Saturday, May 2News That Matters

समाचार

उदयपुर अस्पताललाई १ सय बेडमा स्तरवृद्धि गर्ने स्वास्थ्य मन्त्री राईको प्रतिबद्धता

Breaking News 2, समाचार, स्वास्थ्य
गाईघाट÷पूर्णपुष्टि, मंसिर १६ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले जिल्ला अस्पताल उदयपुरलाई १०० बेडमा स्तरोन्नति गर्ने पहल गर्ने घोषणा गर्नुभएको छ । जिल्ला अस्पताल उदयपुरको नवनिर्मित प्रसूति भवन उद्घाटन गर्दै स्वास्थ्य मन्त्री राईले अस्पताललाई १०० बेडमा स्तरोन्नति गर्न फाइल क्याबिनेटमा लाने र पास गर्ने जिम्मा स्वास्थ्य मन्त्रीको हैसियतमा आफूले नै लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कोशी प्रदेश सरकारले पहिले नै स्वास्थ्य मन्त्रालय मार्फत वोनिङ स्वीकृति क्याबिनेटमा लगिएको उहाँले जानकारी दिनुभयो । जेन्जिङ मोमेन्ट नभएको भए अस्पताल स्तरोन्नतिको फाइल पहिले नै स्वीकृत भइसक्ने बताउँदै उहाँले जेन्जी मोमेन्ट र त्यसपछिको विपत्तिले कोशी प्रदेशमा ठूलो आर्थिक क्षति भएको बताउनुभयो । मन्त्री राईले जिल्ला अस्पताल उदयपुरलाई १०० बेडमा स्तरोन्नति गर्ने हो भने कल्पना...
मुर्कुचीमा अबैंध ढुङ्गा उत्खनन् र विक्री

मुर्कुचीमा अबैंध ढुङ्गा उत्खनन् र विक्री

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, मङ्सिर १६ । उदयपुरको रौतामाई गाउँपालिका –८ मुर्कुची बजार क्षेत्रमा नीजि जग्गाको बाहानामा अबैधरुपले ढुङ्गा निकालेर विक्री भइरहेको छ । उक्त कार्यमा रौतामाई गाउँपालिकाका निवर्तमान पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्का, निर्माण ब्यवसायी स्थानीय उद्धव राउत र मुर्कची–पुवारे–रौता निकास सडक आयोजनाको ठेकेदार कम्पनी अजय–स्वयम्भु–लामा जेभी निर्माण कम्पनीको नाम मुछिएको छ । निवर्तमान पालिका अध्यक्ष खड्का र राउतले नीजि जग्गामा जेसिबी नै प्रयोग गरी ढुङ्गा ठुलो मात्रामा उत्खनन् गरेको र अबैधरुपले सडक ठेकेदार कम्पनीलाई बिक्री वितरण गरेको स्थानीय युवा तथा जेन्जी समुहले बताएका छन् । नीजि जग्गामा एक मिटर भन्दा अधिक गहिरो जेसिवि मेसिन प्रयोग गरी उत्खनन् गरेर टिफरले ढुङ्गा ढुवानी गरेको बताइएको छ । रातारात सयौं टिपर ढुङ्गा निकासी गरेको उनीहरुले बताएका छन् । नीजि जग्गाकै भएपनि विना प्रक्रिया, स्...
उदयपुरमा भिरबाट बोलेरो खस्दा चालकको मृत्यु

उदयपुरमा भिरबाट बोलेरो खस्दा चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर १६ । उदयपुरको कटारी नगरपालिका–१४ पाखिमारे त्रिचालिस किन्दु भिरबाट बोलेरो गाडी खस्दा सोमबार चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको महालक्ष्मी न.पा. ९ लिबु बस्ने ३४ बर्षीय दिपेन्द्र के.सी. रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार साझँ अन्दाजी साढेँ ५ बजेको समयमा काठमाडौंबाट उदयपुरको ताप्ली गा.पा. ५ रुपाटार जादैँ गरेको गाडी पाखिमारे त्रिचालिस किन्दु भिर स्थित सिद्धिचरण लोकमार्गमा सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो । लाशको सनाखत गर्ने क्रममा के.सी. गत शनिबार सुमो गाडी चलाई काठमाडौंबाट रुपाटार हिडेका उनको अन्तिम पटक परिवारसँग सोही दिन बेलुकाको ८ बजेर ४४ मिनेटमा फोन सम्पर्क भएको प्रहरी स्रोतले जनाएको छ । उक्त लाश कानूनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि आज बिहान ३ बजेको समयमा प्रादेशिक अस्पताल कटारी उदयपुरमा ल्याई राखिएको छ...
उदयपुरमा लागुऔषध सहित १ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित १ युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर १६ । उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ता स्थितमा लागुऔषध सहित १ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–७ भर्ले बस्ने २३ बर्षीय किरण नेपाली रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार दिउँसो ४ बजेको समयमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले नेपालीलाई लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट औपीडोल–८० ट्याव्लेट, डायजेपाम–२ एम्पुल र फेनारग–२ एम्पुल गरी ८० ट्याव्लेट र ६ एम्पुल बरामद गरेको हो । पक्राउ परेका उनलाइ जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
बोक्सेमा तेस्रो वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा कोशी प्रदेश प्रहरी रानी बिजयी

