Tuesday, August 25News That Matters

समाचार

दशैं अवधिमा सवारी दुर्घटनामा परी कोशीमा १६ जनाको मृत्यु

दशैं अवधिमा सवारी दुर्घटनामा परी कोशीमा १६ जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १२ । कोशी प्रदेशमा दशैंको अवधिमा सवारी दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन् । कार्तिक ५ गते फुलपातिबाट कात्तिक ११ गते कोजाग्रत पुर्णिमासम्म १३५ वटा सवारी दुर्घटना भएको नेपाल प्रहरीको राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । नेपाल प्रहरीको राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार १३५ वटा सवारी दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन् भने २६५ घाईते भएका छन् । जसमध्ये ४१ जना गम्भिर घाईते भएका छन् । दशैंमा ६ हजार ६२८ वटा सवारी साधन कारवाहीमा पर्दा ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७९–०८० को दशैंमा कोशी प्रदेशमा १८० वटा गाडी दुर्घटनामा भएको थियो । जसमा १६ जनाको मृत्यु भएको थियो भने २२६ जना सामान्य घाइते भएको थियो ।...
सिमा नाकामा तालिम प्राप्त कुकुर सहित कडाईका साथ चेकिङ

सिमा नाकामा तालिम प्राप्त कुकुर सहित कडाईका साथ चेकिङ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १२ । झापाको भद्रपुर स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सिमावर्ती एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुर सहित कडाइका साथ चेकजाँच गरिदै आएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालले जानकारी दिए । हिजो बिहानबाट भद्रपुर नगरपालिका५ स्थित मेचीपुल तथा आसपासका एरियामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोली तथा २ वटा तालिम प्राप्त कुकुर सहितको चेकिङ टोलीले सिमा नाकामा आवत जावत गर्ने सवारी साधन तथा संकित मानिसहरुलाई चेकजाँच गर्दै आईरहेको डिएसपी दाहालले बताए । कोशी प्रदेश अन्तरगत रहेका मुख्य सिमा नाका सहित अन्य सिमा नाकाहरु तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक...
खोहरीया थारु बंशावली समाजको नेतृत्वमा पुन : मदन चौधरी

खोहरीया थारु बंशावली समाजको नेतृत्वमा पुन : मदन चौधरी

Breaking News 2, समाचार
पूर्णपुष्टि, ११ कार्तिक । खोहरीया थारु बंशावली समाजको छैठौं केन्द्रिय अधिवेशन सम्पन्न भएको छ । विहिवार त्रियुगा नगरपालिका वडा नम्वर ८ उत्तराईटोल देउरीमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले पुनःमदन चौधरी९खोहरीया थारु०को नेतृत्वमा १३ केन्द्रिय कार्यसमिती सर्वसहमत चयन गरेको छ । पुनः निर्वाचित अध्यक्ष चौधरी उदयपुरवाट तेस्रो कार्यकालको लागी सर्वसहमत नेतृत्वमा चयन भएको निर्वाचन मण्डलका संयोजक घुरन प्रसाद चौधरीले बताए । यस्तै उपाअध्यक्षमा शसिकला चौधरी र भिखन चौधरी चयन भएका छन् । सचिवमा दिलिप कुमार चौधरी,सह सचिवमा शुभनरायाण चौधरी,कोषाअध्यक्षमा कुशेश्वर चौधरी चयन भएका छन् । यस्तै सदस्यहरुमा क्रमशः रेखा देवी चौधरी,जयनरायण चौधरी,श्रवण कुमारी चौधरी,पाचु चौधरी,सुस्मा कुमारी चौधरी,दिलिप चौधरी र इन्दु चौधरी चयन भएका हुन । यस्तै अधिवेशनले सुनसरी,मोरङ,सिरहा,सप्तरी र उदयपुर जिल्लाको छुट्टै जिल्ला कार्यसमि...
साउनेमा ‘दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिता-२०८०’ सुरु

साउनेमा ‘दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिता-२०८०’ सुरु

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि,काक्तिक १० । उदयपुरको त्रियुगा नगरपालिका वडा नं.१४ साउनेमा आजबाट ‘दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिता-२०८०’ सुरु भएको छ । शुक्रवार डहर फुटबल क्लवको आयोजना साथै स्थानीय युवहरुको रोहवरमा दशै तिहारलाई लक्षीत गरी वडा स्तरिय खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन स्थानीय युवा नेता तथा समाज सेवीहरुद्धारा मुख्य रेफ्रि अनमोल राईलाई संयुक्त बल हस्तान्तरण गर्दै खेल सुर भएको हो । उद्घाटन पहिलो खेलमा वगार्छी फुटबल क्लव(वि) र आयोजक(ए) बिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा (बरगाछी)ले आयोजकलाई ट्राईवेकर मार्फत ३को विरुद्ध ४ गोल गर्दै वगार्छीले सुरुवाती जित निकालेको छ । यस्तै प्रतियोगिताको दोस्रो खेल बरगाछी(ए) र साउने फुटबल क्लव(ए) बिच प्रतिस्पर्धा भएको थियो । दोस्रो खेलमा भने साउनेले बरगाछी(ए)लाई ७ गोलले पछि पर्दै साउने फुटबल क्लव(ए)ले फराक...
उदयपुरगढीमा माहाकाली भगवतीको मूर्ति स्थापना

