मलेसियामाथि किर्तिमानी जित सहित नेपाल सेमिफाईनलमा
पूर्णपुष्टि, कार्तिक १४ । टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल सेमिफाईनलमा प्रवेश गरेको छ । घरेलु टोली नेपालले समुह चारणको दोस्रो खेलमा मलेसियामाथि किर्तिमानी जित निकाल्दै सेमिफाईनल पुगेको हो ।
सोमबार दिउँसो कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै सेमिफाईनलमा स्थान पक्का गरेको हो । मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको नेपालले १२ बल अगावै ४ विकेट गुमाएर पुरा गरेको हो । यो नेपालले टी–२० अन्तर्राष्ट्रियमा पार गरेको अहिलेसम्मकै ठूलो स्कोर हो। यसअघि नेपालले गत साता युएईविरुद्ध १६५ रनको लक्ष्य पूरा गरेको थियो।
नेपालका लागी कुशल मल्लले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे । उनले ३४ बलमा ७ छक्का र २ चौका हिर्काउँदै ६५ रन बनाए । ओपनर कुशल भुर्तेलले २४ बलमा ४ छक्का र ४ चौका हिर्काउँदै ४३ रनको योगदान गरे । अर्का ओपनर ...









