Tuesday, August 18News That Matters

स्वास्थ्य

वडाध्यक्षको बुवासहित तीनजना अस्पताल आइसोलेशनमा

वडाध्यक्षको बुवासहित तीनजना अस्पताल आइसोलेशनमा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ८ । उदयपुरकाे त्रियुगा नगरपालिका वडा नं. १६ को वडाध्यक्ष मानबहादुर राईको बुवासहित तीनजना वडाका कोरोना संक्रमित जिल्ला अस्पतालको आइसोलेशन आज लगिएको छ । होमआइसोलेशनमा बसिरहनु भएका उहाँहरुलाई थप उपचारका लागि अस्पतालको आइसोलेशनमा लगिएको वडाध्यक्ष राईले बताउनुभयो । वडाका अन्य २९ जना संक्रमितहरु होमआइसाृलृशनमा रहेका छन् । होमआइसोलेशनमा रहेकाहरुलाई वडाले स्वास्थ्य परामर्श सेवासहित आवश्यक स्वास्थ्य सामग्री तथा औषधी घरघरमै पुर्याएको जनाएको छ ।...
उदयपुरमा काेराेना सक्रिय संक्रमित ५४४, निको ८८, मृत्यु २३

उदयपुरमा काेराेना सक्रिय संक्रमित ५४४, निको ८८, मृत्यु २३

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ८ । उदयपुरमा परिक्षणको दायरा बढाएसंगै संक्रमितको संख्या पनि ठूलो मात्रामा देखिदैछ । पछिल्लो २४ घण्टामा १७१ जनाको परिक्षणमा ३८ महिला ३० पुरुष गरी ६८ जना संक्रमित पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५४४ पुगेको छ । जसमा २४६ महिला र २९८ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा २८ जना निको भए । योसंगै निको हुनेको संख्या जम्मा ८८ पुगेको छ । जिल्लामा मृत्यु हुनेको संख्या पछिल्लो २४ घण्टामा ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पाँचजना मृतकको संख्या थपिएको हो । मृत्यु हुनेमा त्रियुगा नगरपालिकाका ३ पुरुष, कटारी नगरपालिकाका १ पुरुष र उदयपुरगढीको १ पुरुष रहेका छन् । योसंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । संक्रमितहरु मध्ये ५९७ जना होम आइसोलेशनमा र ४७ जना संस्थागत आइसोलेशनमा उपचारको क्रममा रहेका छन् । पछ...
Vedio : काेराेना खबर अपडेट – उदयपुर | ८ जेठ, २०७८ – Purnapusti Khabar

Vedio : काेराेना खबर अपडेट – उदयपुर | ८ जेठ, २०७८ – Purnapusti Khabar

समाचार, स्वास्थ्य
https://youtu.be/aKTbpxcHc_k १. उदयपुरमा परिक्षणको दायरा बढाएसंगै संक्रमितको संख्या पनि ठूलो मात्रामा देखिदैछ । पछिल्लो २४ घण्टामा १७१ जनाको परिक्षणमा ३८ महिला ३० पुरुष गरी ६८ जना संक्रमित पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५४४ पुगेको छ । जसमा २४६ महिला र २९८ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा २८ जना निको भए । योसंगै निको हुनेको संख्या जम्मा ८८ पुगेको छ । जिल्लामा मृत्यु हुनेको संख्या पछिल्लो २४ घण्टामा ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पाँचजना मृतकको संख्या थपिएको हो । मृत्यु हुनेमा त्रियुगा नगरपालिकाका ३ पुरुष, कटारी नगरपालिकाका १ पुरुष र उदयपुरगढीको १ पुरुष रहेका छन् । योसंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । संक्रमितहरु मध्ये ५९७ जना होम आइसोलेशनमा र ४७ जना संस्थागत आइसोलेशनमा उपचारको क्रममा ...
नोबेलमा एकै दिनमा १० संक्रमितको ज्यान गयो

नोबेलमा एकै दिनमा १० संक्रमितको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ८ बिराटनगर नोवेल हस्पिटलमा १८ घण्टा भित्र १० संक्रमितले ज्यान गुमाएको  छ । विराटनगर ५ का ४६ वर्षीय पुरुष, धनपालथान ६ का ३४ वर्षीय पुरुष, पथरीशनिश्चरे ४ का ३४ वर्षीय पुरुष, सुनसरीको रामधुनी ३ का ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । यस्तै, सुनसरीको इनरुवा ९ का ७५ वर्षीय पुरुष, झापाको भद्रपुर ५ का ४० वर्षीय पुरुष, झापाको कनकाई ८ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको उनले बताए । यस्तै, सप्तरीको कन्चनरुप १२ का ७० वर्षीय पुरुष, महोतरीको बर्दिबास १ का ५१ वर्षीय पुरुष र महोतरीको गौशाला ५ का ७० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको दाहालले बताए । मृतकमध्ये पाँच जना ५० वर्षभन्दा कम उमेरका छन् । शनिबार बिहान ६ जना र शुक्रबार राति चारजनाको मृत्यु भएको थियो ।  ...
उदयपुरमा आज हाल सम्मकै ठुलो संख्यामा संक्रमित थपियो, ५ को मृत्यु

