद सुरेशकुमार राईले उदयपुृर लगायतका बाढी पहिरो पिडित तथा प्रभावितहरुलाई राहत र पुनस्र्थापनाका लागि माग गरेका छन् । आज सांसद बैंठकमा बोल्दै सांसद राईले पिडित र प्रभावितका लागि राहत तथा पुनस्र्थापनाको माग गरेका हुन् । पहाडी गाउँपालिकाहरुका सडकहरु तहसनहस भएकाले खाद्यान्न ढुवानी र आवतजावतमा समस्या भएको भन्दै तत्काल खाद्यान्न संकट टार्न हेलिबाट ढुवानीको व्यवस्थाको माग गरे ।...
लिम्चुङबुङ र ताप्लीमा हेलिबाट खाद्यान्न ढुवानी हुने

लिम्चुङबुङ र ताप्लीमा हेलिबाट खाद्यान्न ढुवानी हुने

समाचार
उदयपुर, साउन ८ गते । प्रदेश विपद व्यवस्थापन समितिको बुधबार बसेको बैंठकले उदयपुरको कणाली पालिकाहरु लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा खाद्यान्न संकट टार्न हेलिकप्टरबाट ढुवानीको प्रवन्ध मिलाउने निर्णय गरेको छ ।  समितिका अध्यक्ष एवं आन्तरिक मामिला तथा कानुन मञ्त्रालयका मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्ष्तामा बसेको बैंठकले यस्तो निर्णय गरेको लिम्चुङबुङका अध्यक्ष मेजरकुमार राईले बताए । राहतस्वरुप प्रदेश सरकारले खाद्यान्न उपलब्ध गराउने र ढुवानीका लागि हेलिमार्फत नेपाल सरकार गृह मञ्त्रालयको सहयोग रहने उनले बताए ।  पालिकाहरुमा अबरुद्ध बाटो प्रदेश भौतिक पूर्वाधार विकास मञ्त्रालय र संघीय भौतिक पूर्वाधार मञ्त्रालयको समन्वयमा ममंत सम्भारको कार्य तत्काल अघि बढाउने निर्णय भएको पनि उनले बताए । निर्णय पत्र  ...
संयुक्त हवाई गस्तीमा कोरिया र जापानको विरोध

संयुक्त हवाई गस्तीमा कोरिया र जापानको विरोध

समाचार, संसार
एसिया प्रशान्त क्षेत्रमा रुस र चीन मिलेर पहिलो पटक गरेको हवाई गस्ति प्रति दक्षिण कोरिया र जापानले विरोध गरेको छ । आफ्नो क्षेत्रमा रुसी र चीनको विमानहरु प्रवेश गरेपछि दक्षिण कोरिया र जापानले पनि आफ्ना विमानहरु पठाएका थिए । अहिले सम्मकै लामो दूरीको हवाई गस्ती गरेको छ । लडाकु विमानहरूको साथमा चारवटा बम खसाल्ने जहाजले जापानी समुद्र र इस्ट चाइना सीमा क्षेत्रमा गस्ती गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । भने पूर्व योजना अनुसार तोकिएको हवाई मार्गमा मात्रै गस्ति गरिएको जनाएको छ ।...

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

समाचार
मोरङ, साउन ८ गते । मोरङको गोग्राहा चौकमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । विराटनगरन महानगरपालिका–३ को गोग्राहा चौकमा एम्बुलेन्सको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको हो । पैदल यात्री राजविराज नगरपालिका – ६ निबासी ५५ वर्षीय उर्मिलादेवी झालाई विहान ७ बजे ज १ च ११९५ नम्बरको एम्बुलेन्सले ठक्कर दिएर मृत्यु भएको प्रहरीले जनाएको छ । एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएकी झालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगी उपचारको क्रममा साढे सात बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।...
बेलकामा मेहन्दी उत्सव सूरु

