Tuesday, August 18News That Matters

स्वास्थ्य

नेपालका ८० प्रतिशत संक्रमितहरु लक्षण बिनै पोजेटिभ

नेपालका ८० प्रतिशत संक्रमितहरु लक्षण बिनै पोजेटिभ

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ, १८ नेपालमा हाल सम्म १४ सयको हाराहारीमा कोरोना संक्रमित फैलिएको छ । देशभर परिक्षणको क्रममा हाल संक्रमितहरुको संख्या १४ सय १ पुगेको हो । नेपालमा कोरोनो संक्रमणको पुष्टि हुने आधिकांश व्यक्तिहरुमा कुनै लक्षण नै नदेखाएको चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार संक्रमितहरु मध्य ८० प्रतिशतमा कोरोनाको कुनै लक्षण नै नभएको बताउँछन् । संक्रमितहरु मध्ये केहिलाई मात्र रुघाखोकी लाग्ने गरेको देखिएको छ । हाल नेपालमा ६ जनाको मृत्यु भइसकेको भएता पनि उनिहरुमा पनि पहिले देखि जटिल रोगहरु रहेको थियो । ६ मध्ये आधा जतिमा निमोनिया देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हरेक दिन पत्रकार सम्मेलनमा थोरै मात्र लक्षण देखिएको केस रहेको बताउँदै संक्रमितहरूको अवस्था जटिल नरहेको औंल्याउने गरेका छन् । वीरगन्जको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.मदनकुम...
चीनले यसैवर्षभित्र काेराेनाविरूद्धकाे खाेप बजारमा ल्याउनसक्ने

चीनले यसैवर्षभित्र काेराेनाविरूद्धकाे खाेप बजारमा ल्याउनसक्ने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १८ । कोरोनाले आक्रान्त पारेको यो बेला एउटा खुसीको खबर आएको छ । यो खुसीको खबर चीनबाट आएको हो । सन् २०१९ डिसेम्बरमा कोरोना सुरु भएको चीनबाट कोरोना भाइरसविरुद्धको खोप यसैवर्षभित्र बजारमा आउनसक्ने खुसीको खबर आएको हो । चीनले कोरोना भाइरसविरुद्ध खोप बनाउन सफल भई सफल परिक्षण गरिसकेको खबर यसअघि नै सार्बजनिक भइसकेको हो । यो वर्षको अन्तिमसम्ममा वितरणका लागि खोप तयार हुने चीनको एसेट्स सुपरभिजन एण्ड एडमिनिस्ट्रेशन कमिशनले जनाएको छ । चीनमा वुहान इन्ष्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस र बेजिङ इन्ष्टिच्युट अफ बायोलोजिकल प्रोडक्टसले खोपका लागि काम धमाधम गरिरहेका छन् । दुई हजार मानिसमा पछिल्लोपटक सो खोपको परीक्षण गरिएकोमा सफल देखिएको छ । अहिले खोपको दोस्रो चरणको परीक्षण भइरहेको चीनले जनाएको छ । उता, रुसले पनि कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल परीक्षण दुई साताभित्र अघि बढाउने ज...
नेपालमा काेराेना संक्रमित १ हजार ४ सय १ पुग्याे

नेपालमा काेराेना संक्रमित १ हजार ४ सय १ पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १७ । आज थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मञ्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा जनाउनु भएको हो । कपिलवस्तुमा १ सय ९, सर्लाहीमा १७, दैलेखमा १४, सिरहामा ११ जना संक्रमित पुष्टि भएका हुन् । त्यस्तै सप्तरीमा ९, धनुषामा ७, रौतहटमा ६, दाङमा ५, महोत्तरीमा ४ जना पुष्टि भएका हुन् भने पर्सामा २, संखुवासभामा २, झापामा १, ललितपुरमा १ र बारामा १ जना संक्रमित पुष्टि भएका हुन् । संक्रमितमध्ये हालसम्म २ सय १९ जना निको भएको मञ्त्रालयले जनाएको छ । आज १३ जना डिस्चार्ज भएका हुन् ।...
दुल्लुमा पिसिआर रिपोर्ट नआउदै युवाको मृत्यु, रिपोर्ट आउदा पोजेटिभ, नेपालमा कोरोनाले मर्नेको संख्या ७ पुग्यो https://purnapusti.com/content/14718.html

दुल्लुमा पिसिआर रिपोर्ट नआउदै युवाको मृत्यु, रिपोर्ट आउदा पोजेटिभ, नेपालमा कोरोनाले मर्नेको संख्या ७ पुग्यो https://purnapusti.com/content/14718.html

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १७ ।  दैलेखको दुल्लु नगरपालिकाका एक युवकको कोरोनाबाट मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।   भारतको गुजरातबाट १० दिनअघि नेपाल आएका दुल्लु नगरपालिका–११ खागीतडाका ३५ वर्षीय युवकको शनिबार विहान मृत्यु भएको थियो । जेठ नौ गते नेपाल–भारत सीमा रुपैडीहा आइपुगेका युवक भारतको गुजरातस्थित एक होटलमा कुकको काम गर्ने बुझिएको छ । उनीसँगै ३४ जना युवाहरु नेपाल आएका थिए । जेठ १० गते बस चढेर दैलेखको तल्लोडुंगेश्वर पुगेका उनलाइ  दुल्लु नगरपालिकाले वडा नं. ७ मा रहेको क्वारेन्टिइनमा राखेको थियो । विहान चिया–खाजा खाएपछि उनी एक्कासी ढलेको दुल्लु नगरपालिकाकाले जनाएको छ । मृतक युवकको स्वाब बिहीबार संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गरिएकोमा शनिबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।  कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल ...
कस्तो अवस्थामा बेसार खान हुन्न ?