बोक्सेमा तेस्रो वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा कोशी प्रदेश प्रहरी रानी बिजयी

Breaking News 1, खेलकुद, समाचार
सुनिल राई÷गाईघाट, पूर्णपुष्टि, मंसिर ११ । त्रियुगा नगरपालिका वडा नं. १० बोक्सेमा आजदेखी तेस्रो वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । बोक्सेस्थित गंगा खेल मैदानमा भएको उद्घाटन खेलमा कोशी प्रदेश प्रहरी रानी बिराटनगरले 11 स्टार फुटबल क्लब बोक्सेलाई पेनाल्टि सुटआउटमा ४–१ गोलले हराएको हो । निर्धारित समयमा दुबै टोलीले रोमाञ्चक गोल रहित बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा कोशी प्रदेश प्रहरी रानी बिराटनगरले बाजी मारेको हो । यस खेलको म्यान अफ द म्याच बिराटनगरका जर्सी नं. १ का गोल रक्षक सुरज साक्य बने । उनले नगद सहित मेडल र फ्लेक्स प्राप्त गरे । भोली हुने दोस्रो खेल गोलबजार युनाईटेल फुटबल क्लब र मलिथम फुटबल क्लब बिच हुनेछ । आजदेखी सुरु भएको प्रतियोगिता मंसिर २० गतेसम्म संचालन हुनेछ । वडा युवा तथा खेलकुद विकास समिति त्रि.न.पा–१० बोक्सेद्धारा आयोजित यस प्रतियोगितामा १० ...
जिल्ला अस्पताल उदयपुरमा जेजनीको प्रश्नै प्रश्न

जिल्ला अस्पताल उदयपुरमा जेजनीको प्रश्नै प्रश्न

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/ गाईघाट/ मंसिर ११ गते । जिल्ला अस्पताल उदयपुर भर्खरै प्रदेशमै उत्कृष्ट बन्न सफल भएको छ । अस्पताल प्रदेशको उत्कृष्ट बन्दै गर्दा यता सेवाग्राही र विरामीहरु भने उत्ति खुसी छैन् । अस्पतालको ढिला सुस्ती, रुखो बोली र सेवामुखी चुस्त दुरुस्त नभएको भन्दै उनिहरु खुसी छैन । यही कुराहरुलाई उठान गर्दै उदयपुर अस्पताललाई जेनजी युवाहरुले भने प्रश्न गरेको छ । शुक्रबार अस्पताल प्रशासनको जिम्मेवारी ब्यक्तिहरुको उपस्थितिमा जेनजीहरुले प्रश्न गरेको छ । जेनजी उदयपुरका अध्यक्ष सुरेन्द्र राईले अस्पताल सुधारका लागि आवश्यक अवस्थालाई तत्काल ब्यवहारमा उतार्न सुझाव दिएको छ । साम्पाङ् लगायत उपस्थित जेनजीहरुले अस्पतालको रुखो बोली, ढिला सुस्ती, पार्दर्शीता, कर्मचारी पारिश्रमीक, नियुक्ती, सरसफाई, शव वहान, एम्वुलेन्स, सामाजिक सुरक्षा सेवा, विमा, स्वच्छ खाना लगायतमा कुरा उठाएका थिए । साम्पाङले भएको सुधार प्रति...
साझा सेवा घर नयाँ भवनमा प्रवेश

साझा सेवा घर नयाँ भवनमा प्रवेश

Breaking News 2, भिडियो, समाचार
https://youtu.be/wC7OMRSQkvM?si=_zcF0kyuwW1Z5muo पूर्णपुष्टि, उदयपुर, मंसिर ११ । उदयपुरको गाईघाटस्थित साझा सेवा घर उदयपुर आज नयाँ भवनमा प्रवेश गरेको छ । संघीय सरकार सहरी विकास मञ्त्रालयको अढाइ करोड लगानीमा त्रियुगा नगरपालिका १२ मा निर्मित नयाँ भवनमा आज साइत बनाइ प्रवेश गरेको सेवा घरकी अध्यक्ष गिता खड्का कार्कीले बताउनुभयो । नयाँ भवनमा वालवालिका रमाएका छन् । अभिभावक विहिन बालबालिकाको अभिभावक तथा संरक्षणको भुमिकामा रहेको साझा सेवा घरमा हाल ११ जना बालबालिका छन् । उनीहरुको पालनपोषण, शिक्षा, स्वास्थ्य र सबैखाले संरक्षकत्वको भुमिका सेवा घरको रहेको छ ।...
एमाले त्यागेको भन्दै नगरपालिकाले कार्वाही गरेको पत्र च्याते अध्यक्ष अधिकारीले

