Thursday, May 28News That Matters

स्वास्थ्य

नेपालमा १६ जना कोरोना संक्रमित उपचारपछि निको भए

नेपालमा १६ जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १४ गते ।  नेपालमा १६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । आज थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि निको हुनेको संख्या १६ पुगेको हो । वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित निको भएर असपतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।  ...
२ जनामा कोरोना पुष्टि

२ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १४ गते ।  आज वीरगञ्जका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुको रिर्पोट पोजेटिभ आएको हो । दुवै जना ५० वर्षीय पुरुष हुन् । उनीहरुमा कोरोना परिक्षणमा रिर्पोट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विरगञ्जमा दुई जना नयाँ संक्रमित पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ भने  १२ जना उपचारपछि निको भएर डिस्चार्ज भईसकेका छन् ।...
सिवाई र मुथियाईको स्वाप नमुनाको रिर्पाट ‘नेगेटिभ’

सिवाई र मुथियाईको स्वाप नमुनाको रिर्पाट ‘नेगेटिभ’

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १३ गते ।  उदयपुरको सिवाई र मोथियाईमा संकलन गरिएको स्वाव नुमुना परिक्षणबाट रिर्पोट नेगेटिभ आएको छ । गत बैशाख ११ गते प्रदेश स्वास्थ्यकर्मी टोलीले चौदण्डिगढी नगरपालिका–५ सिवाई र त्रियुगा नगरपालिका–१ मुथियाईबाट ७८ जनाको स्वाव नमुना सकलन गरेको थियो । संकलन गरेको स्वाव नुमना कोशी अस्ताल विराटनगरमा परिक्षण गरिएको थियो । स्वाव नुमना परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको प्रदेश सरकारको सामाजिक विकास मन्त्री जीवन घिमिरे बताउनुभयो । शनिबार कोरोना ग्रस्त क्षेत्रको अनुगमन गर्ने क्रममा विहिबार संकलन गरिएको स्वाव परिक्षणमा सवैको रिर्पोट नेगेटिभ आएको बताउनुभयो । वडा नं. ५ सिवाईको रामजानकीटोल, टोकनीटोल अजगरा, बडेरुवाटोल सुन्दरपुर र वडा नं. ९ को पूर्वटोल ज्यामिरे कदमगाछीबाट ५८ जना र त्रिनपा–१ मोथियाईबाट २० जनाको स्वाव नमुना संकलन गरिएको थियो । उक्त टोलबाट संकास्पद मुस्लिम समुदायक...
मुख्यमन्त्री राइले भुल्केबाट भने  – काेराेना पराजित हुन्छ

मुख्यमन्त्री राइले भुल्केबाट भने – काेराेना पराजित हुन्छ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १३ । १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशमा देखिएको कोरोना भाइरसको संक्रमण काबुभित्र रहेको बताउनु भएको छ । देशकै सबैभन्दा बढि कोराना प्रभावित क्षेत्र उदयपुरको भुल्केको अनुगमनका लागि आज आउनु भएका मन्त्री राईले कोरोना भाइरस विरुद्ध लड्न उच्चस्तरको तयारी रहेकाले अहिले काबुभित्र रहेको बताउनु भयो । कोरोना संक्रमण नियन्त्रण हुनेमा पूर्ण विस्वास व्यक्त गर्दै उहाँले कोरोना विरुद्धको तयारी राम्रो भएकोले प्रदेश सरकार विचलित नभएको बताउनुभयो । अवका दिनमा पनि कोरोनाको संक्रमणलाई काबुमा राखेर व्यवस्थापन तथा पराजित गर्न सक्ने उहाँले बताउनुभयो । त्यसका लागि प्रदेश सरकार रातदिन क्रियाशिल रहेको बताउनुभयो । उहाँले कोरोना विरुद्धको अवको पहिलो कदममा संक्रमितको उपचार र फराकिलो ढंगले नागरिकको स्वास्थ्य परिक्षण गरिने बताउनुभयो । संक्रमण कहाँबाट सर्यो वा सुरु भो, त्यसको पहि...
पाकिस्तानमा मे ९ सम्म लकडाउन लम्बियो

पाकिस्तानमा मे ९ सम्म लकडाउन लम्बियो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १३ गते । पाकिस्तानमा आगामी मे ९ सम्मको लागी लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमित थपिने क्रम जारी भएकाले पाकिस्तानी सरकारले मे ९ तारिखसम्मका लागि लकडाउन रहिरहने घोषणा गरेको हो । देशव्यापी लकडाउन भइरहेको पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ११ हजार ६ सय ५२ रहेको छ । त्यसैगरी देशभरि कोरोना भाइरसका कारण दुई सय ४२ भन्दा बढीको मृत्यु भईसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसबाट सबैभन्दा धेरै पञ्जाब प्रदेश प्रभावित भएको छ । त्यहाँ चार हजार आठ सय ५१ जना संक्रमित भेटिएका छन् । आजदेखि मुस्लिम धर्मावलम्बीहरुको एक महिने रमजान पर्व समेत सुरु भएकाले मुस्लिम समुदायको बाहुल्यता रहेको पाकिस्तानमा थप सतर्कता अपनाउन आह्वान गरिएको छ ।...
कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो

कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १३ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमितको संख्या २८ लाख नाघेको छ । दई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा २८ लाख २६ हजार छ सय ७४ जनामा कोरोना पुष्टि भएको हो । उक्त संख्यामा मध्ये सात लाख ८१ हजार दुई सय ५४ जना निको भएका छन् भने १८ लाख ४८ हजारभन्दा बढीको उपचार भईरहेको छ । त्यस्तै एक लाख ९६ हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक लाख तीन हजारभन्दा बढी नयाँ बिरामी थपिएका छन् भने छ हजारभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म सवै भन्दा बढी अमेरीकामा मृत्यु भएको जनाईएको छ । अमेरिकामा मात्रै नौ लाख २३ हजार छ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५२ हजार ९२ जनाको मृत्यु भएको वल्डओमिटरले जनाएको छ । इटालीमा साढे २५ हजारभन्दा बढी, स्पेनमा साढे २२ हजारभन्दा बढी, फ्रान्समा २२ हजारभन्दा बढी र बेलायतमा साढे १९ हजारभन्द...
कोरोना निको युवतीले भनिन् -सक्दो तातोपानी र पौष्टिक आहार सेवन गरे

कोरोना निको युवतीले भनिन् -सक्दो तातोपानी र पौष्टिक आहार सेवन गरे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १२ । कोरोना संक्रमित भइ अस्पतालको आइसोलेशनमा बसेर निको भएकी एक युवतीले उपचारकालको स्मरण गर्दै तातोपानी र पौष्टिक आहार खाएको बताएकी छिन् । बागलुङकी १९ वर्षिया अंशु सापकोताले दैनिक सकेसम्म धेरै तातोपानी पिएको बताएकी छिन् । उनी पाँचौ कोरोना संक्रमित हुन् । उनको आजै धौलागिरी अञ्चल अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले भनिन् ‘अस्पतालमा तातोपानी र पौष्टिक आहार खान भन्नुहुन्थ्यो, मैले पनि त्यही गरें,’ माछामासु, अन्डा र दूध पनि नियमित खाएको र पोसिलो खानाले एन्टिबडी निर्माण भइ पनि निको भएको हुन सक्ने उनले बताएकी छिन् ।  एनले गाउँमा गएर सचेतना फैलाउने बताएकी छिन् ।  ...
प्रदेश १ मा तीन जिल्लामा कोरोना संक्रमण देखियो पुग्यो ३०, देशभर ४९

प्रदेश १ मा तीन जिल्लामा कोरोना संक्रमण देखियो पुग्यो ३०, देशभर ४९

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १२ । प्रदेश १ को उदयपुरमा पहिलो पटक देखा परेको कोरोना संक्रमण, थप दुई जिल्लामा पनि देखिएको छ । हिजो भोजपुर र आज झापामा संक्रमित पुष्टि भएको हो । उदयपुरमा २८ जना रहेकामा भोजपुर र झापा एक÷एक गरी अव प्रदेशमा ३० जना पुगेको छ । देशभारमा आजसम्ममा ४९ संक्रमित पुगेका छन् । जसमा ७ जना उपचारबाट निको भइ फर्किएका छन् । आजसम्म प्रदेशमा पीसीआर विधिबाट जम्मा ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ । जसमा २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन् । उनीहरुमध्ये ८७ महिला र ४ सय ९६ पुरुषको रिर्पोट नेगेटिभ आएको छ । द्रुत परीक्षण विधि (आरडिटी) बाट जम्मा ४ हजार १ सय ६० जनाको नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६ सय ७६ महिला र ३ हजार ८ सय ८४ जना पुरुष छन् । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल १ हजार १ सय ६३ जना पुगेको छ । ४३ जना डिस्चार्ज भएक...
झापामा १ संक्रमित पुष्टि, देशभरमा ४९ पुग्यो

झापामा १ संक्रमित पुष्टि, देशभरमा ४९ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १२ । झापामा आज एकजना कोरोना संक्रमित पुष्टि भएसंगै देशभर कोरानो संक्रमितको संख्या ४९ पुगेको छ । संक्रमित मानिस ६२ वर्षका पुरुष रहेका छन् । उनी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणबाट कोरोना संक्रमित व्यक्ति हुन् । स्वास्थ्य अवस्था सामान्य भएको उनी आइसोलेशनमा अस्पालमा रहेको स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाउनु भएको छ । हिजाे भाेजपुरमा एकजना २६ वर्षिय पुरूषकाे काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनलाइ विराटनगर स्थित काेराेना अस्पताल लगिएकाे छ । उनी फागुन ३० मा साउदीबाट फर्केका व्याक्ति हुन् ।...
वर्ल्डभिजनले उदयपुरमा दियाे ३० पिपिइ सेट, चार थर्माेगन

वर्ल्डभिजनले उदयपुरमा दियाे ३० पिपिइ सेट, चार थर्माेगन

समाचार, स्वास्थ्य
उदयपुर, बैशाख १२ ।  जिल्लामा पिपिइ सेट (व्यक्तिगत सुरक्षा सामग्री) को अभाव भइरहेको बेला वर्ल्डभिजन ईन्टरनेशनल नेपालले जिल्ला विपद् व्यावस्थापन समिति उदयपुरलाई ३० सेट हस्तान्तरण गरेको छ । वल्र्डभिजनले शुक्रबार ज्वरो नाप्ने चारवटा थर्मोमिटर गनसहित ३० थान पिपिइ सेट विपद् समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिपक पहाडीलाई हस्तान्तरण गरेको हो । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा न्युनिकरणको लागी थप सहयोग पु¥याउने लक्ष्यका साथ ६ लाख १५ हजार ६९ रुपैया बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको वल्र्डभिजनका प्रतिनिधि अजयकुमार साहले बताउनुभयो । वल्र्डभिजनको सहयोगमा त्यसका जिल्ला साझेदार संस्थाहरु हुरेन्डेक, जाल्पा एकिकृत विकास समाज र नेस्पेक उदयपुरको समन्वय र सहकार्यमा सामग्री हस्तान्तरण भएको हो । । जिल्ला प्रशासन कार्यालय परिषरमै सामान हस्तान्तरण भएको थियो । कार्यक्रममा जिल्ला सम...