Wednesday, August 19News That Matters

स्वास्थ्य

नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २६ नेपालमा आज थप तीन सय ३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २३ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा एक सय ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार चार सय ९३ पुगेको छ । पछिल्लो चौबीस घण्टामा १ सय ४० जना उपचारपछि कोरोना मुक्त भएर घर फर्केका छन् । योसँगै १६ हजार ४ सय ९३ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७९ जना पुगेको छ ।...
विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड नाघ्यो

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २६ विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नाघेको छ । विश्वका विभिन्न देशमा भाईरस फैलिदा दुई करोड ३१ हजार पाँच सय भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । विश्वमा कोरोना सङ्क्रमणबाट सात लाख ३४ हजार एक सयभन्दा धेरैको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएका मध्ये एक करोड २९ लाख चार हजारभन्दा धेरै उपचारपछि निको भएको जनाईएको छ । अहिले विश्वमा ६३ लाख ९३ हजार चार सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुमध्ये ६४ हजार आठ सयभन्दा धेरै गम्भीर बिरामी रहेका छन् ।...
भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना सङ्क्रमण पुष्टि

भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २६ भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पूर्वराष्ट्रपति मुखर्जीले ट्वीट गर्दै आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँलाई सोमबार गरिएको जाँचमा कोरोनाको सङ्क्रमण पाइएको जानकारी गराउनु भएको छ । साथै उहाँले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकालाई छुट्टै बस्न आग्रह गर्दै कोभिड–१९ जाँच गर्न भन्नुभएको छ । केही दिनअघि मात्र भारतीय गृह मन्त्री अमित शाहलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।...
भारतमा एकै दिन ६२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

भारतमा एकै दिन ६२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २६ भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या २२ लाख १५ हजार ७४ पुगेको छ । उक्त संक्रमति मध्ये पछिल्लो २४ घण्टामा १ सय ७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४४ हजार ३ सय ८६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै अमेरिकामा अहिलेसम्म १ लाख ६५ हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा १ लाख ४ सय ७७ जनाको मृत्यु भईसकेको वल्र्डओडोमिटरले जनाएको छ ।...
ब्राजिलमा कोरोनाबाट १ लाखभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोनाबाट १ लाखभन्दा बढीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २६ कोरोना भाईरसको संक्रमणबाट ब्राजिलमा एक लाखभन्दा धेरैको मृत्यु भएको छ । कोरोना भाईरसको संक्रमणबाट अति प्रभावितको दोस्रो देश ब्राजिलमा एक लाख एक हजार ४९ जनाको मृत्यु भएको हो । ब्राजिलमा कुल सङ्क्रमितको संख्या ३० लाख ३५ हजारभन्दा धेरै पुगेको छ । अमेरिकापछि सबै भन्दा धेरै संक्रमित र मृत्यु हुनेको संख्या ब्राजिलमा हो । ब्राजिलमा तीन महिना ५० हजार मानिसको मृत्यु भएको थियो । पछिल्ले ५० दिनमा ५० हजारभन्दा धेरैको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । ब्राजिलमा कोरोना भाइरसको संक्रमण अझै पनि उच्च तहमा रहे पनि त्यहाँ पसल तथा रेस्टुरेन्टहरु खुलिसेकका छन् । राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरसको महामारीलाई सामान्य रुपमा लिनुभएको छ । आफैँ पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका उहाँले राज्यका गभर्नरहरुले लकडाउन गरे पनि त्यसको विरोध गर्दै आउनुभएको थियो ...
पर्सामा मृत्यु भएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि

पर्सामा मृत्यु भएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २६ पर्साको वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीकी ४५ वर्षीया एक महिलामा मृत्युपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । महिलाको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा हिजो मृत्यु भएको अस्पतालले जनाएको छ । हिजो कोरोना परीक्षणका लागि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशाला पठाइएकोमा आज सार्वजनिक भएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । उच्च रक्तचाप र हाइपोथाइराइडबाट सङ्क्रमित महिलालाई कोरोना आशंकामा हिजो गण्डक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आईसीयू कक्षमा उपचारका क्रममा उहाँको मृत्यु भएको जनाइएको छ ।...
आज थप ३८०  जनामा कोरोना संक्रमण पुष्टि

आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २५ नेपालमा आज थप ३ सय ८० जनामा कोरोना भाईसरको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमित सात हजार ५ सय ४४ रहेका छन् । पछिल्लो २४ घण्टामा थप ४० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म १६ हजार ३ सय ५३ जनाले कोरोना जितेका छन् ।...
आज नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

आज नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २३ नेपालमा आज थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये पछिल्लो २४ घण्टामा थप ४ सय २५ जना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाका कारण मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।...
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २३ भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघेको छ । विश्वमा कोरोना संक्रमितको तेस्रो सबैभन्दा प्रभावित देश भारतमा संक्रमितको संख्या २० लाख २१ हजार ४ सय ७ पुगेको हो । भारतमा पछिल्लो २४ घण्टामा थप ५८ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २० दिनमा सङ्क्रमण दुई गुणाले बृद्धि भएको हो । यो दर अमेरिका र ब्राजिलको तुलनामा धेरै हो । सङ्क्रमितको सङ्ख्याको आधारमा भारतभन्दा अघि पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । भारतमा उक्त संक्रमित मध्ये अहिलेसम्म ४० हजारभन्दा धेरैको मृत्यु भईसकेको छ । मृतकको सङ्ख्याको आधारमा भारत विश्वको पाँचौँ सबैभन्दा बढी प्रभावित देश हो । अहिलेसम्म विश्वभर १ करोड ९२ लाख ७२ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा ७ लाख १७ हजारभन्दा धेरैको मृत्यु भएको छ भने १ क...
नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २३ नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ । बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार गराइरहेका सिरहा गोलबजारका २३ वर्षीय युवकको आज बिहान मृत्यु भएको जनाएको छ । ती युवकको जनकपुरमा डायलाइसिस गर्ने क्रममा कोरोना पोजेटिभ आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । सुरुमै चिन्ताजनक अवस्थामा ल्याइएका युवकको आज बिहान मृत्यु भएको जनाईएको छ । यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । अहिलेसम्म नेपालमा २१ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ भने १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएका छन् ।...