कस्तो अवस्थामा बेसार खान हुन्न ?

स्वास्थ्य
धेरै हिसावले स्वास्थ्यकाे लागि फाइदाजनक बेसार केही कुराका लागि हानिकारक पनि छ । के कस्तामा हानिकारक हुन्छ, त्यसबारे जानकारी यस प्रकार छ । १. गर्भावस्था : गर्भावस्थ या शिशु जन्मिसकेपछिको अवस्थामा बेसारको प्रयोग महिलाका लागि हानिकारक हुनसक्छ । यस्तो अवस्थामा बेसार खाँदा मासिक धर्म रोकिने तथा अन्य समस्या निम्तिन सक्छ । बेसारले गर्भाशयलाई उत्तेजित या सक्रिय पार्न भूमिका खेल्छ । बेसारले टेस्टोस्टेरोन हर्मोन कम गर्न पनि सहायक भूमिका खेल्छ । २. पत्थरी : पत्थरी भएका मानिसले बेसार सेवन गर्न हानिकारक हुन्छ । पित्ताशयमा पत्थरी भएका वेला बेसार सेवन गर्दा पीडा हुन्छ । पित्ताशयको पत्थरी भएकाले खानामा बेसार कम गर्दा पीडा कम गर्न सकिन्छ । ३. शुक्रकिट : खानामा अधिक बेसार प्रयोग गर्दा पुरुषको शुक्रकिटमा ह्रास आउँछ । परिवारको योजना बनाइरहेकाहरूले खानाका परिकारमा बेसारको प्रयोग धेरै नगर्नु नै राम्रो ...
मोतिगडा क्वारेन्टाईनबाट २७ जना घर पठाईयो

मोतिगडा क्वारेन्टाईनबाट २७ जना घर पठाईयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १४ गते । त्रियुगा नगरपालिकाले मोतिगडामा संचालन गरेको क्वारन्टाईनबाट आज २७ जनालाई घर पठाईएको छ । क्वारेन्टाईनमा बसेको १४ दिन पुरा गरी पिसिआर परिक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको हो । क्वारेन्टाईनबाट घर पठाईएकामध्ये ८ जना कोरोना संक्रमित उपचारपछि निको भएर आएका हुन् । उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेपछि क्वारेन्टाईनमा राखिएको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । क्वारेन्टाईनमा संक्रमितहरुको परिवार सदस्यलाई राखिएको थियो । उनीहरुलाई अजा विहान त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उप–मेयर देवीकुमारी चौधरी र जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले विदाई गरेका थिए । आज कोशी अस्पतालबाट डिस्चार्ज भएका ४ जनालाई होम क्वारेन्टाईनमा बस्ने गरी घर पठाएको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक अवधनारायण चौधरीले बताए । आज भारतको पञ्जाव...
थप  २८ जना कोरोना संक्रमित उपचारपिछि निको भए

थप २८ जना कोरोना संक्रमित उपचारपिछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १४ गते । आज थप २८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या १ सय ८३ पुगेको हो । अहिलेसम्म उपचारपछि निको हुनेमा १ नं प्रदेशमा ३० जना, २ नं प्रदेशमा ९० जना, बागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा २ जना, ५ नं प्रदेशमा ३८ जना र सूदुरपश्चिम प्रदेशमा ५ जना गरी १ सय ८३ जना उपचारपछि निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेको छ भने अहिलेसम्म संक्रमणबाट ४ जनाको मृत्यु भईसकेको छ...
थप १ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप १ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १४ गते । आज थप १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप १ सय १४ जनामा संक्रमण पुष्ट भएको हो । विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा  गरिएको परिक्षणमा सप्तरीको ११ जनामा संक्रमा पुष्टि भएको छ । त्यस्तै विराटनगरको कोशी अस्पतालमा गरिएको परिक्षणमा झापाको १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हेटौडा किटजन्य प्रयोगशालामा गरिएको परिक्षणमा मकवानपुरको १ जना, रौताहटका ७ जनामा संक्रमण पुष्टि  भएको छ । त्यस्तै पोखरा प्रादेशीक प्रयोगशालामा गरिएको परिक्षणमा बागलुङको ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा रुकुम पूर्वका ३ जना, दाङको १५ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै...
कोशी अस्पतालबाट थप ४ जना कोरोना संक्रमित डिस्चार्ज

कोशी अस्पतालबाट थप ४ जना कोरोना संक्रमित डिस्चार्ज

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १४ गते । विराटनगरको कोशी कोभिड–१९ अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने चारै जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । उनीहरु चारै जना उदयपुरको भुल्केका भएको जनाईएको छ । कोरोना निको हुनेमा ३ महिला र १ पुरुष छन् । यो सँगै १ न. प्रदेशमा कोरोना संक्रमित उपचारपछि निको हुनेको संख्या ३० पुगेको छ । अहिलेसम्म १ न. प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ रहेको छ ।...
भारतमा कोरोना संक्रमित साढे १ लाख भन्दा बढी

भारतमा कोरोना संक्रमित साढे १ लाख भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १४ गते ।  भारतमा कोरोना संक्रमितको संख्या साढे एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार तीन सय ८७ जना नयाँ कोरोना संक्रमित थपिएसँगै १ लाख ५१ हजार ७ सय ६७ पुगेको हो । अहिलेसम्म भारतमा कोरोना संक्रमितमध्ये ८३ हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्किका छन् भने ४ हाजर ३ सय ३७ को मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...