Monday, May 4News That Matters

समाचार

बाढीले बेपत्ता भएका बालक मृत फेला

समाचार
झापा, श्रावण ०३ गते । झापाको बाह्रदशी गाउँपालिका(३ का केदार खड्काको ११ बर्षीय छोरा बिजय खड्का अदुवा खोलाको किनारामा मृत फेला परेका छन् । असार ३१ गते दिउँसो अदुवा खोलामा खेल्न गएका बालक बेलुका सम्म फर्किएर नआए पछि बाढीले बगाएको आशंकामा खोततलास शुरु गरिएको थियो । खोजतलासकै क्रममा बिहिवार दिउँसो ३ बजे अदुवा खोलाको किनारामा रुखको कापमा मृत अबस्थामा बालकको शव फेला परेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।...
२७ घरपरिवारलाई राहत सहयोग

२७ घरपरिवारलाई राहत सहयोग

समाचार
  उदयपुर/साउन, २ उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ६ नेपालटारका बाढी पिडित २७ घर परिवारलाई बिहिबार राहत सहयोग गरिएको छ । जिल्ला प्रशासन कार्यलयको अगुवाईमा नेपाल रेडक्रस सोसाईटी, ओरेक नेपाल गैसस महासंघ र जाल्पा एकिकृत विकास समाजको संयुक्त आयोजनामा राहत सहयोग वितरण गरिएको हो । जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सिडियो धुर्व बहादुर खड्का, एसपि बिर बहादुर बुढा मगर, सशस्त्र प्रहरीका एसपी विजय कुमार खड्का लगाएत उदयपुरगढी गाउँपालिका अध्यक्ष र संघसस्थाहरुको टोलीले सहयोग राहत वितरण गरे । लगतार बर्षाको कारण डुवान तथा पहिरोमा परेका घरपरिवारलाई तत्कालका लागि व्यवस्थापन गर्न अति आवश्यक सामाग्रीहरु वितरण गरिएको छ । प्रत्यक परिवारको सदस्यहरुलाई नेपाल रेडक्रस सोसाईटीले त्रिपाल १ थान, कमल २ थान, खारी पिस १ थान, भाडा सेट १ थान, धोती १ थान,वाल्टिन १ थान, तेरी कटन कपडा ४ मिटर, सादा ...
चौथो नगरसभाद्वारा पारित बजेट तथा कार्यक्रम सार्बजनिक

चौथो नगरसभाद्वारा पारित बजेट तथा कार्यक्रम सार्बजनिक

समाचार
  १ साउन ,२०७६ कटारी–उदयपुरको कटारी नगरपालिकाले आज आर्थिक वर्ष २०७६र७७ का लागि २९ असारमा सम्पन्न चौथो नगरसभाले पारित गरेको बजेट तथा कार्यक्रम सार्बजनिक गरेको छ । नगर प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख उपमेयर भिमकुमारी राउतको उपस्थितिमा नगरपालिका स्थित पत्रकार सम्मेलन गर्दै नगर प्रवक्ता कृष्णराज दनुवारले बजेट तथा कार्यक्रम सार्बजनिक गर्नुभएको हो । दनुवारले यस वर्ष नगरपालिकाले पूर्वाधार विकासमा जोड दिएको बताउनुभयो । ‘५० लाख बढीको पूर्वाधार विकासका ठूला आयोजनालाई विशेष प्राथमिकतामा राखेका छौं ।’उहाँले भन्नुभयो –‘वडाबाट आएका आयोजनालाई पनि पूर्वाधार विकासका दृष्टिले प्राथमिकतामा राख्ने निर्णय भयो ।’ यस अघि नै १३ असारमा नीति तथा  कार्यक्रम सार्बजनिक गर्दै नगरपालिकाको चौथो नगर सभाले ६८ करोड १३ लाख ८० हजार बराबरको बजेटमाथि नगरका योजनाहरु निर्माण गरिने सार्बजनिक भईसकेको ...
त्रियुगा पुल जोगाउन रातारात काम, सिडियो र एसपी खटिए