उदयपुरमा आज हाल सम्मकै ठुलो संख्यामा संक्रमित थपियो, ५ को मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ८ उदयपुरमा आज हाल सम्मकै उच्च संक्रमित फेला परेको छ । आज एकै दिन ६८ जना कोरोना संक्रमण थपिएको छ भने ५ संक्रमितको मृत्यु भएको छ । हाल सम्मकै उच्च संक्रमित शनिवार देखिएको स्वास्थ्य कार्यालय उदयपुरको विवरणमा उल्लेख छ । आज थप भएकाहरु सँगै उदयपुरमा कोरोना संक्रमितको सक्रिय कुल संख्या ५४४ पुगेको छ । कार्यालयका अनुसार आज थपपिएकाहरु महिला ३८ जना र पुरुष ३० जना रहेको छ । आज थप भएका संक्रमितहरु त्रियुगा, चौदण्डीगढी, लिम्चुङबुङ रौतामाई, कटारी र उदययपुरगढीकाहरु हुन् । आज त्रियुगाको २७, चौदण्डीगढीको १३, लिम्चुङबुङको ९, बेलकाको ५, उदयपुरगढीको ५, रौतामाईको ७ जना र कटारी नगरपालिकाको १  रहेको छ । आज मृत्यु हुनेमा ५ जना पुरुष रहेको तथ्याङकले उल्लेख गरेको छ । उनिहरु त्रिनपाको ३ जना, कटारीका १ जना र उदयपुरगढीका १ जना रहेको तथ्याङकले देखाएको छ । आज सहित जिल्लामा मृत्यु हुनेको संख्या...
बाँकेमा कोरोना संक्रमित थप ९ जनाको मृत्यु, मृत्यु हुनेको जम्मा संख्या २७३ पुग्यो

बाँकेमा कोरोना संक्रमित थप ९ जनाको मृत्यु, मृत्यु हुनेको जम्मा संख्या २७३ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ८ बाँकेमा आज थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै बाँकेमा जम्मा मृत्यु हेको संख्या २७३ पुगेको छ । कोहलपुर नगरपालिका–१० की ४४ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा वैशाख २७ कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यस्तै वैशाख २७ गते नै कोरोना संक्रमण पुष्टि भएका दाङको तुल्सीपुर उपमहानगरपालिका–१० का ५२ वर्षीय पुरुषको शुक्रबार साँझ ७ः४५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका–६ की ५२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा जेठ ३ गते कोरोना पोजेटिभ देखिएको थियो । वैशाख २८ गते कोरोना संक्रमण पुष्टि भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का ५४ वर्षीय पुरुषको पनि नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान ३ बजे मृत्यु भएको कलेजले जनाएको छ । यसैगरी कैलालीको जोशीपुर...
घर कम्पाउण्ड बाहिरसमेत हिडडुल गर्न नपाउने निशेधाज्ञ | काेराेना खबर अपडेट, ७ जेठ २०७८

घर कम्पाउण्ड बाहिरसमेत हिडडुल गर्न नपाउने निशेधाज्ञ | काेराेना खबर अपडेट, ७ जेठ २०७८

समाचार, स्वास्थ्य
https://youtu.be/8nfKmVdd77s १. उदयपुरमा घरको कम्पाउण्डभन्दा बाहिर हिड्डुल गर्न नपाइने गरी प्रशासनले निशेधाज्ञ जारी गरेको छ । आज राती १२ बजेदेखि लागु हुनेगरी यस्तो आदेश जारी भएको हो । सातदिनका लागि आदेश जारी भएको हो । आगामी जेठ १४ गते राती १२ बजेसम्म आदेश लागु हुने प्रशासनले सुचित गरेको छ । जिल्लामा कोरोना संक्रमण उच्चदरले बढेको र संक्रमितहरु मर्न थालेकाले कडा आदेश जारी गरेको हो । प्रशासनले पहिलो एकहप्ताको आदेश वैशाख २४ देखि ३१ गतेसम्म जारी गरेको थियो । दोस्रो पटक एकहप्ताको लागि आजसम्मका लागि जारी गरेको थियो । दोस्रो आदेश आज राती १२ बजेराती सकिने लगत्तै तेस्रो पटक आदेश एकहप्ताको लागि जारी भएको हो । पहिलो र दोस्रो पटकको आदेश सामान्य खुकुलो गरिएको थियो । तर अवको आदेश भने कडा गरिएको प्रशासनले जनाएको छ । निशेधाज्ञ आदेश पालना कडा रुपले पालना गर्न प्रशासनले सुचित गरेको छ । औषधि खर...
कोरोना बाट मृत्यु भएको परिवारलाई १३ नं वडाद्धारा कृया खर्च र स्वास्थय सामाग्री प्रदान

