सम्पूर्ण बालबालिकाका प्रिय बालसाहित्य सर्जक ‘यशु श्रेष्ठ’
बसन्ती कुँवर
कक्षा – ९, नेपाल आदर्श मा.वि. गणबहाल, काठमाडौँ (नेपाल)
उहाँले नेपालमै पहिलो पटक शब्दविहीन चित्रकथा ‘छाता’ लेख्नुभयो । मात्राअनुसारको चित्रकथाको परम्परा बसाउनुभयो ।
साहित्यका विभिन्न क्षेत्रहरुमध्ये बालसाहित्य एउटा प्रमुख क्षेत्र हो । यही बालसाहित्यको एक धरोहर हुनुहुन्छ- यशु श्रेष्ठ । बालकथा, बालकविता, चित्रकथा लेखन, कथावाचन, कथालेखन तथा कथावाचनका तालिमहरु, बालबालिकाहरुसँग गरिने व्यवहार, मानसिक कसरत आदिका बारेमा तालिमसमेत दिनुहुने एक बहुप्रतिभाशाली, सफल तथा सुपरिचित बालसाहित्य सर्जक यशु श्रेष्ठ हामी बालबालिकामाझ असाध्यै प्रिय हुनुहुन्छ ।
उहाँको जन्म धादिङ जिल्लाको गजुरीमा भएको हो । प्रारम्भिक अध्ययन गजुरीकै श्री आदर्श मा.वि.मा गर्नुभयो । त्यसपछि उहाँको परिवार बसाइँ सरेर रौतहट जिल्ला पुग्यो । त्यसपछिको अध्ययन तथा साहित्यिक कदम पनि उहाँले यहाँबाट सुरु गर्नुभयो । ममतामयी म...