त्रियुगा पुल जोगाउन रातारात काम, सिडियो र एसपी खटिए

समाचार
उदयपुर, साउन १ गते । उदयपुर सदरमुकामको त्रियुगा पुल बचाउन रातरात काम भईरहेको छ । पुल जोखिममा देखिएपछि बुधबार राती प्रमुख जिल्ला अधिकारी धु्रबबहादुर खड्का र जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगर नै खटिएर काम गराएका छन् । प्रजिअ खड्काले त्रियुगाको पुल क्षती भएको खण्डमा सदरमुकाम मात्र नभई सिंगो पहाडी क्षेत्रको आवतजावत तथा सामान ढुवानीको बाटो नै बन्द हुने भएकाले जोगाउने कार्यमा तदारुक्दा देखाइएको बताए । “पुलमा क्षती भएको खण्डमा ठूलै समस्या ब्यहोर्नु पर्ने हुन्छ” उनले भने “त्यसैले विशेष चासो दिनु परेको हो ।” त्रियुगाको बाढी पुलको उत्तरी पिलरमा मात्र ढल्केपछि पुल जोखिममा परेको छ । बाढीले खोतल्दै जाँदा पुलको खम्बा कमजोर बन्ने अवस्था छ । बाढीको बहाव दुबैतिर फैलाइ पुलमा क्षती कम गराउन जेसीबीले खनेर पानीको वहाव मिलाउने काम भईरहेको हो । त्रियुगा नगरपालिका र सडक कार्यालयबाट गरी दुईव...

पहिरोमा पुरिएर बेपत्ता महिला फेला

समाचार
उदयपुर, असार ३१ गते । उदयपुरको डिल्लीबरमा गत राती आएको पहिरोले पुरिएर बेपत्ता भएको एक महिला मृत अवस्थामा फेला परेको छ । रौतामाई गाउँपालिका –८ डिल्लीबर निबासी ५५ वर्षीय रनमाया मगरलाई पहिरोले पुरेर बेपत्ता बनाएको थियो । गत राती करिब १ बजे अचानक आएका पहिरोले घरमा सुतिहेको मगरलाई पुरेर बपत्ता बनाएको थियो । मगरको नाती ९ वर्षीय महेश मग्रान्जा मगर घाईते भएको प्रहरीले जनाएको छ । माथीबाट आएको पहिरोले घरलाई पुरी क्षती पु¥याएको छ । ईलाका प्रहरी कार्यालय रौतामाईको प्रहरी टोलीले घाईते बलकलाई जिवितै उद्धार गरी उचारको लागि विपि कोईराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा पठाएको छ भने पुरीएको ठाउँबाट विहान साढे ८ बजे मृत वस्थामा मरको शव निकालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
पैनिमा डुबेर एकको मृत्यु एक जना बेपत्ता

पैनिमा डुबेर एकको मृत्यु एक जना बेपत्ता

समाचार
मोरङ, असार ३१ गते ।  मोरङको पथिरी शनिशचरेमा  पैनिमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएका छन् । पथरी शनिशचरे नगपालिका – ६ निबासी राजिव तामाङको ११ वर्षीय छोरी सृजना तामाङ र ईलाम दानाबारी – ९ निबासी तामाङकै घरमा बस्दै आएका कृष्ण तामाङको ८ वर्षीय छारी प्रिति तामाङ दिउँसो करिब पौने १ बजे कलभर्टमा साईकलबाट लडेर पैनिमा खस्दा बेपत्ता भएका  प्रहरीले जनाएको छ । बालिकाहरु पुफुको घर सुनबर्सी नगरपालिका हिडेका थिए । पैनीमा खसि बेपत्ता भएका मध्ये करिब एक सय मिटर तल प्रिति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । फेला नपरेको सृजनाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु

समाचार
ओखलढुङ्गा, असार ३१ गते । ओखलढुङ्गाको चिसङ्खुगढीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । चिसङ्खुगढी गाउँपालिका – ६ निबासी २२ वर्षीय कविता आलेमगर घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । विहान करिब ६ बजे घर नजिकैको जंगलमा घाँस काट्न गएका मगर भिरबाट लडेर गम्भिर घाईते भएकी थिईन् । घाईते मगरको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।...