बेलकामा मेहन्दी उत्सव सूरु

समाचार
  जयराम पुर्वछाने श्रावन महिनाको अवसर पारेर बेलका नगरपालिका शाखा कुमारी बैँङक लिमिटेडले एक हप्ते मेहन्दी उत्सव मंगलबार देखी सुरु गरेको छ । श्रावन महिना बिषेश नारीहरु मेहन्दीमा सजिने महिना भएकाले महिला र मेहन्दीको सम्धन्धलाई सम्मान गर्दै मेहन्दी उत्सवको आयोजना गरेको बैङका शाखा प्रमुख अमित कुमार झाले बताए । बैङको छूटै नारी शुभलक्ष्मी खातामा नारीहरुको उत्साह सहभागीता र उत्पे्ररणलाइ महोत्सवले सहजता बनाउने भन्दैे कार्यक्रमको आयोजना गरेको झाले बताए । कुमारी बैँङकमा रहेको छुटै खाता शुभलक्ष्मी बचत खातामा नारीहरुलाई सेवा प्रदान गरीरहेका यस बैँकले अझै प्रोत्टछसाहन पुराउन  महोत्सव सूरु गरेको पनि झाले बताए । महोत्सव सुभारम्भको औपचारिक कार्यक्रममा उक्त खाताको बिषयमा बोल्दै साहयक कर्जा अधिकृत जुडास खरेलले खाता संचालन गर्न १ सय देखी १ हजार सम्म ब्यालेन्स जम्मा गर्नूपने बताए । २०७५...
गाँजा र खैरो हेरोईन सहित ४ पक्राउ

गाँजा र खैरो हेरोईन सहित ४ पक्राउ

समाचार
  विराटनगर, श्रावण ०६ गते । मोरङ र झापाबाट प्रहरीले गाँजा र खैरो हिरोईन सहित ४ जनालाई पक्राउ गरेको छ । ३ किलो गाँजा सहित केराबारीका १८ बिर्षिय गणेश लामाला र जिग्री भुजेललाई इलाका प्रहरी कार्यलय केराबारीले पक्राउ हो । सोमार मोरङको केरावारी गाउँपालिका (१० बगैँचा चोकबाट २ बजे राती हिडिरहेको अवस्थामा चेक जाँजको क्रममा गाँजा सहित तामाङ र भुजेललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय केरावारीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । त्यसैगरी आईतवार साँझ ६ः४० बजे झापाको मेचीनगर नगरपालिका (६ भन्सार गेट अगाडीबाट खैरो हेरोईन सहित २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । लागूऔध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ६ सय मिलिग्राम खैरो हेरोईन सहित ईलामको सुर्योदय नगरपालिका(१० फिक्कल बस्ने ३१ बर्षिय अमित लिम्बु र झापा ब...
मोटरसाईकल दुर्घटनामा १ को मृत्यु

मोटरसाईकल दुर्घटनामा १ को मृत्यु

समाचार
  सुनसरी, श्रावण ०६ गते । सुनसरीको बर्जु गाउँपालिका (५ बुढीपुल नजिक आइतवार मोटरसाईकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । राती ८ बजेको समयमा बेलाहबाट देवानगंज तर्फ जाँदै गरेको (बिआर ३८ एफ ८९३८) नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनमा मोटरसाईकल चालक सुनसरी देवानगंज गाउँपालिका (२ का २५ बर्षिय धिरेन्द्र यादवको उपचारको क्रममा मृत्यु भएको छ । गम्भिर घाईते यादवको बिराट नर्सिङहोम बिराटनगरमा उपचारकोे क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सितागंज सुनसरीले जनाएको छ ।  ...
धारिलो हतियार प्रहार गरि भारतीय नागरिकको हत्या

धारिलो हतियार प्रहार गरि भारतीय नागरिकको हत्या

Breaking News 1, समाचार
  सुनसरी, श्रावण ०६ गते । सुनसरीको देवानगंज गाउँपालिका (२ रामजानकी मन्दिर परिसर भित्र आज धारिलो हतियार प्रहारबाट १ जना भारतीय नागरिकको हत्या भएको छ । हतियार प्रहारबाट भारत घर भई सोही मन्दिरमा ३÷४ दिन देखि बस्दै आईरहेका ५५ बर्षिय बिलु यादबको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यादवलाई बिहान ६ बजेतिर सोही स्थान बस्ने ५० बर्षिको महानन्द मेहेताले घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यलय सुनसरीले जनाएको छ । हतियार प्रहारबाट यादबको घटनास्थलमै मृत्यु भएको हो प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय देवानगंज र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मेहतालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...

पार्टीको छतले किचेर २ जनाको मृत्यु

समाचार
पाँचथर, श्रावण ०६ गते । पाँचथरको हिलिहाङ गाउँपालिका (७ टारी स्थित  निर्माणाधीन पार्टीको छत खसेर सोमबार २ जनाको ज्यान गएको छ । करिब विहान ८ बजे तिर यलम्बर पार्क भित्र निर्माणाधीन अवस्थामा रहेको पाटीको ढलाई सेटिङ खोल्ने क्रममा छत खसेर ५१ बर्षिय रुद्र राई र ५० बर्षिय जगत राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथर प्रहरीले घटनालाई कानुनी प्रक्रिया अनुसार अनुसन्धान गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पठाएको छ । भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...