सिवाईमा ५८ जनाको स्वाप नमुना संकलन
उदयपुर, बैशाख ११ गते ।
उदयपुरको सिवाईमा आज ५ महिलासहित ५८ जनाको स्वाप नमुना संकलन भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित खटिएको प्रदेश स्वास्थ्यकर्मीटोलीले चौदण्डीनगरपालिको वडा नं. ५ सिवाईमा स्वाव नुमना संकलन गरेको हो ।
त्रियुगा नगरपालिकाको भुल्केमा पत्ता लागेका संक्रमित भारतीय मुस्लिम गुरुहरु उक्त ठाउँको मस्जिदमा पनि बसेकाले त्यहाँको स्वाव संकलन गरिएको हो । पालिकाको वडा नं. ५ को तीनटोल र वडा नं. ९ को एकटोलमा रहेका मुस्लिम समुदायका संकास्पद ब्यक्तिहरु र उनीहरुको सम्पर्कमा रहेका अन्य समुदायका मानिसहरुको स्वाव संकलन गरिएको मेयर खगेन्द्र राईले बताउनुभो । वडा नं. ५ सिवाईको रामजानकीटोल, टोकनीटोल अजगरा, बडेरुवाटोल सुन्दरपुर र वडा नं. ९ को पूर्वटोल ज्यामिरे कदमगाछीका संकास्पद मुस्लिम समुदायका मानिसहरुको स्वाव संकलन गरिएको हो । चिया पसल, किराना पसल र अन्य व्यवहारिक हि...









