Monday, May 4News That Matters

समाचार

जंगली च्याउ खाँदा १२ जना बिरामी

जंगली च्याउ खाँदा १२ जना बिरामी

समाचार
  उदयपुर/श्रावण ०५ गते । जंगली च्याउ खाँदा उदयपुरमा छुट्टाछुटै स्थानका ३ परिवारका १२ जना विरामी परेका छन् । त्रियुगा नगरपालिका(९ राजाबासमा १ परिवारका ५ जना र कटारी नगरपालिका(४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । शनिवार दिउँसो १ बजेको समयमा जंगली बिषादि च्याउ खाएर राजावासका ४० बर्षीय चित्र बहादुर दनुवार, निजको श्रीमती ३८ बर्षीया फुलमाँया दनुवार ,निजको छोरा २० बर्षे अनिश दनुवार , ११ बर्षीय मनिस दनुवार र १७ बर्षीया रबिना दनुवार बिरामी परेकी हुन । यसैगरी कटारी सिसाघारीकी ३५ बर्षीया टंक कुमारी दनुवार सहित निजको छोराहरु १४ बर्षीय अनिष दनुवार र ११ बर्षीय महेन्द्र दनुवार र ९ बर्षीया छोरी सुजिता दनुवार बिरामी भएका छन् भने छिमेर्की २० बर्षिय गंगाकुमारी तामाङ, १९ बर्षकी लक्ष्मी तामाङ र १७ बर्षकी समिता तामाङसमेत बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बि...
पौडी खेल्दा डुवेर वालिकाको मृत्यु

पौडी खेल्दा डुवेर वालिकाको मृत्यु

समाचार
  सुनसरी/ श्रावण ०५ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका (५ की १४ बर्षीया बालिकको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । धनकुटाको छिन्ताङ (५ स्थायी घर भएकी पवित्रा श्रेष्ठकी छोरी अनु श्रेष्ठ ७÷८ बर्ष देखी शुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका ५ स्थ्ति स्थानीय राजु अधिकारीको घरमा बस्दै आएकी थिइन् । घटना स्थलमा खटिएको महेन्द्र नगर प्रहरी टोलीले अनुसन्धान तथा कानुनी प्रक्रिया अनुसार शवलाई पोष्टमार्टमका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धानमा प्रहरी टोली खटिएको पनि महेन्द्र नगर प्रहरीले बताएको छ ।  ...

लागु औषध सहित ४ जना पक्राउ

Breaking News 1, समाचार
त्रियुगा नगरपालिका १३ असारी किरात चोक स्थित लागु औषाध सहित ४ जनालाई जिल्ला प्रहरी कार्यलय उदयपुरले शनिवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १३ का २२ बर्षे रविन राई, सोहि ठाउँका १६ बर्षे सुगम राई, २४ बर्षे दिनेश दनुवार, र १५ बर्षे प्रदिप सुर्खेती रहेको छ । उनिहरुको साथ बाट फेनारगन १८ एम्पुल , लुपिजेसिक १८ एम्पुल र डाईजोल्याप १८ एम्पुल प्रहरीले बरामद गरेको छ । उनिहरुलाई बिषेश शुराकीको आधारमा सादा पोषाको प्रयोग गरी पक्राउ गरी गरिएको प्रहरीले बताए । थप अनुसन्धान गरी कानुन बमोजिमको प्रक्रिया चलाईने प्रहरीले जनाएको छ ।...
उदयपुरको दुर्गममा हेलिबाट चालम ल्याउन माग