एमाले त्यागेको भन्दै नगरपालिकाले कार्वाही गरेको पत्र च्याते अध्यक्ष अधिकारीले

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/चौदण्डीगढी/ मंसिर ७ गते । उदयपुरको चौदण्डीगढी नगरपालिकामा यतिवेला मेयर र वडा नं ७ का वडाअध्यक्षको वार चलिरहेको छ । उक्त पत्रको आशय भने अध्यक्ष अधिकारीले एमाले पार्टी त्यागेकै कारण जिम्मेवारी बाट रोक लगाएको बुझिन्छ । पत्रमा उल्लेख गरिए अनुसार एमाले पार्टीबाटै निर्वाचित भएर एमाले त्यागेको भन्दै अबको समय वडा नं ७ को काम कार्वाही नगर्न पत्रमा भनिएको छ । निर्वाचित पार्टीबाटको कार्वाहीको आधारमा अध्यक्ष अधिकारीलाई काम नगर्न पत्रमा भनिएको हो । तर वडाअध्यक्ष अधिकारीले भने यो कार्वाहीको पत्र कागजको खोस्टा बराबर मानेर च्यातेका छन् । उनले निर्वाचन आयोगबाट आएको पत्र भए मात्रै स्वीकार्ने बताए । पार्टी त्यागेकै आधारमा नगरपालिकाको लेटरप्याडमा अध्यक्षलाई मेयरले हटाउन पाउने अधिकार नरहेको उनको आशय छ । उनले नगरपालकाको कार्वाही भन्दा पनि जनताको मत ठुलो रहेको समेत बताए । मेयरले यस्ता कागजहरु लेखिरह...
कोशी प्रदेशकै लामो मोटरेबल पक्की पुल समयावधिभन्दा एक वर्षअघि नै सम्पन्न, भौतिक तथा स्वास्थ्य मन्त्री राईले गरे उद्घाटन

कोशी प्रदेशकै लामो मोटरेबल पक्की पुल समयावधिभन्दा एक वर्षअघि नै सम्पन्न, भौतिक तथा स्वास्थ्य मन्त्री राईले गरे उद्घाटन

Breaking News 2, समाचार
पूर्णपुष्टि÷गाईघाट, मङ्सिर ७ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवसेरा र जन्तेढुङ्गा गाउँपालिका–१ बीचको बुवाखोलामा नवनिर्मित कोशी प्रदेशकै लामो मोटरेबल पक्की पुल सञ्चालनमा आएको छ । शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले रिवन काटेर उद्घाटन गरेसँगै १४८.०४ मिटर लम्बाइको मोटरेबल पक्की पुल सञ्चालनमा आएको हो । २०८१ वैशाख ३० गते सम्झौता गरेको जय बागेश्वरी चुरिया रेग्मी जे.बी. गाईघाट निर्माण कम्पनीले समयावधि भन्दा एक वर्ष अगाडि नै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको हो ।कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएको यो पुल हालसम्म कोशी प्रदेशमा बनेको सबैभन्दा लामो पक्की पुल हो । करिब १७ करोड ५८ लाख ६९ हजार रुपैयाँ लागतमा बनेको पुल सञ्चालनमा आएपछि खोटाङको दक्षिणी क्षेत्र र भोजपुरका हजारौँ बासिन्दा सहज र सुरक्षित रूपमा तराईसँग जोडिए...
एमाले पार्टी त्यागेको भन्दै वडाअध्यक्ष अधिकारीलाई वडाको जिम्मेवारीमा रोक

एमाले पार्टी त्यागेको भन्दै वडाअध्यक्ष अधिकारीलाई वडाको जिम्मेवारीमा रोक

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, चौदण्डीगढी, मंसिर ६ गते । चौदण्डीगढी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशव अधिकारीलाई नगर प्रमुख कालुमान लामाले जिम्मेवारीमा रोक लगाएको छ । एमाले पार्टी बाट निर्वाचित अध्यक्ष अधिकारीले पार्टीको गलत निर्णयहरु विरुद्ध आवाज उठाएको र राजिनामा माग गरी पार्टी पारित्याग गरेको अधिकारीलाई नगरपालिकाले जिम्मेवारीबाट हटाएको हो । एमाले बाट निर्वाचित भएका अध्यक्ष अधिकारीले पार्टी प्रति कपोकल्पित कुराहरु गरेको पार्टीको साधारण सदस्य समेत नरहने गरी मागिएको राजिनामा स्वीकृत भएको भन्दै अबको समयमा नगरपालिकाको ७ नं वडाको अध्यक्षको रुपमा रहन नसकिने र काम कार्वाही संञ्चालन नगर्न भन्दै जानकारी गराएको छ । अध्यक्ष अधिकारीको ठाउँमा वडा सदस्य बलराम मगरलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको छ । अधिकारीले पार्टीको निति र निर्णयहरु पछिल्ला समय खराब भएको भन्दै आलोचना गर्दै आएका थिए । पार्टीको पछिल्लो ...