उदयपुरगढीमा माहाकाली भगवतीको मूर्ति स्थापना

ट्रेन्डिङ, समाचार
पूर्णपुष्टि, ६ कार्तिक उदयपुरको ऐतिहासिक स्थल उदयपुरगढीमा माहाकाली भगवतीको मुर्ति राखिएको छ । ऐतिहासिक तथा पुरातात्वीक महत्वो बोकेको उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नति कार्य सम्पन्न भए सँगै उक्त मूर्ति स्थापना गरिएको हो । सदरमुकाम गाईघाटबाट ३८ किलोमिटर उत्तर पश्चिमा र समुद्र सतहदेखि ११६० मिटरको उचाईमा रहेको उदयपुरगढी गाउँपालिका वडा नं ५ मा ऐतिहासिक उदयपुरगढीको पुननिर्माण भएसँगै गढीले पुरानो आकार समेत लिएको छ । करिव तीनकरोड ५० लाख रुपियाँयो खर्चमा पुननिर्माण गरिएको सो पुरानो गढीको आइतबार नेपाली सेनाका पूर्वि पृतना मुख्यालय ईटहरीका प्रमुख उपरथी आसवहादुर तामाङ् र उदयपुरगढी गाउँपालिकाका प्रमुख मानवहादुर केप्छाकी मगरले संयुक्त रुपमा एक समारोहकाबीच शीलालेख अनावरण गरी उद्घाटन गरेको छ । सोक्रममा पृतनापती तामाङले यस किसिमका गढिहरुको संरक्षण गर्नु नेपाली सेनाको संस्थागत दायित्व भएको बताउनु...
स्व. चित्र कुमारी चौधरी (लिम्बु) तेस्रो मलिथम फुटबल च्याम्पियन सिपको फाईनलमा रातापानी र लक्ष्मीपुर

स्व. चित्र कुमारी चौधरी (लिम्बु) तेस्रो मलिथम फुटबल च्याम्पियन सिपको फाईनलमा रातापानी र लक्ष्मीपुर

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ५ । स्व. चित्र कुमारी चौधरी (लिम्बु) तेस्रो मलिथम फुटबल च्याम्पियन सिप २०२३ को फाईनलमा रातापानी फुटबल क्लब र लक्ष्मीपुर फुटबल क्लब प्रवेश गरेको छ । आईतबार त्रियुगा नगरपालिका–१३ स्थित थारुहट रंगशालामा भएको सेमिफाईनल खेलमा रातापानी फुटबल क्लबले डेडी फुटसल मतिगडा र लक्ष्मीपुर फुटबल क्लबले थान पोखरी फुटबल क्लब ज्यामिरेलाई हराउँदै फाईनलमा भेट पक्का गरेको हो । पहिलो सेमिफाईनल खेलमा रातापानी फुटबल क्लबले डेडी फुटसल मतिगडालाई १–० गोलले पराजित गरेको हो । रातापानीका लागी पाण्डु चौधरीले गोल गरे । उनले खेलको अन्तिम औं मिनेटमा रातापानीका लागी विजयी गोल गरेका हुन् । यस खेलमा पाण्डु चौधरी म्यान अफ द म्याच भएका छन् ।त्यस्तै दोस्रो सेमिफाईनल खेलमा लक्ष्मीपुर फुटबल क्लबले थान पोखरी फुटबल क्लब ज्यामिरेलाई २–१ गोलले हराएको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफको ३ औं मिने...
कटुवा पेस्तोल सहित ३ युवक पक्राउ

कटुवा पेस्तोल सहित ३ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ५ । मोरङमा कटुवा पेस्तोल सहित ३ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरीपुर्वा–७ का २७ बर्षीय रबिन्द्र कुमार यादव, सर्लाही हरीपुर्वा–७ का २० बर्षीय कमलेश कुमार यादव र महोत्तरी गौशाला–६ का २२ बर्षीय राम दयाल यादव रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार चाडपर्व सुरक्षा बिशेष कार्य योजना अनुसार हिजो शुक्रबार राती साढे ९ बजे प्रहरी चौकी अमाहीबरियातीबाट गस्तीमा खटिएको प्रहरी टोलीले धनपालथान–२ स्थित भित्री सडक खण्डमा सडक छेउमा रोकी राखेको द्यच् ण्ट एब् ज्ञघटद्द नम्वरको स्कारपियो गाडीलाई संका लागि चेकजाँच गर्दा उक्त गाडीको ड्यासबोर्ड भित्र लुकाई राखेको कटुवा पेस्टोल १ थान र ३ राउण्ड गोली फेला पारेको हो । गाडीमा गोली सहित कटुवा पेस्तोल फेला परे सं...
पूर्व खेलाडी सुमन राईद्धारा बर्गाछी फुटबल क्लब साउनेलाई जर्सी सेट सहयोग

