टि–२० विश्वकप एसिया छनोटको सेमिफाईनलमा नेपालले युएईसँग खेल्ने
पूर्णपुष्टि, कार्तिक १६ । आइसिसी टि २० विश्वकप एसिया छनोटको सेमिफाईनलमा नेपालले युएईसँग खेल्ने भएको छ । नेपाल ओमानसँग पराजित हुँदै उपविजेता बनेपछि समुह बि को बिजेता युएईसँग प्रतिष्पर्धा गर्ने भएको हो ।
बिहिबार युएईले हङकङलाई हराउँदै समुह बी को बिजेता बनेको हो । अब नेपालले सेमिफाईनलमा समुह ‘बी’ को विजेता युएईसगँ भोली शुक्रबार बिहान ११ बजे मुलपानी मैदानमा खेल्नेछ । ओमानले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ।
सेमिफाईनल जित्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन् । सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाललाई १० वर्षपछि टी–२० विश्वकप खेल्ने अवसर छ।
समुह विजेताका लागी आज भएको खेलमा ओमानसँग पराजित हुदैँ नेपाल समुह उपविजेता बनेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान भएको प्रतिष्पर्धात्मक खेलमा ओमानसँग ५...