ट्रयाक्टरमा चेप्टिएर एक जनाको मृत्यु

समाचार
सुनसरी, असार ३१ गते । सुनसरीको जमुवामा ट्रयाक्टरले चेप्टिएर एक जनाको मृत्यु भएको छ । ईनरुवा नगरपालिका–९ जमुवामा ट्रयाक्टरले चेप्ट्याएर २४ वर्षीय चन्दनकुमार मेहेताको मृत्यु भएको हो । खेत जोत्ने क्रममा ट्रयाक्टर हिलोमा फँसेपछि निकाल्न प्रयास गर्दा बिहान साढे ९ बजे को २ त ८३४० नम्बरको ट्रयाक्टरले चेप्ट्याएर मेहेता गम्भिर घाईते भएका थियो । घाईते मेहेतालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगि उपचारको क्रममा करिब १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
छौडिया खोलाको बाढीले ठूलो धनजनको क्षती

छौडिया खोलाको बाढीले ठूलो धनजनको क्षती

समाचार
उदयपुर, असार ३१ गते । छौडिया खोलामा एक्कासी आएको बाढीले रौतामाई गाउँपालिका ७ मुर्कुची बजारमा धनजनको क्षती पुर्याएको छ । एक बालकको मृत्यु, एक गम्भिर घाईते हुनेगरी मुर्कुची बजारमा पसेको बाढीले एक दर्जनमा क्षती पुर्याएको छ सयको हाराहारीमा घरपरिवार प्रभावित बनेकाछन् । खानेपानी योजनाको भवन बगाएको छ भने कृषि केन्द्र भवन र सव डिभिजन कार्यलयको भवनमा क्षती पुर्याएको छ । घरगोठ बगाएसंगै संगुर, राँगा, खसी बाख्रा बगाउनुका साथै धान रोपिसकेका खेतहरु बगरमा परिणत भएकाछन् । रातमाटे भन्ने ठाउँमा पहाड भत्किएर खोला थुनिएको र राती एक्कासी जमिएको पानी बाढीको रुपमा बग्दा मुर्कुची बजारमा ठूलो क्षती भएको हो । प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु र गाउँपालिकाका अध्यक्ष सहितको टोलीले विहान घटना स्थलको निरिक्षण गर्ने क्रममा उक्त कुरा पत्ता लागेको हो । बजारबासीले दिउसो खोलामा पानीकम देखे पनि वर्षाद घटेको ...
समाजबाद र कम्युनिस्ट चाहनेले अमेरिका छाडे हुन्छ ः ट्रम्प

समाजबाद र कम्युनिस्ट चाहनेले अमेरिका छाडे हुन्छ ः ट्रम्प

समाचार, संसार
असार, ३१ गते ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौती ट्वीटमार्फत दिएका छन् । ट्रम्पले तीन पटक ट्वीट गर्दै खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीलाई समेत एक मुस्टमा प्रहार गरेका हुन् । अमेरिका समाजवादी र कम्युनिस्ट कहिलै हुन नसक्ने भन्दै यसबाट दुःखी हुनेहरु अमेरिका छाडे हुन्छ नत्र एक्लो छनौट हुने ट्रम्पले बताएका छन् । पछिल्लो समयमा आएर केही व्यक्तिले अमेरिकालाई घृणा गरिरहेकाले यस्ता व्यक्ति इजरायल विरोधी, अलकायदा समर्थक रहेको ट्रम्पले बताएका छन् । वामपन्थी डेमोक्र्याटहरुले खुला सिमाना चाहेको र त्यसबाट लागू पदार्थ, अपराध र मानव बेचबिखन जस्ता जघन्य कार्यलाई प्रोत्साहन दिन खोजेको ट्रम्पले आरोप लगाएका छन् । अमेरीकी सैनिक शक्तिको पुनर्गठन, सवै भन्दा कम बेरोजगारी, अहिलेसम्मकै उच्च स्टक मार्केट गर्नमा सफल भएकाले अमेरिका अहिलेजतिको बलियो ...