विपदमा परेका विरामीलाई व्यवस्थित र छिटो उपचार कसरी दिने भन्नेबारे अभ्यास
पूर्णपुष्टि, २३ जेष्ठ ।
जिल्ला अस्पताल उदयपुरले विपद्मा परेका विरामीहरुलाई कसरी छिटो र ब्यवस्थित उपचार प्रदान गर्ने भन्ने बारे अभ्यास गरेको छ । शुक्रबार जिल्ला अस्पताल उदयपुर परिसरमा डाक्टर, कर्मचारी, विरामी, प्रहरी र पत्रकारहरु सहितको भुमिकामा आधारित अभ्यास गरिएको हो । यो बर्षको बर्षा प्रवेश गरिसके सँगै यस बीचमा आई पर्ने विपदलाई उपचार मार्फत व्यस्थित गर्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै अभ्यास गरिएको हो ।
त्यसका लागि अस्पतालमा आईपर्ने समस्याहरुलाई अभ्यासमा देखाईएको छ । अस्पतालमा अचानक बिरामीहरु आउने गर्छन सबैले छिटो र व्यवस्थित उपचार चाहान्छ, तर अस्पतालको व्यवस्थापनको कमिकमजोरी र बिरामीहरुको जवरजस्तीले पनि अस्पतालको उपचारमा अस्तव्यस्त बनाउने गर्छ । सोही अवस्थाको समधान गर्न अस्पतालले रेड, यल्लो, ग्रिन र ब्लयाक गरी ४ भागमा छुटाएको छ । यी सबै खाले अवस्थाको व्यवस्थापन समेत गरिएको छ । यसलाई...