पूर्व खेलाडी सुमन राईद्धारा बर्गाछी फुटबल क्लब साउनेलाई जर्सी सेट सहयोग

खेलकुद, समाचार
पूर्णपुष्टि,कार्तिक ४ । उदयपुुरको साउनेमा अवस्थित बर्गाछी फुटबल क्लबलाई पूर्व खेलाडी सुमन राईद्धारा १५ सेट जर्सी सहयोग प्राप्त भएको छ । जिल्लाको त्रियुगा नगरपालिका-१४, नम्बर वडा साउने वर्गाछी फुटबल क्लवका पूर्व खेलाडी समेत रहेको राईले दशै तिहार लक्षीत वडा स्तरिय प्रतियोगिताहरुमा सहभागिताको लागि जर्सी सेट प्रदान गरेको हो । सामाजिक कार्यमा विभिन्न तहतत्काबाट सहयोग पुर्याउँदै आएका राईलका आफन्त मार्फत शनिवार स्थानीय फिल्डमा क्लवका कोच पवन राईलाई संयुक्त जर्सी हस्तान्तरण गरेका हुन् । पारिवारीक वाध्यताले परदेश रहेका समाज सेवी राई हाल मलेसियाको एक कम्पनीमा कार्यरत छन् । उनले गएको वर्षहरुमा पनि स्थानीय खेल क्षेत्र विकासको निम्ती महत्वपूर्ण सहयोगहरु प्रदान गर्दै आएको छ ।...
नवौँ नारदमुनी थुलुङ स्मृती गोल्डकपको उपाधि बागमती फुटबल क्लव सर्लाहीले जित्यो

नवौँ नारदमुनी थुलुङ स्मृती गोल्डकपको उपाधि बागमती फुटबल क्लव सर्लाहीले जित्यो

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ४ । नवौँ नारदमुनी थुलुङ स्मृती गोल्डकपको उपाधी बागमती फुटबल क्लव सर्लाहीले जितेको छ । न्यु त्रियुगा स्पोर्ट क्लव सप्तरीसंग आजको फाइनल खेलमा १–० को अन्तरमा सर्लाहीले उपाधी जित्न सफल भएको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका –४ बसाहामा भएको गोल्डकप प्रतियोगिताको उपाधी जितेसंगै सर्लाहीले नगद चारलाख एकहजार पुरस्कारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाउनु परेको सप्तरीले नगद २ लाख १ हजार पुरस्कार प्राप्त गर्यो । खेलको ३ औं मिनेटमै सर्लाहीका श्रृजन गौतमले गोल गरे । सोही गोल उपाधी चुम्न निर्णायक बन्न पुग्यो । दर्शकको समर्थन बढि पाएको सप्तरीले सुरुमै गोल खाएपछि खेलमा दवाव परेको थियो । गोल फर्काउने प्रयासलाई सर्लाहीले विफल तुल्यायो । सर्लाहीले पनि थप गोल गर्न सकेन । उपाधि विजेता र उपविजेतालाई समापन समारोहका प्रमुख अतिथि प्रदेश सांसद सम्झना तामाङ,...
स्व चित्र कुमारी चौधरी (लिम्बु) स्मृती तेस्रो मलिथम च्याम्पियन सिपमा थानपोखरी फुटबल क्लब ज्यामिरे र रातापानी फुटबल क्लब बिजयी

स्व चित्र कुमारी चौधरी (लिम्बु) स्मृती तेस्रो मलिथम च्याम्पियन सिपमा थानपोखरी फुटबल क्लब ज्यामिरे र रातापानी फुटबल क्लब बिजयी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ४ । स्व. चित्र कुमारी चौधरी (लिम्बु) स्मृती तेस्रो मलिथम फुटबल च्याम्पियन सिपमा थानपोखरी फुटबल क्लब ज्यामिरे र रातापानी फुटबल क्लब बिजयी भएका छन् । शनिबार त्रियुगा नगरपालिका–१३ स्थित थारुहट रंगशालामा भएको पहिलो खेलमा थानपोखरी फुटबल क्लबले नव सार्वजनिक युवा क्लब बेलाहालाई टाईब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा गोर रहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा थानपोखरी फुटबल क्लब ज्यामिरेले नव सार्वजनिक युवा क्लब बेलाहालाई ४–३ गोलले हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो । थानपोखरीका लागी नविन चौधरी, नब्नित चौधरी, अजित चौधरी र गोल रक्षक रेम्बो चौधरीले गोल गरे भने बेलाहाका लागी उमेश चौधरी, अनिल चौधरी र ईश्वर चौधरीले गोल गरे । यस खेलमा गोल रक्षक रेम्बो चौधरी म्यान अफ द म्याच भए ।त्यस्तै अर्को खेलमा रातापानी फुटबल क्लबले कालिका फुटबल क्लब बेलाह...