कोरोना बाट मृत्यु भएको परिवारलाई १३ नं वडाद्धारा कृया खर्च र स्वास्थय सामाग्री प्रदान

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ७ त्रियुगा नगरपालिका १३ नं वडाले कोरोना बाट मृत्यु भएको परिवारलाई आर्थिक सहयोग र स्वास्थ्य सामाग्री वितरण गरेको छ । वडाले कृया खर्च बापतको आर्थिक सहयोग र स्वास्थ्य सामाग्री बितरण गरेको हो । कामको शिलशिलामा भैरवाको जगदम्वा सिमेन्टमा कार्यरत त्रिनपा १३ का ३६ कर्षिय राजु खड्काको बुटवल हस्पिटलमा कोरोना संक्रमण बाट मृत्यु भएको परिवारले जनाएको छ । उनको बैशाख २७ गते बुटवल हस्पिटलमा मृत्यु भएको थियो । मृतक परिवारलाई कृया खर्च बापत ५ हजार नगद सहित स्वास्थ्य समाग्रीहरु सेनिटाईजर, मास्क र फलफुल वितरण गरिएको वडा अध्यक्ष पशुपति चौधरीले बताउनुभयो । चौधरीले वडा भित्र मृत्यु भएको जति पनि संक्रमितहरु छन् उनिहरु सबैलाई कृया खर्च, स्वास्थ्य सामाग्री र फलफुल वितरणको कार्यक्रम वडाले गर्ने बताउनुभयो । चौधरीले यसको बारेमा वडामा रहेको सबै टोल विकास संस्थाहरुको अध्यक्ष लाई जानकारी गराएको ब...
पत्रकार महासंघ उदयपुरकाे विपद्काेषमा सहयाेग जु्ट्दै

पत्रकार महासंघ उदयपुरकाे विपद्काेषमा सहयाेग जु्ट्दै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ७ । नेपाल पत्रकार महासंघ उदयपुरकाे विपद कोषमा सहयोग जुट्ने क्रम सुरु भएको छ । पत्रकार महासंघका सचिव विश्वराज तामाङका अनुसार हालसम्म विपद कोषमा ३२ हजार ५ सय रुपैया संकलन भइसकेको छ भनेसहयोग जुट्ने क्रम सुरु जारी छ । कोषमा शाखा अध्यक्ष भरत खड्काले ५ हजार, उपाध्यक्ष पर्शुराम थापाले ३ हजार, उपाध्यक्ष गंगा राईले २ हजार, सचिव विश्वराज तामाङले ५ हजार, सदस्य सन्तोष कार्कीले २ हजार पाँच सय उपलब्ध गराएका छन् । त्यसैगरी पत्रकार कटारीका राजु मगरले ५ हजार, पत्रकार अमित तामाङले ५ हजार, एमालेका युवा नेता समाजसेवी सुनिल लामाले ५ हजार सहयोग प्रदान गरेका छन् । यसैबीच, महासंघ शाखाले पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण थालेको छ । माक्स, सेनिटाईजर, फेस शिल्ड, ग्लोभ्स लगायतका सामाग्रीहरु वितरण थालेको हो । पत्रकार महासंघलाई केहि दिनअघि त्रियुगा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष...
कटारीका प्रतिष्ठित व्यापारी राधेश्याम साह रहेनन्, काेराेनाकाे कारण निधन

कटारीका प्रतिष्ठित व्यापारी राधेश्याम साह रहेनन्, काेराेनाकाे कारण निधन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ७ । कटारी । उदयपुरकाे एक मुख्य ब्यापारिक केन्द्र कटारीबजारका एक पुरानाे र प्रतिष्ठत ब्यापारी राधेश्याम साह अव रहनुभएन । कोरोना भाइरसकाे कारण उहाँकाे निधन भएकाे हाे । उहाँकाे काठमाडौंस्थित नेपाल एपिएफ अस्पतालमा गएराती उपचारको क्रममा निधन भएको हो । साहलाइ वैशाख १२ गतेदेखि ज्वरो आएकोमा काेराेना परिक्षण गर्दा पाेजेटिभ देखिएकाे थियाे ।  १९ गते जनकपुर स्थित प्रादेशिक ल्यावमा पिसीआर परीक्षण गर्दा २० गते कोरोना संक्रमण भएको पुष्टी भएकाे थियाे । २० गतेनै फुलकुमारी मेमोरियल अस्पताल कर्जहना सिरहामा आयुसियु बेडमा भर्ना भएका थिए । त्यसपछि उनको अवस्था जटिल बन्दै गएपछि ३१ गते हेलिकप्टर चार्टर गरेर काठमाडाैं लगिएको थियो । कटारी नगरपालिका ३ गौथली चोक घर भएका साह उदयपुर उद्योग वाणिज्य संघ कटारीका पूर्व कार्यालय समिति सदस्य हुन् । हालसम्म कटारीका पाँच जनाकाे काराेनाका कारण मृत्यु भइ...