Sunday, August 16News That Matters

स्वास्थ्य

कोभिड–१९ सङ्क्रमित साढे ४ लाख निको भए

कोभिड–१९ सङ्क्रमित साढे ४ लाख निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३ गते । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमित चार लाख ६७ हजार दुई सय भन्दा धेरै उपचारपछि निको भएका छन् । विश्वमा अहिलेसम्म १९ लाख ९२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । १३ लाख ९८ हजारको उपचार भइरहेका मध्ये ५१ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ । अहिलेसम्म एक लाख २० हजारभन्दा बढीको मृत्यु भईसकेको छ । पछिल्लो एक दिनमा अमेरिकामा मात्रै दुई हजार दुई सय ८४ जनाको मृत्यु भईसकेको छ । योसँगै अमेरिकामा कोरोनाकाबाटा २५ हजार ९ सय भन्दा बढीको मृत्यु भईसकेको छ । २४ हजार दुई सय १५ नयाँ बिरामी थपिएका छन् । अहिलेसम्म ६ लाख ११ हजार १ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा सात सय ७८ र फ्रान्समा सात सय ६२, इटलीमा ६ सय दुई र स्पेनमा तीन सय जनाको मृत्यु भईसकेको छ । भारतमा एक दिनमा ३५ जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढ...
प्रदेश १ मा ६५३ काे नमुना परिक्षण, २० जनाकाे रिपाेर्ट बाँकी, अन्य सबैकाे नेगेटिभ

प्रदेश १ मा ६५३ काे नमुना परिक्षण, २० जनाकाे रिपाेर्ट बाँकी, अन्य सबैकाे नेगेटिभ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २ द्रुत  परीक्षण र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म जम्मा ६ सय ५३ जनाको नमूना परीक्षण भएको छ । यो विधिअन्तर्गत मंगलबारसम्म जम्मा ४ सय २ जनामा कोरोना परीक्षण गरिएको ती सबैको नतिजा नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । जसमा ५६ महिला र ३ सय ४६ पुरुष छन् । यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षण भई नतिजा आउनेको संख्या जम्मा २ सय ३९ पुगेको छ । जसमा ४० महिला र १९९ पुरुष गरी २ सय ३९ जनाको रिर्पोट नेगेटिभ देखिएको हो । अरु २० जनाको नतिजा आउन बाँकी छ । यो विधिबाट जम्मा २ सय ५१ को नमूना परीक्षण भएको कोरोना सूचना डेस्कले जनाएको छ । गत शनिबारबाट प्रदेश १ का क्वारेन्टाइनबाट नमूना परीक्षण गरी द्रुत गतिमा परीक्षण शुरु भएको हो । प्रदेश सरकारद्वारा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको प...
बेलका नपाले ल्यायाे स्वाप कलेक्सन बुथ

बेलका नपाले ल्यायाे स्वाप कलेक्सन बुथ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २ उदयपुरको बेलका नगरपालिकाले स्वाप कलेक्सन बुथ राख्न सफल भएको छ । स्वाप कलेक्सनका लागि प्रयोग हुने उक्त बुथ नेपाल इन्जिनियरिङ एशोसिएसन, इटहरी च्याप्टरले बनाएको हो । उक्त बुथ क्वाप केलेक्सनका लागि सुरक्षित मानिएको छ । पालिकाको ५५ हजार लागतमा इन्जिनियरिङ एशोसिएसन इटहरीको तर्फबाट उक्त बुथ बनाइएको हो । उक्त बुथको बजार मुल्य भने ९० हजारको हाराहारीमा पर्ने बताइन्छ । उक्त बुथबाट स्वाप नमुना लिदा स्वस्थ्यकर्मी तथा त्यहाँ खटिनेहरु सुरक्षित हुने दावी गरिएको छ । उक्त बुथलाई वडा नं. ८ को सप्तकोशी क्वारेन्टाइनमा राखेर प्रयोग गरिने पालिकाले जनाएको छ । उक्त बुथबाट सुरक्षितरुपले स्वाप कलेक्सन गरी परिक्षणका लागि धरान पठाउन सकिने भएको छ ।...
बेलकाको क्वारेन्टाइनमा १३ जना थपिए

बेलकाको क्वारेन्टाइनमा १३ जना थपिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २ बेलका नगरपालिकाको क्वारेन्टाइनमा आज १३ जना थपिएका छन् । काठमाडौंबाट काभ्रे हुदै आएका १३ जना क्वारेन्टाइनमा राखिएको हो  । पालिकाले दुई ठाउँमा क्वारेन्टाइन निर्माण गरेकको छ । वडा नं. २ को बानडाँडा र वडा नं. ८ को सप्तकोशी माविमा बनाइएको छ । १३ जनालाई सप्तकोशी मावि क्वारेन्टाइनमा राखिएको हो । उक्त क्वारेन्टाइनमा हिजो राती २ जना आएका थिए भने त्यसअघि देखिका ७ जना थिए । आजको १३ सहित उक्त क्वारेन्टाइनमा २२ जना भएका छन् । उता बानडाँडाको क्वारेन्टाइनमा ९ जना रहेका छन् । उनीहरुको भोली १४ दिन पुग्ने बताइएको छ । यसरी दुबै क्वारेन्टाइनको गरेर बेलकामा आजसम्म ३१ जना क्वारेन्टाइनमा रहेका छन् । थप चार जना आज रातीसम्ममा आउने खबर रहेको पनि बताइएको छ । पालिकाले बाहिरबाट आउने आप्mना नागरिकलाई क्वारेन्टाइनमा राखेर स्वस्थ्य चेकजाँच गर्ने र स्वाप परिक्षण गराउने गरेको छ । कोरोना भाइरसक...
उदयपुरमा आज २३ जनाको स्वाप संकलन