उदयपुरको दुर्गममा हेलिबाट चालम ल्याउन माग

समाचार
उदयपुर, साउन ५ गते ।  सडक तहसनहस भएपछि उदयपुरको दुर्गम पालिकाहरुमा खाद्यान्नको अभाव भएको छ । त्यस भेगका जनप्रतिनिधिहरुले हेलीकप्टरदेखि चालम ढुवानीको माग राखेका छन् । जिल्लाको समग्र क्षती र पिडितहरुको अवस्थाको बारेमा बुझन आएको प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको टोली समक्ष जनप्रतिनिधिहरुले गाईघाटमा आईतबार यस्तो माग राखेका हुन् । उदयपुरको कर्णाली भनेर चिनिने लिम्चुङबुङ, ताप्ली गाउँपालिका पूर्णरुपले सडक विच्छेद भएपछि त्यस भेगमा खाद्यान्नको अभाव बढेको हो । गाउँमा खाद्यान्न तथा उपभोग्य सामग्री ढुवानी नभएकाले दुर्गम गाउँका बासिन्दाहरु भोकै पर्ने अवस्था आएकाले तत्काल हेलिकेप्टरबाट भएपनि ढुवानी गरिदिन लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले माग राखे । आफु पालिकाबाट दुईदिन पैदल हिडेर सदरमुकाम आईपुगेको भन्दै जनताले गाउँमा खाद्यान्न बोकेर लैजाने अवस्था कठिन रहेको भन्...
लिटिल आईकनको अडिशन गाईघाटमा

लिटिल आईकनको अडिशन गाईघाटमा

समाचार
उदयपुर, साउन ३ गते । मिस्टर एण्ड मिस लिटिल आईकनको दोस्रो संस्करणका लागि गाईघाटमा अडिशन हुदैछ । साउन १० देखि ३२ गतेसम्म हुने प्रतियोगिताका लागि साउन ४ गते पहिलो अडिशन गाईघाटमा राखिएको हो । आयोजक ताल डान्स हाउसका सञ्चालक मिथुन ठाकुरले पहिलो अडिशन शनिबार बिहान १०ः०० बजेदेखि गाईघाटको जगतभवनस्थित ताल डान्स हाउसकै हलमा हुनेछ । ताल डान्सको सातौ वार्षिकोत्सवकै अवसर पारेर साउन ३२ गते प्रतियोगिताको ग्राण्ड फिनाले राखिएको पनि सञ्चालक ठाकुरले जानकारी दिए । सहभागीमध्ये विजयी र फस्र्ट रनरअप र सेकेन्ड रनरअपले ट्रफि, क्राउन र आकर्षक गिफ्टह्याम्पर प्राप्त गर्नेछन् भने उत्कृष्ट १० जनाले तीन महिने निशुल्क नृत्य प्रशिक्षणको मौका पाउनेछन् ।...
लिम्चुङबुङ संकटग्रस्त पालिका घोषणा, खाद्यन्न व्यवस्थापन र सडक बनाउन सहयोगको अपिल

लिम्चुङबुङ संकटग्रस्त पालिका घोषणा, खाद्यन्न व्यवस्थापन र सडक बनाउन सहयोगको अपिल

समाचार
उदयपुर, साउन ३ गते । लामो समय सम्मको खडेरीको मारमा परेको लिम्चुङबुङ गाउँपालिका  फेरी अबिरल बर्षाका कारण सं सकटग्रस्त बनेको छ । पालिकाभित्रका सडक लगायत सदरमुकाम गाईघाटबाट गाउँपालिकासंग जोडिएका मुख्य सडकहरु क्षतीग्रस्त बनेका छन् । गाईघाट–मुर्कुची–लिम्चुङबुङ–हलेसी सडक क्षतीग्रस्त छ । त्यस्तै गाईघाट–फोक्सिनटार–लिम्चुङबुङ सडक र कटारी–बेतेनी–इनामे–लिम्चुङबुङ सडक पनि उत्तिकै क्षतीग्रस्त रहेको स्थानीयले बताएका छन् । पहिरो र भेलले सडक क्षतीग्रस्त पारेकाले कुनै पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन् । सवारी साधन नचलेपछि त्यसभेगका बासिन्दाहरुलाई आवतजावत र खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्रीहरु ढुवानीमा समस्या परेको छ । स्थानीयहरु पैदलयात्रा गर्न बाध्य छन् भने खाद्यान्न पिठ्यूमा बोक्न बाध्य छन् । शुक्रबारमात्र पालिका अध्यक्ष लगायतको टोली लिम्चुङबुङबाट दुईदिनको पैदल यात्रापछि सदरमुकाम गाईघाट...
मन्त्री र अध्यक्षको पुत्ला जलाइयो, आरक्षण फिर्ता नगरे कडा आन्दोलनको चेतावनी दिदै गाईघाटमा प्रदर्शन