उदयपुरमा आज २३ जनाको स्वाप संकलन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २ । जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरले आज २३ जनाको स्वाप नमुना संकलन गरेको छ । कोरोना भाइरस संक्रमणको परिक्षणका लागि लिइएका स्वाप नमुनाहरु मध्ये ४ जना रौतामाई गाउँपालिकाको मुर्कुची क्वारेन्टाइनका हुन् भने ३ जना त्रियुगा नगरपालिकाको मोतिगडा क्वारेन्टाइनका ३ जना रहेका छन् । अन्य १६ जना भने त्रियुगा नगरपालिका ३ भुल्के स्थित मस्जिदका हुन् । मस्जिदमा रहेका १२ भारतीय र ४ नेपाली गरी १६ जनाको स्वाप नमुना संकलन गरिएको हो । संकलन गरिएका स्वाप नमुना धरान स्थित बिपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान लगिने जनस्वस्थ्य प्रमुख मोहन सुवेदीले बताउनु   भयो ।...
थप २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि

थप २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २ गते । काडाँघारीको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । अपार्टमेन्टमा बस्दै आएका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलाको २८ दिनपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । उनीहरुलाई र्या्पिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि थप पुष्टिका लागि उनीहरुको नमुना राष्ट्रिय प्रयोगशाला टेकु लगिएको थियो । दुई जनाको रिपोर्ट पोजेटिभ आएको र एक जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय जनाएको छ । उनीहरु गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका हुन् । कोरोना पोजेटिभ देखिए पछि पीसीआर विधिबाट थप परीक्षण गरिएको हो । तीनै जना अहिले पाटन अस्पतालको आइसोलेशन वार्डमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पाटन अस्पतालले जनाएको छ । अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिहरुको आजैदेखि परिक्षण सुरु ग...
एक महिलामा कोरोना सङ्क्रमण

एक महिलामा कोरोना सङ्क्रमण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १ गते ।  कैलालीको लम्की चुहा नगरपालिका–१ निबासी एक महिलामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको सडकपेटीमा चुरा पोते बेच्दै आएकी ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको हो । अस्पतालले कोरोना पुष्टि भएको जनाएपनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ । वीरगञ्जबाट गएको चैत ९ गते घर आएकी उनी १२ देखि २९ गतेसम्म कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वरेण्टीनमा बसेकी थिइन् । १७ दिन क्वरेण्टीनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उनलाई घर पठाइएको थियो । तर सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि अहिले उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउन स्वास्थ्यकर्मीको टोली गएको अस्पतालले जनाएको छ ।...
बेलसोत क्वारेन्टाइनका २६ जना सबै गाउँ गए

बेलसोत क्वारेन्टाइनका २६ जना सबै गाउँ गए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ३० । उदयपुरको कटारी नगरपालिका स्थित त्रिवेणी (बेलसोत) क्वारेन्टाइनमा राखिएका २६ जना आज गाउँ जान पाएका छन् । क्वारेन्टाइनमा बसेको १८ दिनपछि आज गाउँ जान पाएका हुन् । क्वारेन्टाइनमा रहेका सबैजनाको स्वाप परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि, कारोना भाइरस संक्रमित नभएको पुष्टि भएसंगै गाउँ पठाइएको हो । नेपाली सेनाको रणसार्दुल गण, बोक्से अन्तर्गतको बेलसोत सुरक्षा गुल्मको व्यवस्थापन र सुरक्षामा रहेको सो क्वारेन्टाइनमा भारतको विभिन्न ठाउँबाट आएका उनीहरुलाई चैत १२ गते राती राखिएको थियो । गत २६ गते क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपछि सबैको स्वाप परिक्षणका लागि नमुना संकलन गरी धरान पठाइएको थियो । सबैको स्वाव परिक्षण रिपोर्ट नेगेटिभ आएपछि आज सबैलाई गाउँ पठाइएको छ । उनीहरुलाई सम्बन्धीत स्थानीय सरकारको जनप्रतिनिधिको रोहबरमा पठाइएको रण सार्दुल गणका गणपति अर्जुन बोहोराले बताउनुभयो । नि...
दिल्लीमा ९ सय जनाभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

दिल्लीमा ९ सय जनाभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ३० गते ।  भारतको दिल्लीमा नौ सय भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म आठ हजार तीन सय ५६ जनामा कोरोना पुष्टि भएको भारतको स्वास्थ्य विभागले जनाएको छ । उक्त संख्यामध्ये दिल्लीमा मात्रै नौ सय तीन जनामा कोरोना पुष्टि भएको जनाईएको छ । भारतको प्रान्तहरु मध्ये सबैभन्दा बढी महाराष्ट्रमा १७ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको विभागले जनाएको छ । त्यसपछि तामिलनाडु, राजस्थान, मध्य प्रदेश र तेलंगनामा धेरै सङ्क्रमित रहेका विभागले जनाएको छ । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट दुई सय ७३ जनाको मृत्यु भईसकेको छ भने ७ सय १६ जना उपचारपछि निको भएका छन् ।...
नेपालमा रहेका ३ जना भारतीयमा कोरोना संक्रमण पुष्टि

नेपालमा रहेका ३ जना भारतीयमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र ३० गते ।  पर्साको वीरगञ्जमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो । भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । उक्त मध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाले जनाएको छ । हेटौंडाको प्रयोगशालाले त्यो जानकारी नारायणी अस्पताललाई पनि गराएको थियो । त्यसलगत्तै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पत...