मन्त्री र अध्यक्षको पुत्ला जलाइयो, आरक्षण फिर्ता नगरे कडा आन्दोलनको चेतावनी दिदै गाईघाटमा प्रदर्शन

समाचार
उदयपुर, साउन ३ गते । लोकसेवा आयोगले आरक्षण कोटा हटाएकोमा विरोध गर्दै उदयपुरमा सुक्रबार प्रदर्शन भएको छ । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय समिति उदयपुरको अगुवाईमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र लोकसेवा आयोगका अध्यक्षको पुत्ला दहनसमेत गर्दै विरोध प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा नेपाल प्रहरी र प्रदर्शनकारीबीच पुत्ला खोसाखोस भएको थियो । पुत्ला जलाउन रोक लगाएको प्रहरीले खोस्न जाँदा प्रदर्शनकारीले छेकेका थिए । प्रदर्शनकारीको बीचमा जलाईएको पुत्ला नियन्त्रण गर्न प्रहरीलाई कठिन भएको थियो । बलजप्mती प्रदर्शनकारीलाई हटाउदै प्रहरीले पुत्ला खोसेको थियो । पुत्ला खोसेपनि प्रदर्शनकारीले लोकसेवाको आरक्षण हटाउने निर्णय कागज जलाएका थिए । मुख्यचौकमा जलाउदै सरकार विरुद्ध चर्को नाराबाजी गरेका प्रदर्शनकारीले आदिबासी, जनजाती, अपांग, दलित लगायतको आरक्षण कोटा हटाएर स्वयम...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
    सुनसरी, श्रावण ०३ गते  सुनसरीको इटहरी उप(महानगरपालिका(१२ स्थित बि।एस।मेटल फ्याक्ट्रीका कामदार ३० बर्षीय यादव श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार दिउँसो साँढे ३ बजेको समयमा फ्याक्ट्रीको लाईनको मेन स्विच चलाउने क्रममा करेन्ट लागी बेहोस भएका थिए । श्रेष्ठको बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान स्थित उपचारको क्रममा दिउँसो ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।    ...

हाईड्रो पावरका कामदार मृत फेला

समाचार
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका(११ मा रहेको लोयर सोलु हाईड्रो  पावर कम्पनीका कामदार  ३२ बर्षीय जय देव ईन्टि भारतको आछाममा मृत अवस्थामा फेला परेको छ । असार २१ गते देखि हराई बेपत्ता भएका ईन्टिको खोजतलासको क्रममा बिहिवाट दिउँसो २ बजे दाल्दु खोलाको किनारामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मृतकको कानूनी प्रकृया अनुसार शव परिक्षणको लागि जिल्ला अस्पताल फाप्लु पठाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।  ...

भिरबाट लडेर १ को मृत्यु

समाचार
खोटाङ, श्रावण ०३ गते । खोटाङको हलेसि तुवाचुङ नगरपालिका(७ का ४० बर्षीय गणेश बि।क।को भिरबाट लडेर मृत्यु भएको छ । बिहिवार अपरान्ह ५ बजे घरबाट दुध बेच्न भनी हलेसी बजार तर्फ हिडेका बि।क। दुध बेचेर फर्कने क्रममा बाटोको तारेभिरबाट अचानक लडी मुत्यु भएको हो । भिरबाट करिव २०० मिटर तल खस्दा घटनास्थल मै विबको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । घटनास्थलमा प्रहरीले अनुसन्धान गरी कानूनी प्रकृया अनुसार शव परिक्षणको लागि जिल्ला अस्पताल खोटाङ पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।  ...